धनगढी । आसन्न निर्वाचन नजिकिँदै गर्दा कैलाली क्षेत्र नम्बर २ एमालेका उम्मेदवार सूर्यबहादुर थापाको प्रचार प्रसार अभियानमा जनसागर उर्लिएको छ ।
थापाले बर्दगोरिया गाउँपालिका–२ बाट सोमबारदेखि औपचारिक रुपमा चुनावी प्रचार प्रसार अभियान अन्गर्तत मतदाता भेटघाट तथा घरदैलो अभियान सुरु गरेका छन् । सोमबारदेखि औपचारिक रुपमा सुरु गरिएको मतदाता भेटघाट तथा घरदैलो अभियानमा उनको प्रचार प्रसारका लागि जनसागर उर्लिएको हो ।
थापाले कैलाली क्षेत्र नम्बर २ बाट एमालेका तर्फ उम्मेदवार पाएदेखि अनौपचारिक रुपमा आम सर्बसाधारण मतदातासँगका भेटघाटमा व्यस्त रहँदै आएका थिए । थापाले स्थानीय समस्यालाई चुनावी कार्ययोजना बनाएर प्रचारलाई तीव्र बनाउनेगरी गृहकार्य गरेका हुन् ।
उनले घरदैलो कार्यक्रममार्फत स्थानीयका गुनासा र सुझावहरू सङ्कलन गर्दै विकासका एजेन्डासहित मत मागिरहेका छन् । थापाले रोजगारी, कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य विकास निर्माण, औद्योगिक क्षेत्र लगायतलाई यावद समस्यालाई प्राथमिकतामा राखेर घरदैलो अभियानलाई तीब्रता दिन सुरु गरेको बताए ।
घरदैलो कार्यक्रममार्फत स्थानीयका गुनासा, समस्या र सुझावहरू सङ्कलन गर्दै विकासका एजेन्डासहित मत मागिरहेको बताउँदै उनले भने सोमबारदेखि घरदैलो अभियान सुभारम्भ गर्दा जनताको ब्यापक समर्थन पाए रह्योको पाइयो यसले उर्जा मिलेको छ ।
घरदैलो अभियनमा सहभागी युवा मतदाता कर्ण आचार्यले मिजासिलो स्वभाव भएका थापासँग भिजन, मिसन र विकास गर्ने हुट्हुटी छ, अरु उम्मेदवारसँग नहुनुले उनको घरदैलो अभियानमा जनलहर उर्लिएर आएको बताए ।



















































































































































