भूत मेलाको लागि प्रख्यात भगवती सोनासतिमाई

जलेश्वर (महोत्तरी)।  महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइल गाउँमा अवस्थित सोनासति महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रख्यात रहेको छ । सदरमुकाम जलेश्वरदेखि २३ किलोमिटर उत्तरमा रहेको यस मन्दिर मिथिला क्षेत्रकै भगवती मन्दिर तथा शक्तिपीठहरुमध्ये महत्वपूर्ण एवं चर्चित धार्मिकस्थलको रुपमा रहेको छ । मन्दिरमा विशेषगरी भूत, प्रेत, पिसाच, दुष्ट आत्मा तथा बोक्साबोक्सीहरुद्वारा सताइएका व्यक्तिहरुलाई झारफुक एवं तान्त्रिक विधिद्वारा निको हुने विश्वास गरिन्छ ।

 

 

सन्तान नभएकाहरुलाई सन्तान प्राप्त हुने, भाकल पूरा हुने विश्वास रहेको पुजारी कामेश्वर झाले बताउनुभयो । यहाँ दैनिकजसो पूजापाठ, आराधना, दर्शन तथा बलि प्रदान गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । करिब पाँच सय वर्षअघि यस मन्दिर रहेको क्षेत्रमा घना जङ्गल थियो ।

 

 

जङ्गलमा गाई, भैँसीलगायतका बस्तुभाउ चराउन जिल्लाको पश्चिमी तथा दक्षिणी भेगबाट मान्छेहरु आउने गर्दथे र रातिको बास जङ्गलमै बस्नुपर्दथ्यो । एक दिन बस्तुभाउ चरिरहेकै अवस्थामा पाँचवटा भैँसी एकैसाथ हराएपछि चरवाहाहरुले भैँसी खोज्दै जाँदा हाल मन्दिर रहेको क्षेत्रमा पुग्दा सोनासति महारानी मानवको रुपमा प्रकट भई ‘भैसी आफूसँग रहेको जानकारी गराउनुभयो ।

 

 

उहाँले ‘मलाई दैनिक पूजापाठ, साँझ बत्ती, आरती गरे मात्र भैँसी दिने नत्र नदिने’ भनेपछि चरवाहाहरुले सोही दिनदेखि त्यहाँ सोनासतिमाईको पूजापाठ आरती हुँदै आएको माताको तत्कालीन पुजारी माझी झाको भनाइ किम्वदन्तीको रुपमा रहेको पुजारी झगरु झा बताउनुहुन्छ । अर्को प्रसङ्गमा पुजारी माझी झाको मित्र माझी चौधरीका व्यक्ति बिनाकसुर वीरगञ्ज जेलमा परेपछि उनले जेलबाटै सोनासति महारानीको मन्दिर बनाइदिन्छु भनी भाकल गर्दा जेलबाट निस्केको कहानी समेत स्थानीयहरुको जनजिब्रोमा रहेको कुरा अर्का पुजारी घनश्याम झाको कथन छ ।

 

 

मन्दिर निर्माण हुनुपूर्व यहाँ कहचरीया स्थान भन्ने एउटा धेरै पुरानो सिसौको रुखको टोड्कामा सोनासति महरानीको बास रहने गरेको स्व पुजारी राजेन्द्र झा (बन्ठु) को भनाइ थियो । केही वर्षपछि पुजारीले कहचरीया स्थानबाट मूर्ति ल्याई हाल मन्दिर रहेको स्थानमा माटोको घर बनाई दैनिक पूजापाठ गर्न थाल्नुभयो । यसैबीच सोनामाईकै नाम स्मरण गर्दा जेलबाट मुक्त भएका माझी चौधरीले मातालाई गरेको पूर्ववाचाअनुसार मन्दिर बनाई दिएपछि त्यसमा माताको प्राणप्रतिष्ठा गराई पूजापाठ हुन थालेको स्थानीय राजनीतिकर्मी नरेन्द्र यादवले बताउनुभयो ।

