नेपालमा मनसुन र बाढी : जोखिम कसरी घटाउने?

२०१९ को एसियाली विकास बैंकको प्रतिवेदन अनुसार बाढी प्रकोपबाट नेपालमा वार्षिक रूपमा औसतमा १४ करोड अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ। सोही प्रतिवेदनमा यी क्षति नेपालको कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत बराबर हुन्छ भनी लेखिएको छ।

 

– प्रकाश रेग्मी

पृष्ठभूमि

नेपालमा मनसुन मौसम सामान्यतया जुन महिनाको मध्यतिर सुरू हुन्छ र सेप्टेम्बरसम्म जारी रहन्छ। सबैभन्दा धेरै वर्षा सामान्यतया जुलाई र अगस्टमा हुन्छ। तर यस वर्ष २०८२ मा प्रि-मनसुनकै अवधिमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलामा आएको बाढी र हुम्ला जिल्लामा १ जेठ २०८२ को राति भएको हिम पहिरोबाट सिर्जित बाढीले अग्रिम विपद् जोखिमको अलार्म गराएको आभाष मिल्छ।

 

 

नेपालमा मनसुन सामान्यतया जुन महिनाको १३ तिर सुरू हुन्छ र सेप्टेम्बर २३ सम्म रहन्छ। यस अवधिको वर्षाले देशको कुल वार्षिक औसत वर्षाको ८० प्रतिशत भाग समेट्दछ। यद्यपि, नेपालमा मनसुनको अवधि जुन महिना १३ देखि सेप्टेम्बर २३ सम्म भनिए तापनि यसको सुरू मिति र समाप्तीको मिति प्रत्यक वर्ष फरक-फरक हुने गरेको छ। नेपालको औसत वार्षिक वर्षा १६०० मिलिमिटर हुने गरेकोमा कहिलेकाहीँ १८०० मिमिलिटरसम्म पनि हुने गरेको रेकर्डहरू छन्।

 

 

भारतीय मौसम विज्ञान विभागले मे १३, २०२५ मा दक्षिण बंगालको खाडी, दक्षिणी अण्डमान सागर, निकोबार टापुहरू र उत्तरी अण्डमान सागरका केही क्षेत्रहरूमा सामान्य तालिकाभन्दा एक हप्ता अगाडि मनसुन सुरू हुने घोषणा गरेको छ। मे १९, २०२५ मा प्रकाशित काठमाडौं पोष्टका अनुसार यस वर्ष नेपालमा मनसुन सामान्य मितिभन्दा एक हप्ताअगाडि नै प्रवेश गर्न सक्छ छ। साथै नेपालमा यस वर्ष औसत वार्षिक वर्षाभन्दा ५ देखि १० प्रतिशत बढी हुने पनि प्रक्षेपण गरेको छ।

 

 

नेपालको धरातलीय स्वरुप

नेपाल तीन किसिमको धरातलीय स्वरुपमा विभाजित छ। उत्तरमा हिमालय क्षेत्र, बीचमा पहाडी भाग र दक्षिणमा समतल मैदान रहेको छ। भूकम्प प्रभावित क्षेत्रमा अवस्थित यो इलाकाको उच्च हिमाली क्षेत्रमा बारम्बारको भुकम्पका धक्काहरूको कारण हिमालय क्षेत्र खुकुलो हुँदै जाँदा कमजोर धरातलीय अवस्थामा रहेका छन्। अर्कोतिर बढ्दो वायुमन्डलीय तापक्रमको कारण हिउँ पग्लने क्रम पनि तीब्र छ। यसैकारण हिमालय क्षेत्रमा हिम पहिरोका संख्यामा वृद्धि हुनाको साथै पानीको बहावको मात्रामा पनि वृद्धि भएको छ। हिमाली भागभन्दा तलतिर रहेको पहाडी भागमा बढ्दै गएको भूमि उपयोगको चापले भूमि खुकुलो भई मनसुनको समयमा लेदोसहितको पानी हिमाली भेगबाट आएका नदीमा मिसिन गई वहाब बढ्न जान्छ। अतिरिक्त पानी र त्यसमा मिसिएका लेदो पदार्थले तराई क्षेत्रमा बाढीको सम्भाबवलाई बढाउँदै लगेको छ।

