बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी,  बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो ।नगरप्रमुख सुरत केसीले सबै वडामा परियोजना सञ्चालन गर्नका लागि योजना छनोट गरी नगरपालिका, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने नीति लिएको बताउनुभयो । “म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार मुस्ताङस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धारका रूपमा परिचित छ”, उहाँले भन्नुभयो, “मुस्ताङ जाने र आउने पर्यटक तथा तीर्थयात्रीलाई बेनीबजार र आसपासका क्षेत्रमा भुलाउने, बसाइ लम्ब्याउने उद्देश्यले पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएका हौँ ।”

 

 

बेनी–जोमसोम सडक भएर गत आर्थिक वर्षमा आठ लाख जना पर्यटक मुस्ताङ भ्रमणमा गएका थिए । सङ्घीय पर्यटन मन्त्रालयसँग वडा नं ५ को पछैमा उद्यान निर्माण गरेर हिन्दू धर्मग्रन्थ रामायणका पात्र रावणको २१ फिट अग्लो, १० वटा टाउको भएको, ढलोट धातुले बनेको र पित्तलको जलप लगाएको मूर्ति स्थापना गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा गलेश्वर बजार सौन्दर्यकरण परियोजनालाई निरन्तरता, लभ्लीहिल पर्यटन पूर्वाधार र बेनीमा शान्ति पार्क निर्माण योजना अघि बढाएको छ ।

 

 

नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनामार्फत गलेश्वर शिवालय क्षेत्र विकास कोषसँग साझेदारी गरेर रु ४८ लाख ७४ हजारको लागतमा दुई ९५ मिटर दूरी सडकमा एक हजार ७१८ दशमलव पाँच घनमिटर स्लेट ढुङ्गा बिछ्याउने र ३० मिटर लामो नाली निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

 

 

रु २५–२५ लाख बजेट विनियोजन भएको लभ्लीहिल पर्यटन प्रवर्द्धन र शान्ति पार्क निर्माण योजना कार्यान्वयनको चरणमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा रु एक करोड चार लाख बजेट विनियोजन भएको उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो ।

 

 

बेनीबजारको दायाँतर्फ रहेको कालीगण्डकी नदी किनारमा निर्माण भएको चक्रपथको वडा नं ८ को भूगोलभित्र सडकको डिलमा रेलिङ राखेर फुटपाथ बनाउने र सडक बत्ती जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । वडा नं ८ मा रहेको एक सय वर्ष पुरानो गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ ।

 

 

कुन वडामा कस्तो परियोजना ?

बेनी नगरपालिकाले पर्यटनसँग सम्बन्धित १० वटै वडाका योजनालाई छनोट गरी प्राथमिकीकरण गरेको छ । वडा नं १ रत्नेचौरको लामो झोलुङ्गे पुल, श्रीलक्ष्मीहरि मन्दिर र तोरीबारी हुँदै ज्यामरुककोट, बेलढुङ्गा जोड्ने पदमार्गलाई प्राथमिकतामा राखिएको छ ।

 

 

वडा नं २ मा रहेको लक्ष्मीहिलमा सार्वजनिक निजी साझेदारीअन्तर्गत ‘लिफ्ट ब्रिज’ बनाउन सम्भाव्यता अध्ययनका लागि निजी क्षेत्रसँग छलफल थालिएको नगरप्रमुख केसीले बताउनुभयो । यस वडामा रहेको ज्यामरुककोटको पुनर्निर्माण, पदमार्ग र गौश्वारामा समुदायको अगुवाइमा ३८ फिट अग्लो गोवर्द्धनको मूर्ति स्थापना भएको छ । गौश्वारा पर्यटन पूर्वाधारका लागि नगरपालिकाले यस वर्ष रु १५ लाख बजेट विनियोजन गरेको छ ।

 

 

वडा नं ३ मा रहेको भकिम्लीको बेलढुङ्गालाई दृश्यावलोकनस्थलका रूपमा विकास, धार्मिकस्थल स्वर्गाश्रममा पर्यटन पूर्वाधार तयार तथा बाघखोरमा उद्यान निर्माण भएको छ । प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा–तातोपानी कुण्ड अवस्थित वडा नं ४ मा कुण्डको संरक्षणका साथै जलाशय बनाउने योजना निर्माणका लागि सङ्घीय ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा प्रस्ताव गरिएको छ ।

 

 

वडा नं ५ मा रहेको पछै, जगन्नाथ, ढोलथान र केभहिल, वडा नं ६ मा रामशीला स्मारकस्थल र गुफा राममन्दिरलाई छनोट गरिएको छ । महारानीथान, लक्ष्मीनारायण, शिवालय, भगवती, मन्दिर रहेको बेनी नगरपालिका–७ र ८ को भूगोलमा पर्ने बराहपाखोमा ‘राउण्ड बेनी, भ्यू बेनी’ योजनाअनुसार पदमार्ग निर्माण योजनालाई निरन्तता दिएको छ ।

 

 

वडा नं ८ मा रहेको जलेश्वर गुफा पुनर्निर्माण गरी शालग्राम सङ्ग्राहलय स्थापना र कोट भण्डार क्षेत्रमा टक्सार पुरातात्विक सांस्कृतिक सङ्ग्रहालय स्थापनाका गर्ने योजना रहेको छ । कालीगण्डकी शुद्धताका लागि बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाहस्थल निर्माण भएको थियो ।

 

 

वडा नं ९ को गलेश्वरधामदेखि पुलाश्रम, घतानकोत, ढोल्ठान दरबार र जगन्नाथलाई समेटेर एकीकृत पर्यटन योजना कार्यान्वयनमा छ । वडा नं १० पात्लेखेतको सिद्धाश्रम, घारसुन्ना, राधाकृति मन्दिर, वाखेत घरबास सञ्चालन र टोड्केको पर्यटन विकासका योजनालाई प्राथमिकता दिइएको छ ।

 

 

‘समृद्ध पर्यटकीय बेनी नगर’ भन्ने अवधारणाअनुसार बेनीलाई पर्यटकीय, धार्मिक र आध्यात्मिक पर्यटनको केन्द्र बनाउने प्रयास गरिएको नगरप्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार बेनीस्थित कालीगण्डकी र म्याग्दी नदीमा ‘सिल्टेसन ड्याम’ निर्माण गरी ‘स्टिमर’ सञ्चालनको सम्भाव्यता अध्ययनको चरणमा रहेको छ ।सन्तोष गौतम/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी,  बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो ।नगरप्रमुख सुरत केसीले सबै वडामा परियोजना सञ्चालन गर्नका लागि योजना छनोट गरी नगरपालिका, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रसँग...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

बिस्काः नौ दिन आठ रात जात्रा

भादगाउँ (भक्तपुर), भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पु¥याई भैलखः (भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

दोधारा चाँदनी (कञ्चनपुर), कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया–थालसेमिया’ पहिचान भएको छ ।जिल्ला स्वास्थ्य कार्यालयले सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि यहाँको लालझाडी गाउँपालिकामा निःशुल्क ‘स्क्रिनिङ’ स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । एक सातासम्म सञ्चालन भएको उक्त शिविरमा दुई हजार ६४७...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९