बागमतीलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारको १५ वर्षे रणनीतिक योजना कार्यान्वयनमा

काठमाडौँ ।   बागमती प्रदेश सरकारले प्रदेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न १५ वर्षे मुख्य रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । बागमती प्रदेशको तीव्र आर्थिक वृद्धि र रोजगारी सिर्जनाको प्रमुख क्षेत्रका रुपमा पर्यटन उद्योगलाई स्थापित गर्दै दीर्घकालीन समृद्धि हासिल गर्ने उद्देश्यका साथ बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले सो रणनीतिक योजना अघि बढाएको हो । उक्त रणनीतिक योजना तीन चरणमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

 

रणनीतिक योजना कार्यान्वयनको प्रथम चरण (२०२५–२०३०) आधारभूत पर्यटन पूर्वाधार र डिजिटल प्रवद्र्धनमा केन्द्रित रहनेछ । दोस्रो चरण (२०३०–२०२५) मा पर्यटकीय उपजहरुको विविधीकरण गर्दै विस्तारित बजारको पहुँच अभिवृद्धि तथा तेस्रो चरण (२०३५–२०४०)मा प्रदेशको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक क्षमता विस्तार गरी अग्रणी भूमिकामा पु¥याइनेछ । प्रदेशभित्रका प्रमुख पर्यटकीय सम्पदा र अवसरको पहिचान र प्रवद्र्धन, दिगो र समावेशी पर्यटनको विकास तथा आर्थिक, सांस्कृतिक र वातावरणीय लाभको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पन्ध्रवर्षे (सन् २०२५–२०३०) रणनीतिक योजना अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

 

 

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ रणनीतिक योजनाको कार्यान्वयनबाट बागमतीलाई एक अग्रणी पर्यटकीय ‘ब्राण्ड’का रुपमा प्रस्तुत तथा पर्यटन पूर्वाधारको विकासका साथै बजारीकरणमा प्रदेश पर्यटन क्षेत्रको सशक्त उपस्थिति हुने विश्वास व्यक्त गर्नुहुन्छ । योजनाको सफल कार्यान्वयनबाट उचित प्रतिफल लिनका लागि चालु आर्थिक वर्षका लागि मन्त्रालयले चालुतर्फ रु ४६ करोड ६५ लाख र पूँजीगततर्फ रु तीन अर्ब २१ करोड पाँच लाख गरी रु तीन अर्ब ६७ करोड ७० लाख बजेट विनियोजन गरेको छ ।

 

 

मन्त्रालयले पर्यटन विकास आयोजना, पर्यटन विकास आयोजना इकाई कार्यालय तथा चितवन र काठमाडौँमा रहेका पर्यटन कार्यालयमार्फत उक्त बजेट कार्यान्वयन गर्नेछ । रणनीतिक योजनाका आधारमा नै चालु आर्थिक वर्षका लागि मन्त्रालयका योजना र कार्यक्रम परिलक्षित रहेको मन्त्रालयले जनाएको छ । आर्थिक उन्नतिको प्रमुख आधार पर्यटन नै भएको उल्लेख गर्दै बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठ लक्षित उद्देश्य हासिल गर्न निजी क्षेत्रसँग हातेमालो गर्दै प्रदेश सरकार अघि बढ्ने बताउनुहुन्छ ।

 

 

“पर्यटन व्यवसायीसँग सहकार्य गर्न बागमती सरकार पूर्ण तयार छ, व्यवसायीलाई परेका अप्ठयारा समाधान गर्न सरकार प्रतिबद्ध छ”, उहाँ भन्नुहुन्छ, “सरकार र निजी क्षेत्रले नेपालको पर्यटकीय क्षेत्र सुरक्षित छ भन्ने सन्देश विश्वमाझ पु¥याउनुपर्नेछ ।” रणनीतिक योजना कार्यान्वयनका क्रममा चालु आर्थिक वर्षमा मूर्त तथा अमूर्त सम्पदा र आरोग्य पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन, थप हिमशृङ्खलाको पहिचान तथा आरोहणका लागि रुट अन्वेषण, एक निर्वाचन क्षेत्र एक पर्यटकीय क्षेत्रको अध्ययन गरिने मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

 

 

यस्तै कला, संस्कृति तथा सम्पदा संरक्षण, पर्यटन पूर्वाधार निर्माण तथा स्थानीय तहमा हस्तान्तरण, पर्यटकीय गन्तव्य पहिचान तथा प्रवद्र्धन एवं साहसिक पर्यटन महोत्सवको आयोजनाका साथै सिन्धुपाल्चोकमा ‘¥याफ्टिङ स्कूल’ सञ्चालनमा ल्याइनेछ । ‘बागमती पर्यटन डिजिटल अभियान’अन्तर्गत विश्वविख्यात ‘भ्लगर’ तथा सामाजिक सञ्जालबाट जनमत सिर्जना गर्न सक्ने ‘सेलिब्रेटी’मार्फत प्रदेशका प्रर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिनेछ । होमस्टे सञ्चालकको क्षमता विकास, पर्यटन गाइड तथा साहसिक पर्यटन प्रवद्र्धकका लागि क्षमता विकास एवं सरोकारवालासँग छलफल र अभिमुखीकरण गरिनेछ । रणनीतिक योजनाले प्रदेशभित्रका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धन गर्ने लक्ष्य लिएको मन्त्रालयका सचिव सुवेदी बताउनुहुन्छ ।

 

 

 

बागमती प्रदेशमा प्राकृतिक (चितवन र लाङटाङ राष्ट्रिय निकुञ्ज), सांस्कृतिक र धार्मिक (काठमाडौँ उपत्यका), आध्यात्मिक (पुशपति र गोसाइँकुण्ड) र साहसिक (पदयात्रा र ¥याफ्टिङ) पर्यटकीय क्षेत्र छन् । प्रदेशभित्र रहेको सङ्घीय राजधानी काठमाडौँ उपत्यका विभिन्न कला, संस्कृति र सम्पदाको हिसाबले विश्वमाझ परिचित छ ।

 

 

 

चितवन काठमाडौँ पछाडि बागमती प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । चितवनमा खासगरी कृषि, धार्मिक, स्वास्थ्य, खेलकुद, शैक्षिक आदि पर्यटनको प्रचुर विकास गर्न सकिने सम्भावना रहेको पर्यटन व्यवसायीको भनाइ छ । बागमती प्रदेशमा थुप्रै पर्यटकीय क्षेत्र रहेपनि अध्यधिक केन्द्रीकरण, असमान र कमजोर पूर्वाधार, फितलो पर्यटक व्यवथापन, जलवायु परिवर्तन र प्राकृतिक जोखिम, राजनीतिक अस्थिरतालगायत कारणबाट पर्यटन विकासमा चुनौती थपिएको मन्त्रालयको विश्लेषण छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बनेपामा ‘एक घर, एक धारा’अभियान

काभ्रेपलाञ्चोक, काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।   खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ ।...

राष्ट्रपति कतारतर्फ प्रस्थान

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

वीरगञ्ज (पर्सा),  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन (बागलुङ), बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …

ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९