कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्।
राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग सहयोगको अपिल गरेको थियो।
खुसीको खबर—केही समयको खोजीपछि साउँद सुरक्षित रूपमा घर फर्किएको परिवारले जनाएको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल परिवारसँग सुरक्षित रहनुभएको बताइएको छ।
खोजी कार्यमा साथ दिने सम्पूर्णमा परिवारले धन्यवाद व्यक्त गरेको छ।

























































































































