 

 

नेपालमा बाढीबाट भएको क्षतिको विवरण

हिमाली र पहाडी भागबाट आएका नदीहरू तराईमा पुगेपछि नदीको बहाव गतिमा सुस्तता सुरू हुँदै गर्दा नदीले बगाएर ल्याएका पदार्थहरू नदीको पिँध र किनारामा थुप्रिदै जान्छन् र नदीको सिमानाभित्र रहेर पानी प्रवाह हुन सक्ने क्षमतामा कमी हुँदै गएको छ। अर्थात् नदीको आफ्नो मार्ग साँघुरिँदै गएको छ। यसरी वर्षायाममा खोलाको पानी आफ्नो नियमित मार्गमा अटाउन नसकी नदी मार्गको किनारातिर पोखिन जान्छ र नदीको तल्लो तटीय क्षेत्रमा बाढीको सम्भावनालाई बढाउँछ। यसरी दक्षिण एसियामा बाढीको जोखिममा बंगलादेशपछि नेपाल दोस्रो उच्च स्थान र विश्वमा बाढी विपद् जोखिममा ११ औं स्थानमा पर्दछ।

 

 

२०१९ को एसियाली विकास बैंकको प्रतिवेदन अनुसार बाढी प्रकोपबाट नेपालमा वार्षिक रूपमा औसतमा १४ करोड अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ। सोही प्रतिवेदनमा यी क्षति नेपालको कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत बराबर हुन्छ भनी लेखिएको छ।

 

 

यस लेख तयार पार्ने क्रममा तथ्याङ्कको लागि संयुक्त राष्ट्र संघको प्रकोप सम्बन्धित तथ्याङ्क र भण्डारण गर्ने निकाय ‘डेसिनभेन्टर’ र  नेपाल सरकारको विपद् जोखिम न्यूनीकरण पोर्टलका तथ्याङ्कलाई आधार बनाइएको छ। विगत ४८ वर्ष (सन् १९७१ देखि सन् २०१९ सम्म)को बाढी प्रकोपको छोटो विवेचना गरिएको छ।

 

 

 

बाढी लगभग सबै किसिमको धरातलमा आउन सक्छ। जहाँसुकै पानी भएको ठाउँमा बाढी आउन सक्ने अनुमान लगाउन सकिन्छ। भारी वर्षा हुने क्षेत्र, हिउँ पग्लिने सम्भावना भएका क्षेत्रहरू, नदी तट र ताल तटजस्ता पानीका स्रोतहरू वरपर बाढी आउने सम्भावना बढी हुन्छ। बाढी प्रकोपको जोखिममा पर्ने  सामान्य क्षेत्रहरूमा, मैदानी क्षेत्र, तल्लो तटीय क्षेत्रहरू, कमजोर पानीको निकास भएका सहरी क्षेत्रहरू, नदी र पहाडी किनारहरूलाई बाढीको प्रकोप हुन सक्ने क्षेत्रमा समावेश गरिन्छन्।

 

 

नेपालको उत्तरपट्टी रहेको हिमालय क्षेत्रमा वर्तमानको ग्लोबल वार्मिङका कारण बढ्दै गएको तापक्रमले अतिरिक्त हिउँ पग्लने क्रम जारी छ। जसका कारण हिमाली भेगमा वर्षा नहुँदै पनि नदीहरूमा पानीको वहाब बढ्ने गरेको छ र साथै त्यस भेगमा रहेका हिमताल फुटेर बाढी आउने गरेको छ। त्यस्ता बाढीका संख्या कम भएका भए पनि त्यसबाट हुने क्षतिको मात्रा अत्यधिक हुने गरेको छ।नेपालको बीचमा रहेको पहाडी भागमा अत्यधिक मानवीय क्रियाकलापका कारण भू-क्षयमा तीव्रता आएको छ। यसले गर्दा नदीका किनारी भागमा निर्माण गरिएका संरचनाहरू बाढीको प्रकोपको चपेटामा पर्ने गरेका छन्।

