राष्ट्रिय गाई प्रदर्शनीमा कामना कृषि फर्मको गाई सर्वोत्कृष्ट

नारायणगढ (चितवन),  चितवनमा आयोजित राष्ट्रिय गाई प्रदर्शनी प्रतियोगितामा रत्ननगरस्थित कामना कृषि तथा पशुपक्षी फर्मको अर्जुन ढकालको गाई सर्वोत्कृष्ट घोषित भएको छ । ४०० पूणाङ्कमध्ये ३६२.५ अङ्क प्राप्त गर्दै उक्त गाई प्रथम बनेको हो । दूध उत्पादनमा अग्रणी मानिएको चितवनमा पहिलो पटक यस प्रकारको प्रतिस्पर्धात्मक मूल्याङ्कनसहितको गाई प्रदर्शनी आयोजना गरिएको हो ।

 

 

भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा जारी अन्तरराष्ट्रिय डेरी प्रदर्शनी–२०८२ अन्तर्गत बुधबार आयोजित प्रतियोगितामा विभिन्न नश्लका गाईलाई एकै स्थानमा भेला गरी पशु विज्ञहरूले स्वास्थ्य अवस्था, दूधालुपन, शारीरिक बनावट, हिँडाइ तथा प्रजननयोग्यता लगायतका आधारमा मूल्याङ्कन गरेका थिए । चार सदस्यीय निर्णायक समूहले अङ्क प्रदान गरेको थियो ।

 

 

प्रतियोगितामा शिवानी कृषि तथा पशुपक्षी फर्मका सञ्चालक शिवप्रसाद पौडेलको गाई ३५३.५ अङ्कसहित द्वितीय स्थानमा रह्यो भने कालिका पशु विकास केन्द्रका सञ्चालक चेतप्रसाद ढकालको गाई ३५२.५ अङ्कसहित तृर्तीय भयो । नोभा कृषि फर्मका सञ्चालक पदम तिवारीको गाई सान्त्वना स्थानमा परेको छ ।

 

 

गाई प्रतियोगिताका प्रमुख निर्णायक कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका एसोसिएट प्रोफेसर डा गोकर्ण गौतम रहनुभएको थियो । त्यसैगरी गाई अनुसन्धान कार्यक्रम, रामपुरका विज्ञ डा उद्धव पनेरु, किसान आयोगका वरिष्ठ पशु विकास अधिकृत डा खगेन्द्र सापकोटा तथा अमेरिकी पशु विज्ञ डेनियल ली लेनी निर्णायक सदस्य रहनुभएको थियो ।

 

 

निर्णायकहरूले प्रतियोगितामा सहभागी १७ वटा विभिन्न फर्मका गाईको स्वास्थ्य अवस्था, जातअनुसारको शारीरिक बनावट, हिँडाइ, दूधालुपन तथा प्रजननयोग्यता लगायतका आधारमा मूल्याङ्कन गर्नुभएको थियो । अन्य गाईको अङ्क पनि निकै नजिकै रहेको निर्णायक मण्डल संयोजक डा गौतमले बताउनुभयो ।
डा गौतमले गाईको शारीरिक बनावट, थुनेलो लाग्ने सम्भावना, ब्याउन सजिलो वा गाह्रो हुने संरचना लगायतका विशेषताका आधारमा मूल्याङ्कन गरिएको जानकारी दिनुभयो । प्रदर्शनीमा ल्याइएका सबै गाई उत्कृष्ट रहेको उहाँको भनाइ थियो ।

 

 

सो अवसरमा आयोजक संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले गाई प्रतियोगिता नेपालमा नयाँ अभ्यास भएको बताउनुभयो । आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो । विदेशमा यस्ता प्रतियोगिता टेलिभिजन र मोबाइलमार्फत प्रत्यक्ष प्रसारण गरिने भए पनि नेपालमा यस्तो अभ्यास न्यून रहेको उहाँको भनाइ थियो ।

 

 

‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नाराका साथ चितवन उद्योग सङ्घ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लि.को संयुक्त आयोजनामा सञ्चालित अन्तरराष्ट्रिय डेरी एक्स्पो–२०८२ आज समापन हुँदैछ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गौरिगङ्गाका खोलामा चुरे मिच्दै अवैध उत्खनन, जेसीबी समातिए पनि कारबाही शून्य

कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकास्थित विभिन्न खोलाहरूमा चुरे क्षेत्रलाई असर पर्ने गरी अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको पाइएको छ। प्रहरी टोलीले पटक–पटक अवैध उत्खननमा प्रयोग भएका जेसीबी नियन्त्रणमा लिए पनि कारबाही नहुँदा गैरकानुनी उत्खनन झनै बढ्दै गएको छ।   बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीको...

प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट

काठमाडौँ,  प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाली सेनाको वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आउनुभएका प्रतिनिधिमण्डलले भेट गरेका छन् ।   सो समारोहमा सहभागी हुन आउनुभएका भारतको राष्ट्रिय क्याडेड कोरका महानिर्देशक वीरेन्द्र भाट, पाकिस्तानको मानव स्रोतका महानिर्देशक महम्मद शाहिद अब्रो, भुटानको विद्यालय...

नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

दार्चुला,  सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले खाद्यान्न ढुवानी सुरु गरेको छ । स्थानीयले आफ्ना माग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने भनेपछि सरकारले यो क्षेत्रमा खाद्यान्न पठाउन थालेको हो ।   स्थानीयवासीले माघ १ र १७ गते बसेको भेलाबाट खाद्यान्न, सडक, विद्यालय, झोलुङ्गे...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

गौरिगङ्गाका खोलामा चुरे मिच्दै अवैध उत्खनन, जेसीबी समातिए पनि कारबाही शून्य

कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकास्थित विभिन्न खोलाहरूमा चुरे क्षेत्रलाई असर पर्ने गरी अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको पाइएको छ। प्रहरी टोलीले पटक–पटक अवैध उत्खननमा प्रयोग भएका जेसीबी नियन्त्रणमा लिए पनि कारबाही नहुँदा गैरकानुनी उत्खनन झनै बढ्दै गएको छ।   बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीको...

कुखुरामा इकोलाईको समस्या

चितवन, जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ । राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा धेरै इकोलाईको समस्या देखिएको हो । कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार परीक्षण गरिएका कुखुरामध्ये ६२ प्रतिशतमा यो रोगको समस्या...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

झुठो बाचा गर्दिनँ, इमानदार भइ सेवा गर्छु : काँग्रेस उम्मेदवार स्वाँर  

कैलाली । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा उम्मेदवार बनेका बिजय बहादुर स्वाँरले चुनावी अभियानमा गरिएका बाचा पूरा गरी सार्वजनिक बताएका छन् । जनतामाझ आफूले बोलेका बाचा अनुसार हरेक वर्ष के कति काम भए वा भएनन् त्यसको सार्वजनिक गर्ने उनले भनाइ छ । एक सञ्चारमाध्यममा अन्तर्वार्ता...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन,  रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या बढी देखिने गरेको पाइएको छ । एचआइभी सङ्क्रमितहरूको उपचार गर्दै आएको भरतपुर अस्पताल र नारायणी अस्पताल वीरगञ्जको एआरटी सेन्टरले गरेको अध्ययनमा यस्तो भेटिएको हो ।     दुई अस्पतालमा एक हजार ६३७ जनाको परीक्षणका क्रममा १०२ जनामा...

तेस्रो मेयरकप भलिबलको उपाधि आमचोकले उचाल्यो

टक्सार (भोजपुर), भोजपुर नगरपालिकामा भएको तेस्रो मेयरकप भलिबल प्रतियोगिताको उपाधि जिल्लाको आमचोक गाउँपालिकाले उचालेको छ । नगरको वडा नं ४ सिद्धेश्वर दावास्थित कृष्णलक्ष्मी स्पोट्र्स कम्प्लेक्स परिसरमा आज रामप्रसाद राई गाउँपालिकासँग भएको फाइनल खेलमा आमचोकले उपाधि जितेको हो । आमचोकले तीनवटै सेट २५–२२, २५–२३ र...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९