बागमतीलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारको १५ वर्षे रणनीतिक योजना कार्यान्वयनमा

काठमाडौँ ।   बागमती प्रदेश सरकारले प्रदेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न १५ वर्षे मुख्य रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । बागमती प्रदेशको तीव्र आर्थिक वृद्धि र रोजगारी सिर्जनाको प्रमुख क्षेत्रका रुपमा पर्यटन उद्योगलाई स्थापित गर्दै दीर्घकालीन समृद्धि हासिल गर्ने उद्देश्यका साथ बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले सो रणनीतिक योजना अघि बढाएको हो । उक्त रणनीतिक योजना तीन चरणमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

 

रणनीतिक योजना कार्यान्वयनको प्रथम चरण (२०२५–२०३०) आधारभूत पर्यटन पूर्वाधार र डिजिटल प्रवद्र्धनमा केन्द्रित रहनेछ । दोस्रो चरण (२०३०–२०२५) मा पर्यटकीय उपजहरुको विविधीकरण गर्दै विस्तारित बजारको पहुँच अभिवृद्धि तथा तेस्रो चरण (२०३५–२०४०)मा प्रदेशको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक क्षमता विस्तार गरी अग्रणी भूमिकामा पु¥याइनेछ । प्रदेशभित्रका प्रमुख पर्यटकीय सम्पदा र अवसरको पहिचान र प्रवद्र्धन, दिगो र समावेशी पर्यटनको विकास तथा आर्थिक, सांस्कृतिक र वातावरणीय लाभको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पन्ध्रवर्षे (सन् २०२५–२०३०) रणनीतिक योजना अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

 

 

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ रणनीतिक योजनाको कार्यान्वयनबाट बागमतीलाई एक अग्रणी पर्यटकीय ‘ब्राण्ड’का रुपमा प्रस्तुत तथा पर्यटन पूर्वाधारको विकासका साथै बजारीकरणमा प्रदेश पर्यटन क्षेत्रको सशक्त उपस्थिति हुने विश्वास व्यक्त गर्नुहुन्छ । योजनाको सफल कार्यान्वयनबाट उचित प्रतिफल लिनका लागि चालु आर्थिक वर्षका लागि मन्त्रालयले चालुतर्फ रु ४६ करोड ६५ लाख र पूँजीगततर्फ रु तीन अर्ब २१ करोड पाँच लाख गरी रु तीन अर्ब ६७ करोड ७० लाख बजेट विनियोजन गरेको छ ।

 

 

मन्त्रालयले पर्यटन विकास आयोजना, पर्यटन विकास आयोजना इकाई कार्यालय तथा चितवन र काठमाडौँमा रहेका पर्यटन कार्यालयमार्फत उक्त बजेट कार्यान्वयन गर्नेछ । रणनीतिक योजनाका आधारमा नै चालु आर्थिक वर्षका लागि मन्त्रालयका योजना र कार्यक्रम परिलक्षित रहेको मन्त्रालयले जनाएको छ । आर्थिक उन्नतिको प्रमुख आधार पर्यटन नै भएको उल्लेख गर्दै बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठ लक्षित उद्देश्य हासिल गर्न निजी क्षेत्रसँग हातेमालो गर्दै प्रदेश सरकार अघि बढ्ने बताउनुहुन्छ ।

 

 

“पर्यटन व्यवसायीसँग सहकार्य गर्न बागमती सरकार पूर्ण तयार छ, व्यवसायीलाई परेका अप्ठयारा समाधान गर्न सरकार प्रतिबद्ध छ”, उहाँ भन्नुहुन्छ, “सरकार र निजी क्षेत्रले नेपालको पर्यटकीय क्षेत्र सुरक्षित छ भन्ने सन्देश विश्वमाझ पु¥याउनुपर्नेछ ।” रणनीतिक योजना कार्यान्वयनका क्रममा चालु आर्थिक वर्षमा मूर्त तथा अमूर्त सम्पदा र आरोग्य पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन, थप हिमशृङ्खलाको पहिचान तथा आरोहणका लागि रुट अन्वेषण, एक निर्वाचन क्षेत्र एक पर्यटकीय क्षेत्रको अध्ययन गरिने मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

