महाशिवरात्रि विशेषः बाग्मती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो

काठमाडौँ, यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धापड्यामबाट पानी छडिने थालिएको हो ।

 

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने भएकाले नदीमा पानीको बहाव बढाउन पानी छाडिएको जनाएको छ । पानीको बहाव बढाउन आज दिउँसोदेखि नै ड्यामबाट क्रमिक रूपमा पानी छोड्न थालिएको आयोजनाले जानकारी दिएको छ । आयोजनाले पर्व अवधिभर नदीमा निरन्तर पानी प्रवाह हुने गरी समन्वय गरिएको जनाएको छ ।

 

 

आयोजना उपनिर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले महाशिवरात्रिलाई लक्षित गरी आजदेखि नै धापड्यामको पानी नदीमा छोड्न सुरु भएको जानकारी दिनुभयो । “धाप ड्यामको पानी छोडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि करिब १४ घण्टा लाग्छ, त्यसर्थ हामीले आजदेखि नै पानी छोड्न थालेका हौँ”, उहाँले भन्नुभयो, “विशेष दिनमा हामीले ड्यामको पानी बाग्मतीमा छोड्दै आएका छौँ ।”शिवरात्रिका अवसरमा देशविदेशबाट हजारौँ भक्तजन पशुपतिनाथ दर्शन तथा वाग्मतीमा स्नानका लागि आउने गर्दछन् ।

प्रतिसेकेण्ड चार सय लिटर पानी छाडियो

समितिका अनुसार बाग्मती नदीमा प्रतिसेकेण्ड ४०० लिटर पानी तीन दिनसम्म छाडिनेछ । “पानी छाड्दा बाग्मती नदीमा पानीको सतह घुँडासम्म आउँछ र व्रतालुलाई नदीमा स्नान गर्न सजिलो हुन्छ, यसबाट नदीको सौन्दर्यता पनि बढ्ने अपेक्षा छ,”, नेपालले भन्नुभयो, “बागमती नदीमा पानी छाड्न मेलम्ची खानेपानी विकास समितिसँग पनि आग्रह गरिसकेका छौँ ।”

 

केयुकेयलसँग समन्वय

महाशिवरात्रि पर्वका अवसरमा बाग्मती नदीमा पानीको बहाव बढाउने तयारीअन्तर्गत सम्बन्धित निकायबीच समन्वय गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई सुन्दरीजल पानी प्रशोधन शाखामार्फत नदीमा पानी प्रवाह गरिदिन पत्राचार गरिएको छ ।

 

 

यसअघि २०८१ जेठ २३ गते विभिन्न चाडपर्वका अवसरमा बाग्मतीमा पानी प्रवाह गर्ने विषयमा सरोकारवाला निकायको बैठकले निर्णय गरेको थियो ।बाग्मती सुधार आयोजना प्रमुख शम्भुराज पण्डितका अनुसार धापड्यामबाट हालसम्म केयुकेएल सुन्दरीजल शाखामा ३२ करोड लिटर पानी प्रवाह गरिएको छ । केयुकेएलबाट विभिन्न चाडपर्वमा एकमुष्ठ २७ करोड ९८ लाख लिटर पानी शोधभर्ना भइसकेको जानकारी पनि उहाँले दिनुभयो ।
पण्डितका अनुसार अब उप्रान्त बागमती नदीमा प्रवाह गरिने पानीको हिसाब पछि मिलान गर्नेगरी महाशिवरात्रिका अवसरमा ४०० लिटर प्रतिसेकेन्डका दरले बाग्मतीमा पानी प्रवाह गर्न आग्रह गरिएको छ । “आज बेलुकी ६ः०० बजेदेखि आइतबार बेलुकी ६ः०० बजेसम्म नदीमा पानी प्रवाह गर्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो ।

 

 

पाँच करोड लिटरसम्म पानी छाड्ने तयारी

महाशिवरात्रि पर्वका अवसरमा बाग्मती नदीमा करिब पाँच करोड लिटरसम्म पानी प्रवाह गर्ने तयारी गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)अन्तर्गत सुन्दरीजल पानी प्रशोधन आयोजनाका प्रमुख हेम बूढाथोकीले आज साँझ ६ बजेदेखि पानी छोड्न सुरु गरिने जानकारी दिनुभयो ।

 

“आधिकारिक रूपमा आयोजनाले बाग्मती नदीमा पानी छोड्नका लागि माग गर्दै पत्राचार गरेको छ”, उहाँले भन्नुभयो, “सोअनुसार मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट आइतबार साँझ ६ बजेसम्म करिब ५ करोड लिटर छाड्ने तयारी छ ।”

 

