विचारः चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस

काठमाडौँ,  राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७) का दिन आजभन्दा ६५ वर्ष पहिला अर्थात् २०१८ सालमा राष्ट्रिय समाचार समिति (रासस)को स्थापना भएको हो । यसर्थ राष्ट्रिय प्रजातन्त्र दिवस र राससको स्थापना दिवस दुवै खास महत्त्वका छन् । प्रजातन्त्र दिवस र राससको वार्षिकोत्सव नेपालको लोकतान्त्रिक यात्रा र सूचना प्रणालीको विकासलाई एकैसाथ सम्झने अवसरका रूपमा लिन सकिन्छ । प्रजातन्त्रले नागरिकलाई अधिकार दिएको छभने राससजस्ता विश्वसनीय सञ्चारमाध्यमले ती अधिकारको प्रयोगलाई सार्थक बनाएका छन् ।

 

राष्ट्रिय संवाद समिति र सगरमाथा संवाद समितिलाई गाभेर स्थापना भएको राससले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विविध सेवामार्फत समाचारसँग सम्बन्धित सामग्री आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको छ । स्थापनाकालदेखि आजपर्यन्त राससले समयको पदचापलाई पछ्याउँदै आवश्यकतानुसार विविध प्रकारका सेवा उपलब्ध गराएर जनताको सुसूचित हुन पाउने हकको प्रत्याभूतिका सन्दर्भमा तल्लीन रहँदै आएको सबैका सामु स्पष्ट छ ।

 

साढे छ दशक लामो यात्राको थालनी गर्दा राससले स्वदेश तथा विदेशका निष्पक्ष, तथ्यपरक र विश्वसनीय समाचार सङ्कलन र सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउने ध्येय राखेको थियो । नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय समाचार एवम् तस्बिर हुँदै यसले पछिल्ला समयमा विचार सेवाका साथै श्रव्य र श्रव्यदृश्य समाचार सामग्री आफ्ना ग्राहक अर्थात् पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनलगायत आमसञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको छ । प्रारम्भमा उपयोगमा ल्याएको टाइपराइटर, लिथो, फ्याक्स र टेलिप्रिन्टरबाट सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनसँगै वर्तमानमा राससले आफूलाई परिमार्जन गर्दै कम्प्युटर, इन्टरनेट, एफटिपी हुँदै हाल आफ्नो सेवा ‘न्यूजलाइन’मार्फत निरन्तर प्रवाह गर्दै आएको छ ।

 

वास्तवमा सञ्चार र आमसञ्चारमाध्यमको विकासक्रम तत्कालीन समयको मागअनुसार परिमार्जित र परिस्कृत हुँदै गएको छ । आमसञ्चारमाध्यमका उपभोक्ता पाठक, श्रोता र दर्शकको चाहनाअनुसार विषयवस्तु, माध्यम र सम्प्रेषणको तौरतरिकामा पनि परिवर्तन र परिष्कृत हुँदै गएको यथार्थ हामीबाट छिपेको छैन । परेवा हुँदै इन्टरनेटसम्म (पिजन टू इन्टनेट) को यो यात्राको विकासक्रमले यही कुराको पुष्टि गरेको छ ।

 

समयको गतिअनुसार सेवाको विविधीकरण र विस्तारमा जोड दिँदै आएको राससले प्रविधिको प्रयोगसँगै सेवालाई २४ सै घण्टा विस्तार गरेर नेपाली पत्रकारितामा ‘डेडलाइन’को परम्परागत मान्यतामा परिवर्तन गर्ने प्रयत्न गरेको छ । राससले नेपाली पत्रकारितामा अब डेडलाइन हुँदैन भन्ने मान्यता स्थापित गर्न सफलता प्राप्त गरेको छ भन्न पाउनु हाम्रा लागि सन्तोषको विषय हो । यसै सन्दर्भमा राससले मातृभाषामा समाचार प्रवाह गरेर समाचार सेवाको विविधीकरण र राष्ट्रिय भाषाको संवर्द्धनमा योगदान दिएको छ । पछिल्लो समयमा समावशी अवधारणालाई कार्यान्वयन गरी राससलाई वास्तविक अर्थमा राष्ट्रिय स्वरुप प्रदान गर्ने प्रयासका सन्दर्भमा अवधि, नेपाल भाषा र मैथिली भाषाका समाचार बुलेटिन प्रकाशन गरिरहेको रासस प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै अन्य भाषामा समेत यस्ता बुलेटिन प्रकाशनको प्रयत्नमा जुटेको छ ।

 

आफूलाई २१औँ शताब्दी अनुकूलको अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी समाचार एजेन्सीका रूपमा विकसित गर्न रासस सेवा विविधीकरण र भौतिक पूर्वाधार विकासका साथै नवप्रवर्तन प्रवर्द्र्धनका दिशामा लागिपरेको छ । मिडिया सङ्ग्रहालयको स्थापना, स्टुडियो एवम् आधुनिक समाचार कक्षको विकास एवम् विस्तार, रासस शैली पुस्तकलगायत विविध पुस्तक प्रकाशन, २०१८ सालदेखिका राससका समाचार बुलेटिन सहज रूपमा हेर्न, पढ्न र अध्ययन गर्न सजिलो हुने गरी खुला बुलेटिन कक्ष स्थापना, बर्सेनि फोटो प्रदर्शनी राससको बहुआयामिक पक्षको सुदृढीकरणका केही झलक हुन् ।

