
काठमाडौँ, विज्ञापन बोर्डलाई थप व्यवस्थित बनाउँदै प्रदेश र स्थानीय तहको सहभागितामा विज्ञापन कर संकलनको प्रबन्ध गर्ने विषयमा छलफल भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार बोर्डको सेवा प्रवाहका बारेमा जानकारी लिनुभएको थियो । सो अवसरमा मन्त्री खरेलले बोर्डलाई थप प्रभावकारी बनाउन सरकारको तर्फबाट सहयोग हुने बताउनुभएको थियो ।
सञ्चारमन्त्री खरेलले बोर्डले सम्पादन गरिरहेका काम कारवाहीका बारेमा जानकारी लिनुभएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले जानकारी दिनुभयो । सो अवसरमा बोर्डका तर्फबाट सञ्चारमन्त्री खरेल समक्ष आमसञ्चार माध्यम, होर्डिङ बोर्ड, सामाजिक सञ्जाल र मेला महोत्सवमा हुने विज्ञापनको नियमन तथा व्यवस्थापनमा विषयमा छलफल भएको थियो । प्रदेश सरकार र स्थानिय तहको सहभागीता गराई विज्ञापन बजारलाई व्यवस्थित बनाउन र विज्ञापन कर स्थानीय तहबाटै संकलन हुने व्यवस्थाकालागि मन्त्री खरेल समक्ष अनुरोध गरिएको अध्यक्ष हुमागाईले उल्लेख गर्नुभयो ।