जनचेतना अभिबृद्धिले सडक दुर्घटनामा उल्लेख्य कमी

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यबस्थापनलाई प्रभावकारी बनाउदै सडक दुर्घटनाहरुमा कमी ल्याउन काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गरेका पछिल्ला गतिबिधि एवं प्रयासहरु उपलब्धुंलक भएको देखिएको छ ।

 

ट्राफिक प्रहरीले चालेका विभिन्न अभियान एवं जनचेतना अभिबृद्धिका कार्यक्रमहरुले सडक दुर्घटनामा उल्लेख्य कमी आएको देखिन्छ । गत बर्षको तुलनामा जनचेतनामुलक कार्यक्रमको प्रभाव र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटनामा परि मृत्यू हुनेको संख्यामा उल्लेख्य कमी आउनुका साथै घाइतेहरुको संख्यामा समेत कमि आएको देखिन्छ । गत आ.ब.०८९/८० मा भएका १०,६७५ सडक दुर्घटनामा परि १८७ जनाले मृत्यूवरण गर्नु परेको थियो भने यस आ.ब. ०८०/८१ मा भएका ८८८१ सवारी दुर्घटना (गत बर्ष भन्दा १६.८ % कम) मा परि १७६ जनाको मृत्यू भएको हो जुन गत बर्षको तुलनामा ६ % ले मृत्यू कमी भएको छ । साना ठुला दुर्घटनामा परि गत बर्ष भन्दा यस बर्ष ३ प्रतिशत (८३०५जना) घाइते भएको तथ्याङ्कले देखाउँछ ।

 

ट्राफिक प्रहरीका अनुसार, यो प्रगति ट्राफिक प्रहरीको सक्रियता र जनचेतनामुलक कार्यक्रम र नियमहरुको कडाईका साथ पालनाको प्रतिफल हो । यो सुधारलाई अझ प्रभावकारी बनाउन र निरन्तरता दिन योजनाबद्ध तरिकाले लाग्ने तयारी भैरहेको जनाएको छ । यसले भविष्यमा पनि दुर्घटनाबाट हुने जनधनको क्षति न्युनिकरण गर्न र ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा लिएको छ । थप सुधार गर्न र यसलाई निरन्तरता दिन ट्राफिक प्रहरीले थप योजनाहरु निर्माण गरेको छ ।

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक बिश्व राज खड्काले जनचेतनामुलक कार्यक्रमहरुले आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियमहरुको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको बताए । थप उल्लेख गर्दै उहाँले सडक सुरक्षा र ट्राफिक नियमहरुका बारेमा जनचेतना अभिवृद्धि गर्नका लागि हामीले निरन्तर रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । यसले सर्वसाधारणलाई जिम्मेवार चालक बन्न र दुर्घटना घटाउन ठूलो भूमिका खेलेको प्रष्टाए  ।

 

पछिल्लो समय ट्राफिक प्रहरीले सचेतनामुलक अभिबृद्धि कार्यक्रमलाई बिशेष महत्व दिई सञ्चालन गर्दै आएको छ । विशेष गरी स्कूल कलेज केन्द्रित ट्राफिक नियम सम्बन्धी प्रशिक्षण, चालक सह-चालक केन्द्रित ट्राफिक सचेतना कार्यक्रम र सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा कार्यक्रमहरु व्यापक रुपमा गर्दै आएकोछ । ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री बिशेष अभियान, ट्राफिक सचेतना बिशेष अभियान जस्ता कार्यक्रमहरुमा समावेश भएका ट्राफिक गतिबिधीहरु मार्फत ४,७७,३०३ जना प्रत्यक्ष लाभान्वित भए भने सडकको सुरक्षित प्रयोगमा समेत उल्लेख्य सुधार भएको पछिल्ला दुर्घटनाको तथ्याङ्कले समेत देखाएको छ ।

 

तुलनात्मक रुपमा उपत्यकाको आवागमन व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरीले आफ्नो उपस्थिति, सक्रियता र निगरानी सँगसँगै बढाएको देखिन्छ । ट्राफिक प्रहरीको उपस्थितिले धेरै सवारी चालकहरु ट्राफिक नियमहरुको पालना गर्न बाध्य भएका छन् । ट्राफिक प्रहरीले चालेको मादक पदार्थ र लागु पदार्थ सेवन गरि सवारी चलाउने बिरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहिका साथ सवारी चलाउने र तिब्रगतिका कारणले हुने दुर्घटना न्यूनिकरणमा निर्वाह गरेको भूमिका निकै तारिफ योग्य छन् ।

 

विभिन्न सडक केन्द्रित सचेतना कार्यक्रम संचालन, ट्राफिक चेक पोइन्ट बिस्तार, भित्रीगल्ली साँघुरा सडक र करिडोर सडकमा नियमित गस्ती गर्ने गरेका छौं, र अपेक्षाकृत उपलब्धी समेत हासिल गरेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । “सडकमा ट्राफिक नियमको पालना गराउनु हाम्रो मुख्य उद्देश्य हो । यस बर्षको सक्रियता र कठोर कदमहरुले दुर्घटनामा कमी ल्याउन ठूलो सहयोग पुर्याएको छ । यसलाई हामी निरन्तरता दिन्छौं र थप सक्रियता पुर्वक अघि बढ्छौं” एसएसपी श्रेष्ठले बताए ।

 

यस आर्थिक बर्षमा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १० लाख बढिलाई ट्राफिक प्रहरीले कारवाही गरि जरिवाना बापत रू.७२ करोड ६० लाख संकलन भएको छ । प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण जस्तो महत्वपूर्ण बिषय ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र सम्भव नहुने हुँदा सम्पुर्ण सडक प्रयोगकर्ताहरुलाई सडक सुरक्षा र ट्राफिक नियम पालनालाई संस्कारको रुपमा बिकास गर्न ट्राफिक प्रहरीले अपिल समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सवारीसाधन दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

इनरुवा(सुनसरी),  सुनसरी इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाईकल दुर्घटना हँुदाएक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र...

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ,  काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो ।कामपा सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आत्मा प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी,  बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन खेतबारी खनजोतमा प्रयोग हुने हाते ट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन भएको हो ।कक्षा ८, ९ र ११ का...

परिवारको साथ लिएर आँखा शिविरमा आएका वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किए

पर्वत,  यहाँको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गतेसम्म सो शिविर सञ्चालन गरिएको थियो ।     आँखा जाँचका क्रममा ५१ जनामा मोतियाविन्दु...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९