महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौं,  राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका क्षेत्रमा अतुलनीय योगदान पु¥याएवापत अग्रज महिलाहरूलाई विशेष सम्मान अर्पण गरिइएको छ ।नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित विशेष कार्यक्रममा प्रथम राष्ट्रपति रामवरण यादव, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त रुपमा विभिन्न क्षेत्रहरूमा ऐतिहासिक योगदान पु¥याएका महिलाहरूलाई विशेष सम्मान गर्नुभएको हो ।

 

 

आयोजक सस्थाद्वारा जारी विज्ञप्तिका अनुसार यसरी सम्मानितहुनेहरूमा प्रथम महिला सभामुख ओनसरी घर्ती मगर, प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, स्काउटिङ रामवदन जोशी, लैंगिक अधिकार विज्ञ चाँदनी जोशी, प्रथम महिला इञ्जिनियर शान्ति मल्ल, शिक्षाविद् अगाथा थापा, तत्कालीन प्रवेशिका परीक्षामा ‘बोर्ड’ प्रथम लुना भट्ट, प्रथम महिला ‘कमर्शियल पाइलट’ रक्षा राणा, उद्यमी श्यामबदन श्रेष्ठ, पद्मासना शाक्य, शान्ति चड्ढा र पर्यटन व्यवसायी श्रृजना राणा हुनुहुन्छ ।

 

 

यसैगरी लायन्स क्लव र रोटरी क्षेत्रमा मिलन थापा र जया राज्यलक्ष्मी शाह, पूर्व मुख्यसचिव लिलादेवी गड्तौला, अर्थशास्त्री डा पुष्पा श्रेष्ठ, कला तथा मनोरञ्जनतर्फ उर्मिला उपाध्याय गर्ग, अभिनेत्री भुवन चन्द, पूर्व प्रशासक उषा नेपाल, प्रहरी अधिकृत बिमला थापा शर्मा, पूर्व सचिव बिन्द्रा हाडा, उद्यमी भवानी राणा, नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना, रानु देवी अधिकारी, सानुनानी कंसाकारलाई सम्मान समर्पण गरिएको थियो ।

 

 

 

सोही अवसरमा रत्नेश्वरी श्रेष्ठ , ओलम्पियन संगिना वैद्य, दृष्टिविहीन शिक्षिका सीता ज्ञवाली, चेपाङ समुदायकी मनजू प्रजा, सामाजिक अभियन्ता अञ्जली देवी मास्के, प्रथम मिस नेपाल रुबी राणा शाह, चालक मच्छरीदेवी चित्रकार, टेम्पो चालक लक्ष्मी शर्मा, कलाकार स्नेहा श्रेष्ठ (इम्याजिन), बडिबिल्डर निर्मला महर्जन, कलाकार मनीषा कोइराला, पौराणिक व्यक्तित्व सीता (जानकी) र वैदिक दार्शनिक गर्गीलाई पनि विशेष रूपमा उक्त सम्मान समर्पण गरिएको थियो ।कार्यक्रममा प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रथम महिला प्रधानमन्त्री एवं प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको अतुलनीय योगदानको स्मरण सहित सम्मान अर्पण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

 

त्यस्तै प्रथम महिला शासक नायब राजेन्द्र लक्ष्मी शाह, कान्तिराज्य लक्ष्मी देवी, योगमाया न्यौपाने, साहित्यकार बिष्णुकुमारी बाईवा ‘पारिजात’, राजीतिज्ञ शैलजा आचार्य,साधना प्रधान अधिकारी,सहाना प्रधान, मिडियाकर्मी कृष्णा ताम्राकार, गायिका सनुमाया गुरुङ, अधिवक्ता सुशीला सिंह, राजनीतिज्ञ इन्दिरा श्रेष्ठ, समाजसेवी अमृता कठायत,राजनीतिज्ञ द्वारिकादेवी ठकुरानी, चन्द्रकला किरण महत, लोकसेवा आयोग सदस्य उमा पाण्डे, राजदूत बिन्देश्वरी शाह, संसद उपाध्यक्ष कमल राणा, शिक्षाविद् अंगुरबाबा जोशी र पर्यटन उद्यमी अम्बिका श्रेष्ठ, शिक्षाविद् चन्द्रकान्ता देवी मल्ल, सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा, व्यावसायिक प्रशिक्षक सुनिता मलेकु, सेयर बजारकी सुचित्रा खनाल, चालक रामदेवी श्रेष्ठको योगदानको स्मरण गर्दै मरणोपरान्त सम्मान समर्पण गरिएको थियो । स्वर्गीय व्यक्तित्वहरूका परिवारजनमार्फत सम्मान अर्पण गरिएको विज्ञप्तिमा जनाइएको छ ।

 

 

महिला चेम्बरकी अध्यक्ष श्रेष्ठ सम्मानित

सोही अवसरमा नेपाल महिला चेम्बर सम्बद्ध रही हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सांसद बन्न सफल हुनु हुने लीमा अधिकारी, बसुमाया तामाङ, नीतिमा कार्की भण्डारी र इन्दिरा राना मगरलाई पनि सम्मान गरिएको थियो । साथै कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

 

 

 

सो अवसरमा प्रथम राष्ट्रपति यादवले विभिन्न क्षेत्रका अग्रणी तथा पथप्रदर्शक महिलाहरुलाई सम्मान गर्न पाउँदा आफूलाई गौरव अनुभूति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आज सम्मानित व्यक्तित्वहरुबाट सिंगो समाज र नयाँ पुस्तालाई हौसला प्रदान हुँदै आएको छ । ”

 

 

नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती समारोह समितिका अध्यक्ष श्रेष्ठले २००७ सालमा स्थापना भएको सस्थाको हीरक जयन्तीका अवसरमा नेपाल महिला चेम्बरले अग्रणी महिला सम्मान कार्यक्रम मार्फत समाजलाई सम्मानित महिलाहरूको जस्तै ओज हासिल गरेको बताउनुभयो ।

 

 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले नेपाल चेम्बर अफ कमर्सको इतिहास गर्विलो रहेको उल्लेख गर्दै यसको प्रतिष्ठा र गरिमालाई यस्ता कार्यक्रमले अझ उचो पारेको छ भन्नुभयो ।नेपाल महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले देशका अग्रणी महिलाहरुको योगदानको कदर स्वरुप सम्मान कार्यक्रम आयोजना गरिएको जनाउनुहुँदै महिला चेम्बरले महिला सशक्तिकरण, उद्यमशीलता विकास जस्ता विषयलाई जोड दिँदै आएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो “यस्ता सम्मान कार्यक्रमले महिलाहरूको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्न सहयोग गर्ने छ । ” कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले धन्यवाद ज्ञापन गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९