नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

नवलपुर (नवलपरासी),  नारायणी नदीमा जल पर्यटनको प्रवद्र्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ ।

 

 

आइतबार साँझ क्रुजको विधिवत्रुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याइएको हो ।

 

 

क्रुजको औपचारिक उद्घाटनका क्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले राइनो क्रुज गैँडाकोटको नमूना गहना भएको उल्लेख गर्दै यसको सञ्चालनमा आवश्यक पर्ने सहयोग पालिकाले गर्ने बताउनुभयो । क्रुजले यहाँको पर्यटन प्रवद्र्धनमा निकै टेवा दिने भन्दै नगरप्रमुख अधिकारीले क्रुजलाई देवघाटधामसम्म मात्रै नभइ देवघाटधाम र त्रिवेणीधामसम्म जोड्नुपर्नेमा जोड दिनुभयो ।

 

 

क्रुज सञ्चालनका लागि नारायणीको धेरै ठाउँमा बाधाअड्चन भएको भन्दै उहाँले बाधा अड्चन हटाएर नदीलाई गहिरो बनाउन आवश्यक पर्ने सहयोग पालिकाले गर्ने बताउनुभयो । क्रुजको उद्घाटनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य एवम् होटल रिभर क्राउनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले जल क्रियाकलापसँगै होटल सञ्जाल गर्न राइनो क्रुज र होटलबीच सहकार्य भएको बताउनुभयो । क्रुज सञ्चालनमा आएसँगै गैँडाकोट र नवलपुरको मात्रै नभइ यस क्षेत्रका समग्र आर्थिक विकासलाई सञ्चालन र वृद्धि गर्न टेवा पुग्ने उहाँको भनाइ छ । क्रुजलाई स्थायीरुपमा सञ्चालन गर्दै यहाँको धार्मिक र पर्यटकीय क्षेत्रहरुलाई जोड्नका लागि पनि आफूहरुले भूमिका खेल्ने डा भट्टराईको भनाइ छ ।

 

 

क्रुज सञ्चालनकै क्रममा होटल व्यवसायी प्रभाकर पण्डितले क्रुज सञ्चालनमा आएसँगै नवलपुर तथा चितवनसहित देशकै पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिएको बताउनुभयो । नेपालकै पहिलो क्रुज नारायणी नदीमा सञ्चालनमा आएकोले यसले पर्यटकीय गतिविधिको वृद्धिमा सफलता हासिल गर्ने पण्डितको भनाइ छ । क्रुजको सञ्चालनले यहाँको आर्थिक क्रियाकलापलाई चलायमान एवम् आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उहाँले बताउनुभयो ।

 

 

 

क्रुज सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालि एवम् होटल रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले क्रुजले देवघाटदेखि दक्षिणतर्फ नारायणी नदीमा ४० किलोमिटर यात्राको अनुमति पाएको बताउनुभयो । साढे दुई तले क्रुजको लम्बाइ ९५ फिट एवम् चौडाई २१ फिट रहेको भन्दै ढुङ्गेलले क्रुजको पूरा क्षमता दुई सय जना भए पनि १५० जनालाई सेवासुविधा उपलब्ध गराउनेगरी सञ्चालनमा ल्याइएको बताउनुभयो । क्रुजको यात्रा पूर्णरुपमा सुरक्षित रहेको भन्दै उहाँले क्रुज यातायातको लागि नभइ रमाइलो जलयात्राका लागि सञ्चालनमा ल्याइएको बताउनुभयो ।

 

 

सामान्यता क्रुजिङको समय बढीमा एक घण्टाको भए पनि कार्यक्रम तथा प्याकेजअनुसार थपघट गर्न सकिने ढुङ्गेलको भनाइ छ । क्रुजको प्याकेजका बारेमा जानकारी दिँदै ढुङ्गेलले भन्नुभयो, “ब्रेकफास्ट क्रुजिङ, लन्च क्रुजिङ, डिनर क्रुजिङ, विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव जस्ता शुभकार्य क्रुजिङ एवम् अन्य स्पेसल बुकिङका आधारमा क्रुजिङ हुनेछ ।” क्रुजिङका लािग साधारण टिकट रु पाँच सय तोकिएको भन्दै उहाँले ब्रेकफास्ट क्रुजिङको रु एक हजार पाँच सय, लन्च क्रुजिङको रु दुई हजार तथा डिनर क्रुजिङको रु तीन हजार एवम् अन्य कार्यक्रमको प्याकेजअनुसार शुल्क निर्धारण गरिएको जानकारी दिनुभयो ।

