सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा रास्कोटी शाही ठकुरी सेवा समाज सुर्खेतको आयोजनामा नव वर्ष २०८३ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
समाजका सदस्य तिलकबहादुर शाहीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि सुर्खेत–१ बाट निर्वाचित पूर्व प्रतिनिधि सभा सदस्य धुर्वकुमार शाही, नेकपा एमालेका केन्द्रीय सदस्य रुद्र विक्रम शाही, जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाही, मलय बर्मा स्मृति अध्ययन प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष लीलाजंग शाही, सल्लाहकार समिति सदस्य दलबहादुर शाही र लिलाराम शाहीले शुभकामना मन्तव्य राख्नु भएको थियो।
समाजका अध्यक्ष भक्तबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सदस्य गणेशबहादुर शाहीले गरेका थिए।
कार्यक्रममा भक्तबहादुर शाहीको संयोजकत्वमा रास्कोटी ठकुरी वंशावली लेखन समिति गठन गरिएको छ। जसको सदस्यमा दैलेखबाट दलबहादुर शाही, जाजरकोटबाट तिलकबहादुर शाही, कैलालीबाट लीलाजंग शाही, बर्दियाबाट चक्रबहादुर शाही, कालिकोटबाट अम्मबहादुर शाही, अछामबाट चक्रबहादुर शाही लगायत ११ सदस्यीय चन्द्रवंशी अत्री गोत्रीय मध्यानी शाखा तीनै प्रवर प्रकृति पुजक रास्कोटी ठकुरीहरूको वंशावली लेखन समिति गठन गरिएको छ।
सल्लाहकार सदस्य पुर्व मन्त्री हिम बहादुर शाही (दैलेख) ,पुर्व माननीय कृष्ण बहादुर शाही (जाजरकोट ) ,डा,दलिप कुमार मल्ल (म्याग्दी) नित्य ध्वज शाही (रुकुम पुर्व) अधिबक्ता भिम बहादुर शाही (वाके), पुर्व गाबिस अध्यक्ष दुर्गा बहादुर शाही (कालिकोट) सिंजा साम्राज्यका सम्राट बडे राजा मलय बर्माका सन्ततिहरू दुल्लु, बेलासपुर दैलेख, जाजरकोट, सल्यान, रुकुम, पर्वत, गल्कोट, म्याग्दी, कास्कीकोट, रोल्पा, माल्नेटा, खाडाचक्र, सान्नी, धुलिकोट, गोतामकोट, मुसीकोट, बाफिकोट, खगेनकोट, तिलुखाना, आठबिस लगायतका राज्यहरू स्थापना गरी राज्य गर्दै आएका थिए।
रास्कोटी ठकुरीहरू बर्मा, बम्मबाट विक्रम संवत १४६८ देखि शाही, शाह, सिंह, बम्ममल्ल, मल्ल, राया उपाधि लिई राज्य सञ्चालन गर्दै आएका थिए।






















































































































































