आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

रोग भन्दा भोकले नेपाली भारत फर्कन बाध्य भएको साउँदको भनाई /गौरीफन्टा नाका भएर ५ दिनको अवधिमा झण्डै तीन हजार नेपाली भारत पसे

बौनियाँ कैलाली/प्रवासी नेपाली संघ भारतका केन्द्रिय सदस्य तथा उत्तर प्रदेश राज्यका ईन्चार्ज प्रमोद सिंह साउँदले रोग भन्दा भोकले नेपाली भारत फर्कन बाध्य भएको बताउनुभएको छ । कोरोना भाईरस संक्रमणका कारण नेपाल फर्किएका नेपालीलाई स्वदेशमा जिविकोपार्जनमा समस्या भएपछि भारत फर्कन बाध्य भएको बताउनु भएको छ ।अनमोल अनलाईन टेलिभिजन संग कुराकानी गर्दै केन्द्रिय सदस्य साउँदले भारतबाट ल्याएको सिमित पैशा सकिएपछि विहान वेलुकाको छाक टार्न समस्या हुँदा धमाधम भारत फर्कन लागेको बताउनु भयो । भारतमा फर्किन व्यक्तिसँग आफू सम्पर्कमा रहेका बताउँदै उहाँले लगातारको लकडाउनका कारण नेपालमा काम नपाएपछि भारत फर्किने गरेको बताउने गरेको साउँदले बताउनुभयो ।भोकभोकै मर्ने अवस्था भएकाले भारत जानुपर्ने बाध्यता भएको उहाँको भनाई रहेको छ । अहिले गौरिफन्टा र गड्डा चौकी भएर सयौको सख्यामा नेपाली भारत फर्किरहेका छन । कोरोनाको संक्रमण फैलिएसँगै गत फागुन महिनादेखि जेठ महिना सम्म फर्किएका नेपाली पून भारत जान थालेका हुन । नेपालमा बसेर जिविकोपार्जन गर्ने कुनै आयश्रोत नभएको र आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण भारतका बिभिन्न ठाउँमा मजदुरी गर्नेहरु फर्किने गरेका छन् । उहाँले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भारतमा बसेर लामो समयसम्म काम गरेको भएपनि अहिले नेपालीका समस्यामा भने गम्भिर नबनेको बताउनुभयो ।उहाँले चुनावको समयमा भारतमा रहेका नेपालीलाई सम्झने नेपालका राजनीतिक दलका नेताहरुले आपतमा पर्दा कुनै सहयोग नगरेको गुनासो पोख्नुभयो । भारत फर्किने अधिकांस व्यक्ति स्वदेशमा रोजगारीको वातावरण भएमा स्वदेशमा नै काम गर्न ईच्छुक रहेको केन्दिय सदस्य साउँदको भनाई रहेको छ । 

 

 

                    
                       यो पनि पढ्नुहोस् 


                      नेपाली भारत पसे
गौरीफन्टा नाका भएर ५ दिनको अवधिमा झण्डै तीन हजार नेपाली भारत पसेका छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार पछिल्लो ५ दिनमा दुई हजार ८ सय ७७ जना उक्त नाका भएर भारत गएका छन्।

पछिल्लो केही सातायता प्रत्येक दिन ५ सय बढि नेपालीहरु रोजगारी खोज्दै भारत पसिरहेका छन्। प्रशासनले सार्वजनिक गरेको तथ्याङक अनुसार भदौ २९ गते ५ सय ९७ जना, भदौ ३० गते ६ सय १७, भदौ ३१ गते ५ सय २६, असोज १ गते ५ सय ८१ र असोज २ गते पाँच सय ५३ जना भारत पसेका छन्।

भारतबाट नेपाल फर्किनेको संख्या भने भारत जानेको भन्दा कम छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भदौ २९ गते चार सय ५८ जना, भदौ ३० गते तीन सय ९३ जना, भदौ ३१ ग्ते चार सय ७० जना, असोज १ गते चार सय ९९ जना र असोज २ गते दुई सय ४६ जना नेपाली स्वदेश फर्किएका छन्।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation