‘जनताका माग र अपेक्षा संसद्मा उठाउँछौँ’

काठमाडौँ, कर्णालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुले जनताको अपेक्षा र मागलाई संसद्मा उठाउने प्रतिबद्धता जाहेर गरेका छन् । ‘संवाद डबली’ले यहाँ आज आयोजना गरेको सम्मान कार्यक्रममा कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले त्यहाँका समस्या र समाधानका लागि सदन तथा सरकारको ध्यानाकर्षण गर्ने बताए । नेपाली कम्युनिष्ट पार्टीबाट कालिकोटबाट निर्वाचित सांसद महेन्द्रबहादुर शाहीले कर्णालीका समस्या र समाधानको उपायलाई नजिकबाट साक्षात्कार गरेको बताउँदै संसद् तथा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले आफू सङ्घीय मन्त्री र कर्णालीको मुख्यमन्त्री हुँदा पनि सकारात्मक पहल गरेको बताउनुभयो ।

 

 

सांसद शाहीले भन्नुभयो, “कर्णालीका समस्या र समाधानलाई नजिकबाट चिनेका छौँ, विगतमा सङ्घीय सरकार र प्रदेशमा केही पहल गरेका थियौँ, केही काम भएका पनि थिए र बाँकी कार्यको निरन्तरता दिन पहल गछौँ ।”
नेकपा (एमाले) बाट दैलेख क्षेत्र नं–२ बाट निर्वाचित लक्ष्मीप्रसाद पोखरेलले कर्णाली प्रदेश पिछडिएको मात्रै नभएर सम्भावनाको खानी भएको जिकिर गर्दै त्यसको उचित पहिचान हुन नसकेको बताउनुभयो । उहाँले कर्णालीका सम्भावनाको पहिचान गरी जनताको हितमा उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

 

“कर्णाली पिछडिएको मात्रै नभएर सम्भानाको खानी पनि हो, राज्यले सम्भावनाको पहिचान गर्न सकेन, अब हामीले संसद्मा कुरा उठाउँछौँ र सरकारको ध्यानाकर्षणसँगै योजना बनाउन पहल गर्छौं”, सांसद पोखरेलले भन्नुभयो ।
नेपाली कांग्रेसका सांसद कालिबहादुर सहकारीले कर्णालीलाई सुनको थाली भन्दै त्यसको महत्व बुझ्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सुनको थालीमा नुन मागिरहेका छौँ, अब सुनको थालीमा नुन माग्ने होइन, त्यसको सम्भावनालाई जनताको हितमा उपयोग गर्नुपर्छ, त्यसका लागि म लाग्छु ।” जनताले आफूहरुसँग ठूलो अपेक्षा गरेको बताउँदै उहाँले जनताको आशा र भरोसालाई आफूले कहिलै मर्न नदिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले नवनिर्वाचित सांसदहरुले कर्णालीका जनताका माग र अपेक्षालाई संसद्मार्फत सरकारसमक्ष पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्भावना र चुनौतिबीच नवनिर्वाचित सांसदहरुले मुख्य गरेर सडक पहुँच, कृषि आधुनिकीकरण, पर्यटन, जलविद्युत् र गरिबी घटाउने कार्यमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सांसदहरु विष्णुबहादुर खड्का (सुर्खेत–१), जयपति रोकाया (हुम्ला), खड्कबहादुर बुढा (जाजरकोट), खड्क शाही (मुगु), कालीबहादुर सहकारी (कालिकोट), महेन्द्रबहादुर शाही (कालिकोट), गोपाल शर्मा (रुकुम पश्चिम), पार्वती विक (जाजरकोट), लक्ष्मीप्रसाद पोखरेल (दैलेख–२), यसुदाकुमारी बराल (कालीकोट)लगायतलाई सम्मान गरिएको थियो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कर्मचारी झैँ सेवा प्रवाहमा समर्पित टिकापुर एकका वडा अध्यक्ष मोहन बिक

कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीको चाप बढ्न थाल्छ। कोही नागरिकताको सिफारिस लिन हतारिएका देखिन्छन् त कोही व्यक्तिगत घटना दर्ताका लागि फाइल बोकेर पालो पर्खिरहेका देखिन्छन् । यही भिडभाडका बिच एउटा कुर्सीमा एक व्यक्ति निकै व्यस्त देखिन्छन्, जो कहिले...

लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी,  लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति, सुशासन, विकास र सेवा प्रवाहका विषयमा प्रश्न र सुझाव प्रस्तुत गरेका छन् ।प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको छैटौँ बैठकमा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले संविधान कार्यान्वयन, सुशासन र जनअपेक्षा पूरा गर्न प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।...

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ । यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ । सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ । अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा रु ५० ले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

तानसेन (पाल्पा),  यहाँ ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका–३ गैलुकमा आज बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालक रामपुर नरपालिका–४ बाङ्गेपसलका ५२ वर्षीय टेकबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताउनुभयो ।     स्थानीय दुर्गबहादुर मल्ल...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

कर्मचारी झैँ सेवा प्रवाहमा समर्पित टिकापुर एकका वडा अध्यक्ष मोहन बिक

कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीको चाप बढ्न थाल्छ। कोही नागरिकताको सिफारिस लिन हतारिएका देखिन्छन् त कोही व्यक्तिगत घटना दर्ताका लागि फाइल बोकेर पालो पर्खिरहेका देखिन्छन् । यही भिडभाडका बिच एउटा कुर्सीमा एक व्यक्ति निकै व्यस्त देखिन्छन्, जो कहिले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी (कैलाली), जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । बालविकासदेखि नै नयाँ विद्यार्थी भर्नाका लागि आउँदा कतिपय विद्यालयले शुल्क उठाउने गरेको पाइएको हो । गाउँपालिकाभित्रका अधिकांश विद्यालयले कक्षा ६ देखि भने अभिभावक सेवा...

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जम्ला,  जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित भएका छन् ।‘मेल फर स्माइल’ र प्रोजेक्ट रङ्गीचङ्गीको आर्थिक सहयोग तथा तिला गाउँपालिका–६ को समन्वयमा आइतबार भएको निःशुल्क स्वास्थ्य शिविरमा १६२ पुरुष र १४३ महिलाले सेवा लिएका वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी...

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ, ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र पुरुषतर्फ ओखलढुङ्गाका विनोद थापामगरले जित्नुभएको छ । महिला/पुरुष ६० किलोमिटर खुला अल्ट्रा रेस प्रतियोगितामा निर्मलाले आठ घण्टा २० मिनेट तथा विनोद छ घण्टा ५० मिनेटमा दूरी पार गर्दै उपाधि जित्नुभएको हो ।     महिलातर्फ रोल्पाकी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९