अजिरकोट (गाेरखा)– परम्परागत पेशालाई आधुनिकीकरण गर्न अजिरकोटमा ‘हनी हन्टिङ’ गरिएको छ । बुधवार अजिरकोट गाउँपालिका-२, खरिबोट ओलाङमा परम्परागत पेशालाई व्यवस्थित गर्दै पर्यटन विकास गर्ने उद्देश्यले हनी हन्टिङ फेस्टिभल भएको हो ।
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तरगतको पर्यटनमैत्री नमुना गाउँ तथा जीविकोपार्जन सुधार परियोजना अन्तरगत परम्परागत पेशालाई आधुनिकीकरण गर्न खरिबोटमा एक दिने हनी हन्टिङ फेस्टिभल सम्पन्न भएको पालिका अध्यक्ष दीपक देवकोटाले बताए ।
साबिकको खरिबोट वडा न ३ को ओलाङमा परम्परागत पेशालाई व्यवस्थित गर्दै पर्यटन विकास गर्ने उद्देश्यले गाउँपालिकाले हनी हन्टिङ फेस्टिभल गरेको हो । ओलाङमा परम्परागत रूपमा भीर मौरीको मह निकाल्ने अर्थात् हनी हन्टिङ गर्ने कुनै समय मेला नै लाग्ने गर्थ्यो।
यो पेशाबाट जीविकोपार्जन गर्नेहरू भीरमा डोरीमा झुन्डिएर जोखिमपूर्ण ढंगले भीर मौरीको मह निकाल्ने गर्छन् । हनि हन्टिङका लागि मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा एक लाख बजेट सो कार्यक्रम सम्पन्न भएको हो ।
ओलाङका करिब १० जना भन्दा बढिले परम्परागत रूपमा अंगाल्दै आएका हनी हन्टिङ पेशालाई व्यवस्थित र आधुनिकीकरण गर्दै पालिकामा पर्यटक ल्याउने उद्देश्यले १ दिने पर्व मनाएको वडा न २ का वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताए ।




























































































































