 

 

नेपालको तराई प्रदेश बाढी प्रकोपको पर्यावाचीजस्तै बनेको छ। प्रत्येक वर्ष तराईमा ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ। यसरी विगत ४८ वर्षको अवधिमा जम्मा ४३ सय बाढीका घटना रेकर्ड भएका छन्। ती घटनाहरू पूर्वी तराईमा अत्यधिक छन्।  सुदूरपूर्वको झापा जिल्लामा सबैभन्दा बढी (२३२ घटना) बाढी प्रकोपको घटना रेकर्ड गरिएका छन्। त्यसपछि क्रमश: रौतहट (२२१ घटना), सर्लाही (१९७ घटना), मोरङ (१८० घटना), सप्तरी (१८० घटना), सुनसरी (१५४ घटना) र कैलाली (१५० घटना) रहेका छन्। बाढी प्रकोपको कारण सोही अवधिमा जम्मा तीन हजार पाँच सय ६७ जनाको ज्यान गुमेको रेकर्ड छ। बढी मानव क्षति हुने जिल्लाहरू क्रमश: सर्लाही (७३४ जना), मकवानपुर (२५६ जना), सिन्धुली (२३९ जना), रौतहट (१८३ जना), चितवन (१७० जना), मोरङ (१२० जना) र झापा (११२ जना) रहेका छन्।

 

 

नेपालमा बाढी प्रकोप न्यूनीकरणका विकल्पहरू

सूचना नेटवर्क : अहिलेको संसारमा सूचनाको पहुँच एक शक्तिशाली औजारको रुपमा प्रयोग हुँदै आएको छ। बाढी प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सूचनाको महत्त्वपूर्ण भूमिका हुन सक्ने कुरामा दुई मत हुन सक्दैन। संसारमा अहिले विभिन्न किसिमका मौसम सम्बन्धित सूचनाहरू विभिन्न सेटलाइटहरूबाट उपलब्ध गर्न सकिन्छ। उक्त सूचनाहरू एक क्लिकको भरमा देशभर पुर्‍याउन सकिन्छ। जसको लागि दूरसञ्चार प्रदायक कम्पनीको सहयोग लिन सकिन्छ। हाल नेपालमा झन्डै ७५ प्रतिशत नेपाली जनतामा मोबाइल फोनको पहुँच रहेको छ। उक्त सञ्चारको माध्यमबाट सम्भावित वर्षाको पूर्वानुमान र बाढी जान सक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी सूचना प्रसार गरी स्थानीय बासिन्दाहरूलाई सजग गराई क्षति कम गराउन सकिन्छ।

 

 

प्रतिधारण पोखरीहरू : नेपालको हिमाली र पहाडी भागमा असंख्य खोंचहरू रहेका छन्। ती खोंचहरूमा स-साना परियोजनाबाट अस्थायी रिटेन्सन पोखरीहरू निर्माण गरी अतिरिक्त आँधीबेहरीको पानीलाई सङ्कलन गरी, आँधीबेहरीको समाप्तीपछि क्रमशः छोडिन्छ र यस प्रक्रियाले परम्परागत पानी निकास प्रणालीमा पर्ने दबाब कम हुन्छ र बाढीको जोखिम पनि कम हुन्छ।  अर्थात् ती मानव निर्मित स-साना पोखरीहरूमा पानीलाई अस्थायी रूपमा रोकेर राखिन्छ र भारी वर्षा सकिएपछि संकलित पानीलाई नियन्त्रित दरमा छोडेर तल्लो तटीय क्षेत्रमा हुन सक्ने बाढीको जोखिमलाई कम गर्न सकिन्छ। यस्ता किसिमका परियोजनाहरू स्थानिय निकायहरूबाट नै देशभर सञ्चालन गरी बाढीको जोखिमलाई कम गर्न सकिन्छ।