 

राससले देशमा समग्र पत्रकारिताको प्रवर्द्धनमा बल पुर्‍याउने उद्देश्यले भरतपुरमा रासस अत्याधुनिक तालिम केन्द्रको स्थापनाका दिशामा पनि सक्रिय रहँदै आएको छ । निर्माणको अन्तिम चरणमा रहेको यो केन्द्रको उपस्थितिमा भविष्यमा पत्रकारिताको प्राज्ञिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । यतिमात्र होइन, रासस प्रदेश सरकारहरूको सहकार्य र समन्वयमा प्रदेशमा रहेका आफ्ना भौतिक संरचनाको विकास गरी प्रादेशिकस्तरमा समेत पत्रकारिता विकास तथा अनुसन्धान केन्द्रको स्थापनाका दिशामा सक्रिय रहँदै आएको जानकारी गराउन पाउनु हाम्रा लागि निश्चय पनि गौरवको विषय हो । यस्तै, राससले पछिल्लो समयमा विभिन्न स्थानमा रहेका आफ्ना भौतिक संरचनालगायत सम्पत्तिको संरक्षण र व्यवस्थापन गरेर अधिकतम् लाभ प्राप्तिको रणनीति तय गरेको छ ।

 

आफ्नो ६५औँ वार्षिकोत्सवको सन्दर्भ तथा १५औँ विश्व रेडियो दिवसका अवसरमा राससले यही फागुन १ गते शुक्रबारदेखि आफ्नो नवीनतम् सेवा ‘पोडकास्ट’ तर्फको पाइला चालेको छ । सूचना प्रविधि, इन्टरनेट र डिजिटल युगको उपलब्धिका रूपमा रहेको आधुनिक समयमा कुनै पनि सञ्चारमाध्यम ‘पोडकाष्ट’जस्ता नयाँ माध्यमको प्रभावबाट मुक्त हुन नसक्ने यथार्थलाई ध्यानमा राखेर राससले यस्तो प्रयास गरेको हो । परीक्षणका रूपमा ‘रासस संवाद’ पोडकाष्टको शुभारम्भ राससद्वारा समाचार सेवालाई युगानुकूल बनाउने र समयको माग सम्बोधन गर्ने महत्त्वपूर्ण यात्रारम्भ हो । सँगसँगै रासस सेवा विविधीकरणतर्फको यो एउटा थप र महत्त्वपूर्ण कदम पनि हो ।

 

यससँगै अन्तरराष्ट्रिय समाचार समितिहरूसँगको सहकार्यबाट अनुभवको लाभ लिएर राससलाई युगानुकूल, प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै अघि बढ्नुपर्ने आजको खाँचो र हाम्रो साझा धर्म र दायित्व हो । राससको अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा केही पहल र प्रयास भएका छन् । अन्तरराष्ट्रिय मञ्चहरूमा राससको उपस्थिति देखिन थालेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वासँगको सम्झौता थप परिमार्जन भएको छ भने कतार न्यूज (क्युएनए) सँग नयाँ सम्झौता गरिएको छ । यद्यपि, समग्रमा यी सबै प्रयासहरू हुन्, पर्याप्त होइनन् । यहाँका पत्रकार र कर्मचारीको मनोबल बढाउन र वृत्तिविकासका लागि भएका प्रयास तथा गरिएका कामले नै राससका उपलब्धिलाई अझ बलियो, सङ्गठित र सुदृढ बनाउने हाम्रो विश्वास छ । यसतर्फ भएका कामलाई आगामी दिनमा अझ ठोस, वैज्ञानिक र व्यवस्थित बनाउनेतर्फ व्यवस्थापनले भविष्यमा अझै ध्यान दिने नै छ ।

 

वास्तवमा २०१८ फागुन ७ देखि राससको समाचार सेवाको यात्रा केवल यात्रा मात्र नभएर सत्यतथ्य, आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषण गरेर मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र समग्र रूपान्तरणको माध्यम हुनु पनि हो । समयको मागअनुरुपको गुणस्तरीय सेवा थप्दै यसलाई समयानुकूल बनाउनु र सूचना प्रविधिसँगै तीव्र रूपमा थपिएका नयाँ नयाँ माध्यम र आम सञ्चारमाध्यमको बीचमा आफूलाई गर्विलो सेवाप्रदायक समाचार समितिका रूपमा उभ्याउनु आजको आवश्यकता हो । रासस हाल मिथ्या सूचनाको बाढी रोक्नुपर्ने दबाबमा छ । यसप्रति पनि रासस सचेत रहँदै आएको छ । यद्यपि, रासससामु थुप्रै चुनौती छन्, समस्याहरू छन् र अप्ठयारा पनि छन् । परन्तु संस्थासँग योग्य, क्षमतावान, अनुभवी, लगनशील र समर्पित जनशक्ति पनि छन्, जसको सत्प्रयासका कारण जस्तोसुकै चुनौतीको सामाना गर्न पनि रासस सक्षम हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गरेर अगाडि बढ्ने हाम्रो प्रणले निश्चय पनि सकारात्मक दिशा प्राप्त हुनेछ ।

