काठमाडौँ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरिएको छ । मन्त्रालयले प्रवाह गर्ने सबै प्रकारका सेवा र सोको प्रक्रिया एवम् नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासोको सुनुवाइ र समाधान गर्न उक्त केन्द्र स्थापना गरिएको हो । उक्त ‘गुनासो व्यवस्थापन केन्द्र’मा मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरु राख्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
गुनासो व्यवस्थापनको कार्य गर्न उपसचिवको नेतृत्वमा अन्य कर्मचारी रहने गरी जिम्मेवारी तोकिएको र गुनासो व्यवस्थापन केन्द्रले गुनासाको सङ्कलन र वर्गीकरण गरी सम्बन्धित पदाधिकारीबाट सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।राष्ट्रिय समाचार समिति (रासस)


























































































































