 

 

 

धेरै वर्ष सोही मन्दिरमा पूजाआजा भयो र पुनः सो मन्दिर पनि पुरानो र जीर्ण भएपछि त्यसलाई भत्काई अहिलेको नयाँ मन्दिर बनेको छ र यसै मन्दिरमा माताको पूजा, पाठ, आरती दैनिक रुपमा भइरहेको छ । यस शक्तिपीठलाई देशकै नमूना शक्तिपीठ तथा धार्मिक एवं पर्यटकीयस्थलको रुपमा समेत विकास गर्न सकिने स्थानीयहरुको भनाइ रहेको छ । नेपालकै धार्मिक एवं ऐतिहासिक धरोहरहरुमध्येको यो मन्दिर पनि एउटा शक्तिपीठ हो । यहाँ विशेषगरी दसैँमा छिमेकी मुलुक भारतबाट हजारौँ श्रद्धालु भक्तजनको पूजाआजा, दर्शन, भेटी र बलि चढाउनुका साथै भूत मेलामा सहभागी हुनका लागि घुइँचो लाग्ने गर्दछ ।

 

 

 

घटस्थापनादेखि विजयादशमीसम्म यस मन्दिरमा बडो हर्षोल्लास र धुमधामका साथ विशेष पूजा आराधना गर्नुको साथै यहाँ ठूलो भूत मेला लाग्ने गर्दछ । यस मन्दिरमा मनोकामना पूरा भएको भन्दै मानिसहरु पूर्व भाकलअनुसार लड्डु, मिठाई, बोका, परेवा, राँगालगायतका पञ्चबलि चढाउन आउने गर्छन् । कति ले त सुन चाँदीका गरगहना, लत्ताकपडा, मुकुट, गेरुवा, चनमा आदि पनि चढाउने गर्छन् भने कतिले विभिन्न आकारका घण्टीहरु समेत चढाउने गर्छन् । पहिलापहिला प्रत्येक वर्ष वैशाखदेखि असोजसम्म छिमेकी गाउँहरुबाट चामल, धुप, अगरवती, फूल, पैसा सङ्कलन गरी महिला र पुरुषको समूह बनाएर माताको पूजा गर्न आउने चलन समेत रहेको स्थानीय राजनीतिकर्मी रामबाबु चौधरी बताउनुहुन्छ । यस मन्दिर परिसरमा गणेश, राजदेवी, सरस्वती आदि देवीदेवताको मूर्तिको अतिरिक्त तपसी बाबाको धुनी समेत रहेको छ ।

 

 

 

यहाँ वर्षको ३६५ औँ दिन चौबिसैँ घण्टा आगो (धुनी) बलिरहन्छ । यहाँ प्रत्येक वर्ष बडादसैँको अवसर पारेर ठूलो भूत मेला पनि लाग्ने गर्छ । दसैँको दश दिन यहाँ सोनासति महारानी साक्षात विराजमान रहने गरेको जनविश्वास रहेको अर्का पुजारी रमेश झाले बताउनुभयो । असोज शुक्ल प्रतिपदादेखि विजया दशमीसम्म यहाँ ठूलो मेला लाग्ने गर्छ । दसैँको पहिलो दिनअर्थात् घटस्थापनाको दिन बिहान ३÷४ बजे पुजारीको घरबाट परम्परागत बाजागाजाको साथ सबै पुजारी सामेल भई ‘डाला’ (धुप, दीप, अक्षता, कलश, नैवेध, रातो कपडा, खर्ग आदि) मन्दिरमा लगिन्छ र घटस्थापना हुन्छ एवं जमरा राखिन्छ ।

 

 

 

यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । द्वितीयादेखि षष्ठीसम्म ठूलो सङ्ख्यामा भक्तजन आउने पूजापाठ गर्ने, दर्शन गर्ने, लडु, पेडा, मिठाई मातालाई चढाउने तथा बोका, परेवाको बलि दिने गरिन्छ । त्यसैगरी सप्तमीको दिन विभिन्न ठाउँबाट आएको फूलपाती मन्दिरमा भित्र्याउने चलन छ । त्यस्तै नशा पूजा अष्टमीको दिन हुन्छ र सो दिन रातिमा धुप–दीप, नैवेद्य, फलफूल, चुरा, सुन, चाँदी आदिले भव्य पूजा भई मन्दिरभित्रै बोका बलि दिइन्छ । त्यस्तै राजदेवीलाई कुभिन्डोको बलि दिने तथा माताको जीउभरि घ्यू र सिन्दूर लगाई नयाँ कपडा लगाउने चलन छ ।

 

 

 

यस मन्दिरमा महानवमीको दिन सयभन्दा बढीको संख्यामा राँगाको बलि प्रदान हुन्छ । विजयादशमीको दिन पुनः माता सोनासतिको डाला मन्दिरबाट परम्परागत बाजागाजाको साथ पुजारीको घरमा लगेर विधिवत् तरिकाले सोनामाई मेलाको सम्पन्न हुन्छ । यसै दिन भोइल, टिमकिया, औरही, चेपकट, श्रीपुर, मेघनाथ गोरहन्ना आदि) गाउँका वासिन्दाहरु खुशीले लड्डु, मिठाई, पेडा, खोवा, जिलेवी आदि चढाएर आपसमा प्रसाद बाँड्ने गर्दछन् । यस सोनामाई मन्दिरको विशेष आकर्षणको रुपमा यहाँ चौथीदेखि अष्टमीको दिनसम्म भूत मेला लाग्ने गदर्छ ।

 

 

 

 

 

चौथीदेखि अष्टमीसम्मको पाँच दिनसम्म करीब पाँचसयको सङ्ख्यामा आफूलाई भूत, प्रेत, पिसाच, दुष्ट आत्मा र बोक्साबोक्सीद्वारा सताएको ठानिएका व्यक्तिहरु यस गाउँको चारैतिरको सीमा क्षेत्रमा प्रवेश गर्दा रुँदै, कराउँदै, दौडदै राजदेवीमाईको खुट्टानिर लड्ने गर्दछन् । मन्दिरका पुजारीहरुले ती व्यक्तिहरुलाई तन्त्रमन्त्रद्वारा बाँध्ने तथा भूत, प्रेत, तथा बोक्साबोक्सीबाट मुक्ति दिलाउने गरिएको स्थानीय प्रेमबाबु यदुवंशीले बताउनुभयो । –––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा,  गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहेका बेला सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए ।   मृतक यादवका...

उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी : दुई प्यानलबाट आंशिक उम्मेदवारी घोषणा, यस्तो छ चुनावी तालिका

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनले निजी क्षेत्रभित्रको राजनीतिक तथा संस्थागत सरगर्मी तीव्र बनेको छ । महासङ्घको कार्यकारिणी समितिको १५ औँ बैठकले गरेको निर्णयअनुसार यहि चैत्र २९ गते साधारणसभा र त्यसलगत्तै चैत्र ३० गते निर्वाचन कार्यक्रम तय गरिएको छ ।...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्

चितवन,  जिल्लामा कोभिड महामारीका कारण बन्द भएका यहाँका १६ इँटा उद्योग अझै सञ्चालनमा आउन सकेका छैननन् । कोभिडका कारण बन्द भएका उद्योगमध्ये दुई मात्र सञ्चालनमा आएका छन् ।चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार कोभिडपछि बन्द भएका दुई उद्योग मात्र पुनः सञ्चालनमा आएका...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

४८ औँ नेत्रज्योति दिवसः नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ

काठमाडौँ, नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा सफल उदाहरणका रूपमा स्थापित भएको छ । सीमित स्रोत, जटिल भौगोलिक अवस्था र स्वास्थ्य सेवाको सीमित पहुँचका बाबजुत नेपालले अन्धोपन न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यस उपलब्धिको केन्द्रमा रहेको संस्था हो– नेपाल...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९