 

आमसञ्चारमाध्यमको मागअनुरुप विविध समाचार सेवा थप्दै आजको बदलिदो परिवेशमा अपरिहार्य बन्दै गएको समाचार समितिको औचित्य पुष्टि गर्न सीमित स्रोतसाधनका बाबजुद क्रियाशील हुन जरुरी छ भन्ने मलाई लाग्दछ । ६५ वर्षको यो यात्रा आगामी दिनमा राससलाई सबल र अन्तरराष्ट्रियस्तरको सुदृढ समाचार समिति बन्ने लक्ष्यसहितको सत्प्रयास हो भन्न सकिन्छ ।  प्रजातन्त्र दिवस तथा राससको वार्षिकोत्सवको यस घडीमा लोकतन्त्रलाई सुदृढ बनाउन सूचना प्रणालीलाई बलियो बनाउनु, जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्नु र सत्यमा आधारित सार्वजनिक संवादलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकतालाई पूरा गर्न सबैले साझा प्रण गर्नुपर्ने हुन्छ ।

धर्मेन्द्र झा/रासस (लेखक राससका कार्यकारी अध्यक्ष हुनुहुन्छ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कर्मचारी झैँ सेवा प्रवाहमा समर्पित टिकापुर एकका वडा अध्यक्ष मोहन बिक

कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीको चाप बढ्न थाल्छ। कोही नागरिकताको सिफारिस लिन हतारिएका देखिन्छन् त कोही व्यक्तिगत घटना दर्ताका लागि फाइल बोकेर पालो पर्खिरहेका देखिन्छन् । यही भिडभाडका बिच एउटा कुर्सीमा एक व्यक्ति निकै व्यस्त देखिन्छन्, जो कहिले...

जापानमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र प्यासिफिक एसिया ट्राभल्स एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा जापानमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।अप्रिल २ देखि ५ तारिखसम्म जापानको टोकियो र ओसाकामा नेपाललाई वर्षेभरि घुम्न मिल्ने पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरिएको हो । पर्यटन प्रवर्द्धन...

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ । यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ । सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ । अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा रु ५० ले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

कालीगण्डकीको धारै परिवर्तन गरेर दोहन

गलकोट (बागलुङ), आफ्नै गतिमा बगेको कालीगण्डकी नदीको धारै परिवर्तन गरेर दोहन भएको छ ।बर्खाको समयमा मध्यरातमा दोहन गरिरहने कालीगण्डकीको बागलुङ क्षेत्रमा हिउँदमा कालीगण्डकीको धार नै परिवर्तन गरेर मापदण्डविपरीत ढुङ्गा तथा बालुवा उत्खनन् गर्ने गरेको पाइएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा नदीलाई पर्वत जिल्लातर्फ...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

कर्मचारी झैँ सेवा प्रवाहमा समर्पित टिकापुर एकका वडा अध्यक्ष मोहन बिक

कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीको चाप बढ्न थाल्छ। कोही नागरिकताको सिफारिस लिन हतारिएका देखिन्छन् त कोही व्यक्तिगत घटना दर्ताका लागि फाइल बोकेर पालो पर्खिरहेका देखिन्छन् । यही भिडभाडका बिच एउटा कुर्सीमा एक व्यक्ति निकै व्यस्त देखिन्छन्, जो कहिले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी (कैलाली), जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । बालविकासदेखि नै नयाँ विद्यार्थी भर्नाका लागि आउँदा कतिपय विद्यालयले शुल्क उठाउने गरेको पाइएको हो । गाउँपालिकाभित्रका अधिकांश विद्यालयले कक्षा ६ देखि भने अभिभावक सेवा...

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जम्ला,  जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित भएका छन् ।‘मेल फर स्माइल’ र प्रोजेक्ट रङ्गीचङ्गीको आर्थिक सहयोग तथा तिला गाउँपालिका–६ को समन्वयमा आइतबार भएको निःशुल्क स्वास्थ्य शिविरमा १६२ पुरुष र १४३ महिलाले सेवा लिएका वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी...

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ, ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र पुरुषतर्फ ओखलढुङ्गाका विनोद थापामगरले जित्नुभएको छ । महिला/पुरुष ६० किलोमिटर खुला अल्ट्रा रेस प्रतियोगितामा निर्मलाले आठ घण्टा २० मिनेट तथा विनोद छ घण्टा ५० मिनेटमा दूरी पार गर्दै उपाधि जित्नुभएको हो ।     महिलातर्फ रोल्पाकी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९