 

 

मेगा प्रोजेक्टहरू : वर्तमान समयमा भएको विज्ञान र प्रविधिको विकासले असम्भवजस्तो लाग्ने लगभग सबै जसो कुराहरू सम्भव तुल्याएको छ। भारत सरकारले विस्तृत नदी जोड परियोजना अन्तर्गत एक-आपसमा नहर वा कृत्रिम नदीहरू निर्माण गरेर धेरै नदीहरूलाई जोड्ने परियोजना अन्तर्गत काम गरिरहेको छ। यसको मुख्य उद्देश्य बाढीग्रस्त क्षेत्रहरूबाट खडेरीग्रस्त क्षेत्रहरूमा अतिरिक्त पानी स्थानान्तरण गर्नु हो। क्यानाडामा रहेको कोलम्बिया नदीको पेन्टिकटन बाँध निर्माणको लागी अमेरिकाले ठूलो मात्रामा लगानी गरेको थियो। यसको मुख्य उद्देश्य उक्त नदीको सम्भावित बाढीबाट अमेरिकाको वासिङ्टन राज्यमा हुन सक्ने बाढीको प्रकोपबाट संरक्षण गर्नु थियो। यसरी अमेरिकाको सम्भावित बाढी प्रकोप न्यूनिकरण गर्न क्यानाडाको जमिन डुबानमा पर्ने गरी बनाइएको पेन्टिकटन बाँधवापत वार्षिक रूपमा अमेरिकाले क्यानाडा सरकारलाई रोयल्टी बुझाउने गरेको कुरा पत्रिकाहरूमा पढन पाइन्छ।

 

 

पाकिस्तान भएर सिन्धु नदीको अपर रिपेरियन क्षेत्रमा भारत सरकारले विभिन्न बाँधहरू निर्माण गरी बाढी सम्भावित क्षेत्र र सुखा क्षेत्रबीच समायोजन गर्दै आएको छ। गएको मे महिनाको ७ तारिख २०२५ देखि मे १० तारिख २०२५ सम्म भारत र पाकिस्तानबीच द्वन्द्व बढेको बेला ती माथिल्लो नदी क्षेत्रमा निर्माण गरिएका बाँधहरूलाई दुरुपयोग गर्ने धम्कीसमेत भारत सरकारले गरेका समाचारहरू आएका थिए।

 

 

नेपाल भारत र बंगलादेशका लागि अपर रिपेरियन क्षेत्रमा पर्ने मुलुक हो। नेपालबाट बहने नदीहरूले भारत र बंगलादेशका क्षेत्रहरूमा सुख्खा हुने हिउँदको समयमा सिँचाइको लागि महत्वपूर्ण भूमिका खेल्छन् भने वर्षायाममा बाढीको समस्या सिर्जना गर्दछन्। यस्तो परिस्थितिमा हिउँदमा पानीको आपूर्तिलाई सन्तुलन राख्न र वर्षातको समयमा बाढीको प्रकोपबाट बच्न त्रिदेशीय सहकार्य र साझेदारीमा विभिन्न नदीहरूलाई नेपालमा रहेका पहाडका फेदीहरूमा सुरुङहरू निर्माण गरी एक-अर्कासँगै आन्तरिक नदी जोडजस्तो मेगा परियोजनाहरूको अवधारणाको सुरुवात प्रयासमा किन बिलम्ब गर्ने?

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर, जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार...

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

अमरगढी (डडेल्धुरा), डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।  विक्रम संवत् २०६१ मा स्थापना भएको पुस्तकालयले २०७३ सालदेखि सुदूरपश्चिमको परम्परागत जीवनशैली, रहनसहन र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यसहित सङ्ग्रहालयमार्फत पुराना सामग्री सङ्कलन र संरक्षण गर्ने काम सुरु गरेको हो ।   पछिल्लो समय ग्रामीण...

अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । युरोपियन युरो एकको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर, जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर, जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९