 

 

यस्तै कला, संस्कृति तथा सम्पदा संरक्षण, पर्यटन पूर्वाधार निर्माण तथा स्थानीय तहमा हस्तान्तरण, पर्यटकीय गन्तव्य पहिचान तथा प्रवद्र्धन एवं साहसिक पर्यटन महोत्सवको आयोजनाका साथै सिन्धुपाल्चोकमा ‘¥याफ्टिङ स्कूल’ सञ्चालनमा ल्याइनेछ । ‘बागमती पर्यटन डिजिटल अभियान’अन्तर्गत विश्वविख्यात ‘भ्लगर’ तथा सामाजिक सञ्जालबाट जनमत सिर्जना गर्न सक्ने ‘सेलिब्रेटी’मार्फत प्रदेशका प्रर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिनेछ । होमस्टे सञ्चालकको क्षमता विकास, पर्यटन गाइड तथा साहसिक पर्यटन प्रवद्र्धकका लागि क्षमता विकास एवं सरोकारवालासँग छलफल र अभिमुखीकरण गरिनेछ । रणनीतिक योजनाले प्रदेशभित्रका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धन गर्ने लक्ष्य लिएको मन्त्रालयका सचिव सुवेदी बताउनुहुन्छ ।

 

 

 

बागमती प्रदेशमा प्राकृतिक (चितवन र लाङटाङ राष्ट्रिय निकुञ्ज), सांस्कृतिक र धार्मिक (काठमाडौँ उपत्यका), आध्यात्मिक (पुशपति र गोसाइँकुण्ड) र साहसिक (पदयात्रा र ¥याफ्टिङ) पर्यटकीय क्षेत्र छन् । प्रदेशभित्र रहेको सङ्घीय राजधानी काठमाडौँ उपत्यका विभिन्न कला, संस्कृति र सम्पदाको हिसाबले विश्वमाझ परिचित छ ।

 

 

 

चितवन काठमाडौँ पछाडि बागमती प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । चितवनमा खासगरी कृषि, धार्मिक, स्वास्थ्य, खेलकुद, शैक्षिक आदि पर्यटनको प्रचुर विकास गर्न सकिने सम्भावना रहेको पर्यटन व्यवसायीको भनाइ छ । बागमती प्रदेशमा थुप्रै पर्यटकीय क्षेत्र रहेपनि अध्यधिक केन्द्रीकरण, असमान र कमजोर पूर्वाधार, फितलो पर्यटक व्यवथापन, जलवायु परिवर्तन र प्राकृतिक जोखिम, राजनीतिक अस्थिरतालगायत कारणबाट पर्यटन विकासमा चुनौती थपिएको मन्त्रालयको विश्लेषण छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा,  गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहेका बेला सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए ।   मृतक यादवका...

उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी : दुई प्यानलबाट आंशिक उम्मेदवारी घोषणा, यस्तो छ चुनावी तालिका

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनले निजी क्षेत्रभित्रको राजनीतिक तथा संस्थागत सरगर्मी तीव्र बनेको छ । महासङ्घको कार्यकारिणी समितिको १५ औँ बैठकले गरेको निर्णयअनुसार यहि चैत्र २९ गते साधारणसभा र त्यसलगत्तै चैत्र ३० गते निर्वाचन कार्यक्रम तय गरिएको छ ।...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्

चितवन,  जिल्लामा कोभिड महामारीका कारण बन्द भएका यहाँका १६ इँटा उद्योग अझै सञ्चालनमा आउन सकेका छैननन् । कोभिडका कारण बन्द भएका उद्योगमध्ये दुई मात्र सञ्चालनमा आएका छन् ।चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार कोभिडपछि बन्द भएका दुई उद्योग मात्र पुनः सञ्चालनमा आएका...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

४८ औँ नेत्रज्योति दिवसः नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ

काठमाडौँ, नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा सफल उदाहरणका रूपमा स्थापित भएको छ । सीमित स्रोत, जटिल भौगोलिक अवस्था र स्वास्थ्य सेवाको सीमित पहुँचका बाबजुत नेपालले अन्धोपन न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यस उपलब्धिको केन्द्रमा रहेको संस्था हो– नेपाल...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९