 

 

क्रुजले प्रति यात्रु रु १० लाख बराबरको बिमा गराएको भन्दै उहाँले गैँडाकोट तथा नारायणी नदीकिनारलाई दक्षिण एसियाकै नमूना नदी पर्यटन गन्तव्य बनाउँदै नेपाललाई लक्जरी जल पर्यटनको नक्शा स्थापित गराउने बताउनुभयो ।

 

 

“यो परियोजना नारायणी नदीको राष्ट्रिय जलयात्रा सम्भावना, धार्मिक पर्यटन, दिगो पर्यटन र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासँग प्रत्यक्षरुपमा जोडिएको छ” उहाँले भन्नुभयो, “हामीले होटल र क्रुजका लागि रु ५० करोडको लगानी गरेका छौँ, यसको लगानी समयअनुसार थप वृद्धि गर्दै सेवा विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य रहेको छ ।”

 

 

क्रुजलाई वर्षभरी सञ्चालन गर्ने योजनासहित गैँडाकोटबाट सञ्चालनमा ल्याइएको क्रुजले ठूलो हावा तथा पानीको बहावमा पनि यात्रा गर्न सक्ने क्षमता रहेको उहाँले बताउनुभयो । देवघाटधाम, मौलाकालिका, वाल्मीकि आश्रम, चितवनको सौराहा, लुम्बिनीलाई यस परियोजनाले प्रमुख गन्तव्यको रुपमा एउटै पर्यटकीय करिडोरमा जोड्न भूमिका खेल्ने ढुङ्गेलले बताउनुभयो । राइनो क्रुजले आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटनलाई मिश्रण गर्ने अपेक्षा गरिएको भन्दै उहाँले यसले नदी, धार्मिकस्थल, प्राकृतिक सौन्दर्य र लक्जरी आतिथ्यलाई एउटै आर्थिक चक्रमा बाँध्ने बताउनुभयो ।

 

 

राइनो क्रुज सञ्चालनका क्रममा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोट नवलपरासीका वरिष्ठ उपाध्यक्ष छवि कँडेल, होटल व्यवसायी सङ्घ मुकुन्दपुर मौलाकालिका क्षेत्रका अध्यक्ष शिव पौडेललगायतले क्रुजले जिल्लालाई पर्यटकीय हवको रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस अवसरमा क्रुजका सञ्चालक सदस्य बद्रिप्रसाद अधिकारीले क्रुजको सञ्चालनले स्थानीय उत्पादनको खपत गर्दै रोजगारीको वृद्धि हुने बताउनुभयो । उहाँले क्रुज र होटलमा गरी प्रत्यक्षरुपमा ५० जनालाई रोजगारी प्रदान गरिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

राँझा (बाँके), ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बितिसक्दा पनि कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाका प्रशासनिक भवन निर्माण सम्पन्न हुन सकेका छैनन् । ठेकेदारले काम नगरे पनि स्थानीय तहले...

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

बहरथवा (सर्लाही),  सर्लाहीको हरिवन नगरपालिकास्थित भोक्टेनीमा घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानीय हर्षित भएका छन् । हरिवन –१, भोक्टेनी क्षेत्रका स्थानीय लामो समयदेखि खानेपानीको समस्या रहेको थियो । अहिले घरघरमा पानीको धारा जडान भएपछि आफूहरूलाई निकै सुविधा भएको हरिवन–१, भोक्टेनीकी कविता कुमारीले बताउनुभयो ।...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी, रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ ।भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रशासन...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

आज जगदम्बिके भगवती माविमा ४४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको दोस्रो वार्षिक उत्सव तथा ४४ औँ अभिभावक दिवस कार्यक्रम आज माघ १९ गते (सोमबार) हुँदैछ।   विद्यालय प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

आज जगदम्बिके भगवती माविमा ४४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको दोस्रो वार्षिक उत्सव तथा ४४ औँ अभिभावक दिवस कार्यक्रम आज माघ १९ गते (सोमबार) हुँदैछ।   विद्यालय प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुने...

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

नारायणगढ (चितवन), भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ । सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ । चिकित्सकका अनुसार मासु, अण्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ । भिटामिन डीयुक्त...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की,  पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् । पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ ।       यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९