कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको दोस्रो वार्षिक उत्सव तथा ४४ औँ अभिभावक दिवस कार्यक्रम आज माघ १९ गते (सोमबार) हुँदैछ।
विद्यालय प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुने विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गर्ने विविध सांस्कृतिक नृत्य, नाटक, साथै विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी लगायतका शैक्षिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने छ। यसले विद्यार्थीहरूको सिर्जनशीलता र प्रतिभा प्रदर्शन गर्नुका साथै विद्यालयको शैक्षिक गतिविधिलाई उजागर गर्ने अपेक्षा गरिएको छ।
विद्यालय प्रशासनले अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा समुदायका सबै वर्गको उल्लेखनीय सहभागिता रहने विश्वास व्यक्त गरेको छ।





















































































































































