मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त

मुस्ताङ ।   यहाँका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ । घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोसेलीको रुपमा पठाउने उद्देश्यले यहाँका किसानले फापर खेती गर्दै आइरहेका छन् ।

 

 

खेतबारीमा फापर छरेको औसत एक सय दिनमा फापर खेती भित्र्याउन योग्य हुने घरपझोङ–५ ठिनीका किसान प्रमिला गुरुङ थकालीले बताउनुभयो । फापर काटेर डाठसँगै लगातार तीन दिनसम्म खेतबारीमा सुकाएपछि लौरीको सहायताले फापर चुटेर केस्रा निकाल्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । फापरको डाँठ परालका रूपमा पशुचौपायालाई खुवाउन र घाँस नपाइने बेला पशुलाई खुवाउन सुकुटी पारेर राखिने गरिएको किसान थकालीको भनाइ छ । जिल्लामा मिठे फापर र तिते फापरखेती हुने गरे पनि मुख्य रुपमा मिठे फापरबाली बढी मात्रामा लगाउने गरिएको जनाइएको छ । पछिल्लो समय कतिपय किसानले नयाँ प्रविधिको प्रयोग गरेर फापरको केस्रा सङ्कलन गर्न थालेका उहाँको भनाइ छ ।

 

 

 

जिल्लाको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्रमा स्थानीयले परम्परागत रुपमा रैथाने फापर खेती अपनाउँदै आइरहेका छन् । यहाँ उत्पादन हुने उवा, जौ, मकै, आलु, बोडी, सिमीलगायत फापरखेती यहाँको मुख्य ‘ब्राण्ड’ बनेको छ । समुन्द्री सतहको एक हजार नौ सय ८४ मिटरदेखि तीन हजार नौ सय सय मिटरको अग्लो उचाइको खेतीयोग्य जमिनमा फापरखेती गरिन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा फापर खेती गरिने भएपनि मुस्ताङको चिसो हावापानीमा उत्पादन हुने रैथाने बाली फापरको परिकार स्वादिलो र पोसिलो हुन्छ ।

 

 

 

फापर बालीअन्तर्गत मिठे फापरको खेती तलो जिल्लामा असार र साउन महिनाको पहिलो हप्ता खेतबारी छरेर असोजको पहिलो र दोस्रो हप्तामा घरमा भित्र्याईन्छ । तीते फापर साउन र भदौ महिनामा छरेर कात्तिकको पहिलो हप्तादेखि घरमा भित्र्याउने गरिन्छ । सामान्यतया रैथाने बाली उवा र जौ पाक्न नौ महिना लाग्ने भए पनि फापर बाली तीन महिनामा पाक्ने किसानले प्रमिलाले जनाइन् । उपल्लो मुस्ताङमा मिठे फापर वैशाखको पहिलो र दोस्रो हप्तामा छरेर कात्तिकको पहिलो हप्तादेखि फापर भित्र्याईन्छ ।

 

 

यहाँ तिते फापर वैशाखको पहिलो र दोस्रो हप्तामा खेतबारीमा छरेर कात्तिक महिनाको अन्त्यतिर बाली भित्र्याइने प्रचलन रहेको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण फापर बालीमा समेत विभिन्न प्रकोपहरु देखा पर्न थालेको घरपझोङ—५ ठिनीका किसान पाल्साङ गुरुङले बताउनुभयो । यसवर्ष यहाँको फापर बालीमा खुम्ले कीराको प्रकोप देखापरेको उहाँको भनाई छ ।

 

 

गतवर्ष यहाँको फापर बालीमा तुषारोले असर पु¥याएको उहाँले बनाउनुभयो । यहाँको रैथाने बाली स्याउ बगैँचाभित्र अन्तरबालीको रुपमा लगाएर दोहोरो आम्दानी लिने गरिएको किसान गुरुङले उल्लेख गर्नुभयो । फापर बालीमा ढिडो, रोटीलगायत विभिन्न परिकार निर्माण गर्न सकिने भएकाले यहाँको फापर खेती सहर बजारको उपभोक्ताले अत्यधिक रुचाउने गरेको किसान उहाँको भनाइ छ ।

 

 

 

जलवायु सङ्कटका कारण परम्परागत रैथाने बाली अन्य बालीभन्दा कम झन्झटिलो भएकाले यसको व्यवस्थापनमा निकै सहज भएको उहाँले जानकारीदिनुभयो । सहर बजारका भान्साघरमा यहाँको फापरको ढिडो मुख्य भेराइटी भएकाले यसको माग बढी हुने गरेको उहाँले बताउनुभयो । फापर बोटको औसत एक सय सेमीदेखि एक सय १० सेमीसम्म लम्बाइ हुने गर्छ । फापर बालीअन्तर्गत मिठे फापरको झुप्पामा हलुका गुलाबी रङ्गको फूलहरू फुल्दछ भने फापरको केस्रा हलुका र कालो रङ्गको हुन्छ । तिते फापरको सेतो रङ्गको फूलहरू फल्दछ ।

 

 

 

फापरको केस्रालाई स्थानीय पानी घट्ट र मिलमा पिसेर पिठो तयार गरिन्छ । यहाँ एकमाथि फापरको मिठोको मूल्य एक हजार २०० सय रुपैयामा किनबेच भएको किसानहरु बताउँछन । विषेशगरी फापरको मीठो बढी मात्रामा ढिँडो र रोटी खानका लागि उपयोग गर्ने गरिन्छ । यहाँका किसानले फापरखेतीलाई व्यावसायिक रुपमा अपनाएको पाइँदैन । हिमाली क्षेत्रको महत्वपूर्ण पहिचान बोकेको कृषि उपज रैथाने फापर बालीलाई यहाँका किसानले व्यक्तिगत घरायसी प्रयोजनको रुपमा मात्रै अपनाएको पाइन्छ ।

 

 

 

 

घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले रैथाने खाद्य बाली प्रवर्द्धनका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले फापर बाली मुस्ताङकै पहिचान भएकाले यसको संरक्षणमा स्थानीय सरकारको दायित्व रहने भएकाले सम्बन्धित किसानलाई बर्सेनि रैथाने बाली विविधीकरण तालिम, अनुदान र प्रोत्साहन लगायतका कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो । पोषणविद्का अनुसार फापरको परिकारबाट २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व प्राप्त हुन्छ ।

 

 

 

फापरको परिकारबाट रगतको कोल्ड स्टोर घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने भनाइ छ । यसले मानिसको मोटोपना घटाउने र उक्त रक्तचापका बिरामीलाई फापर मिठोको परिकार सेवन उपयोगी हुन्छ । विशेष गरी फापरमा मिनरल वाटर र भिटामिनको स्रोत प्रशस्त हुन्छ । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, चिल्लो पदार्थ र पानीको मात्रा प्राप्त हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बनेपामा ‘एक घर, एक धारा’अभियान

काभ्रेपलाञ्चोक, काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।   खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ ।...

राष्ट्रपति कतारतर्फ प्रस्थान

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

वीरगञ्ज (पर्सा),  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन (बागलुङ), बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …

ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९