गत वर्षको मनसुन अवधिमा मेलम्ची आयोजना अस्थायी रूपमा बन्द हुँदा धापड्यामको पानी सापटी लिइएको थियो । तर यस वर्ष केयुकेएलले धापड्यामबाट सापटी पानी नलिएको जनाइएको छ । छठजस्ता महत्वपूर्ण पर्वमा पनि मेलम्चीको पानी बाग्मतीमा प्रवाह गरी बहाव बढाउन सहयोग गर्दै आएको छ । गत वर्षको महाशिवरात्रिमा पनि मेलम्ची आयोजनाले बाग्मतीमा पानी प्रवाह गरेको थियो ।

 

उपभोक्तालाई असर नपर्ने

प्रमुख बूढाथोकीले बाग्मतीमा पानी प्रवाह गर्दा उपत्यकाका उपभोक्तालाई कुनै असर नपर्ने बताउनुभयो । “हामीले दैनिक उपत्यकाका उपभोक्तालाई १७ करोड लिटर पानी वितरण गर्दै आएका छौँ । बाग्मती नदीमा पानी प्रवाह गरे पनि उपभोक्तालाई असर पर्दैन,” उहाँले भन्नुभयो, “किनकी हामी मेलम्ची आयोजनाबाट नै बढी पानी प्रशोधन केन्द्रमा ल्याउनेछौँ ।”

धापड्यामको महत्व

काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धापड्याम धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिलेसमेत महत्वपूर्ण रहेको छ । ड्यामले बाग्मती नदीमा पानीको बहाव बढाएर नदीको सौन्दर्यता कायम गर्न सहयोग पुगेको समितिले जनाएको छ ।
ड्याम निर्माण सम्पन्न भइसकेपछि ड्याम अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको समितिले जनाएको छ । काठमाडौँको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झण्डै एक दशकअघि सुरु भएको थियो भने तीन वर्षअघि यसको उद्घाटन गरिएको हो ।

 

ड्याममा वर्षाका समयमा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदका समयमा बाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्षात्को समयमा यहाँ जम्मा गरिएको पानी हिउँदमा प्रतिसेकेण्ड ४०० लिटरको दरले बाग्मतीमा छोड्ने आयोजनाको लक्ष्य थियो ।

 

एशियाली विकास बैंकको रु ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त ड्यामबाट मुख्य पर्वमा बाग्मती नदीमा पानी छाडिँदै आइएको छ । ड्यामको लम्बाइ १७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ ।

 

ड्याममा जम्मा भएको पानी हिउँदको सुक्खा अवधिभर दैनिक रूपमा बाग्मती नदीमा पानी छाड्ने सरकारको लक्ष्य कार्यान्वयनमा चुनौती देखिएको छ । नदीको पानीको बहाव बढाउन आवश्यकताअनुसार ड्याममा पानी जम्मा हुन नसकेपछि दैनिक रूपमा पानी छाड्न नसकिएको उपनिर्देशक नेपालले बताउनुभयो ।

 

“हिउँदमा बाग्मतीमा पानीको सतह बढाउनका लागि प्रतिसेकेण्ड ४० लिटर पानी बगाउने योजना बनाएका थियौँ, तर त्यो परिणामले खासै उपलब्धि नदिने रहेछ”, उहाँले भन्नुभयो, “परिणाम देखिनका लागि प्रतिसेकेण्ड ४०० लिटर पानी आवश्यक पर्छ, तर त्यति बगाउन ड्यामको क्षमता नभएकाले सुक्खा अवधिमा दैनिक पानी बगाउन सकेनौँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सवारीसाधन दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

इनरुवा(सुनसरी),  सुनसरी इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाईकल दुर्घटना हँुदाएक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र...

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ,  भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । कार्यालयसँग २६ योजनामा ठेक्का सम्झौता गर्ने १९ निर्माण कम्पनीले तोकिएको समयमा निर्माणको काम सुरु नगरेपछि सातभित्र लिखित स्पष्टीकरण बुझाउन...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

फोहरबाट मोहरः व्यासले कमायो १७ लाख

तनहुँ, व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३÷८३ को साउनदेखि फागुनसम्मको अवधिमा उक्त आम्दानी भएको हो । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गरी आम्दानी...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आत्मा प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर, यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत अतिविपन्न दलित परिवारका बालबालिकाका लागि अङ्ग्रेजी माध्यमको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । त्यस्ता बालबालिकाको सिकाइ सुधारका लागि वडा कार्यालयको सहयोगमा कक्षा सञ्चालन गरिएको हो ।   हाल यहाँ कक्षा १ देखि ३ सम्म अध्ययनरत...

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन दिएको छ ।मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले (एशोसिएशन आफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), नेपाल मेडिकल तथा डेण्टल कलेज एशोसिएशनलाई हालै...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९