बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

दमौली (तनहुँ),  व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन गरेको जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति भएको छ ।व्यास नगरपालिका–१० बैरेनीमा सञ्चालित जग्गा विकास आयोजनामा फागुन मसान्तसम्म ८० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ । हालसम्म उक्त आयोजनामा रु चार करोड १६ लाख नौ हजार चार सय ९४ खर्च भएको छ ।

 

 

नगरपालिकाले रु नौ करोड २४ लाख ७० हजार ८१ को लागतमा जग्गा विकास आयोजनाको काम सुरु गरेको हो । प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा ‘रिटेनिङ वाल’ निर्माणका लागि रु ५९ लाख ९० हजार सात सय ८१ मा ठेक्का लागेको थियो ।

 

 

उक्त ठेक्काको जिम्मा विश्वास एण्ड बिपु कन्स्ट्रक्सन जोरपाटीले पाएको थियो । त्यस्तै दोस्रो चरणमा सडक, ढल तथा अन्य संरचना निर्माणका लागि रु आठ करोड ६४ लाख ७९ हजार दुई सय ३७ मा ठेक्का लागेको थियो । उक्त ठेक्का एचआरभी शिवदेव जेभी धुलिखेलले पाएको छ ।

 

 

हालसम्म ‘रिटेनिङ स्ट्रक्चर’लगायत मुख्य ढल निकास र सहायक ढल निकासको अधिकांश निर्माण कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी लाइन विस्तार तथा ढल नालाको कभर स्ल्याब निर्माण कार्य भइरहेको छ । यस्तै मुख्य ढल निकास नालीको तीन स्थानमा ‘क्रस ड्रेन स्ट्रक्चर’को निर्माणको कार्य सकिएको उहाँले बताउनुभयो । यस्तै स्ट्रक्चरल वाल निर्माण कार्य सम्पन्न भई कार्यालय भवन निर्माण ‘फिनिसिङ’ कार्य अन्तिम चरणमा पुगेको लम्सालले बताउनुभयो ।

 

 

यहाँ विद्युत् पोलको निर्माण गरिने तथा प्रसारण लाइनका लागि सहरी विकास तथा भवन निर्माण विभागको वित्तीय सहयोग र विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको समन्वयमा निर्माण गरिनेछ ।भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)को प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन सकिएपछि जग्गा एकीकरण आयोजना अगाडि बढाइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार प्रथम चरणमा २६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गर्नका लागि मस्यौदा योजना तयार गरी सहरी विकास मन्त्रालयमा पेस गरिएकामा विसं २०७८ फागुन २ गते सरकारबाट स्वीकृत भएको थियो ।

 

 

नगरपालिकाले आयोजना निर्माणका लागि विसं २०८१ मङ्सिर १५ गते नगर विकास कोषसँग ऋण सम्झौता गरेको थियो । सम्झौताअनुसार नगर विकास कोषले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम बेहोर्नेछन् ।जग्गा एकीकरण आयोजनाका लागि एक लाख ३२ हजार आठ सय १४ वर्ग मिटर (२६१ रोपनी) क्षेत्रफल छुट्याइएको छ । जग्गा एकीकरण आयोजनामा दुई सय ३१ लाभग्राहीका तीन सय ४७ कित्ता समावेश गरिएको छ ।

 

 

प्रत्येक जग्गाधनीहरूले गर्नुपर्ने योगदानको विस्तृत योगदान तालिका तथा चक्लाबन्दी नक्सासमेत तयार भइ स्वीकृत भइसकेको छ । आगामी दिनमा जगाको चार किल्ला सीमाङ्कन गरी आयोजनाका सम्बन्धित जग्गाधनीहरूलाई अस्थायी जग्गाधनी प्रमाणपुर्जासहित जग्गा फिर्ता गरिनेछ । त्यसपश्चात् पूर्वाधार निर्माणका लागि आरक्षित घडेरी बिक्री गरी विभिन्न चरणमा नगर विकास कोषलाई ऋण रकम भुक्तानी गरिने जनाइएको छ ।

 

 

व्यास नगरपालिका–१० (साविक फराकचौर वडा नम्बर ८ (घ) र (ङ)) का अन्तर्गतका जग्गामा आयोजना सञ्चालन गरिनेछ । आयोजना सञ्चालनका लागि पूर्वतर्फ व्यास मार्गदेखि ५० मिटरभित्रबाट सुरु फराकचौर ८ ङ (३८७, ४०९, ३३०, ३७०, ३४८, ९७२, ५९३, ६८७, ९४८, ९४९, १०१, १००, ५१६, ९६५,९६२, ९६०, ९६१) फराकचौर ८ घ (५१४, ४९०, ४५६, ४२८, ४८३, ४७६, ४७५, ४७७, १६०, ५७२, ४१७, ७३१, ७३२, ८४२, ८४५, ८४४, ९२७, ६९) देखि भित्रका कित्ता समावेश छन् ।

 

 

पश्चिमतर्फ मादी नदीले कटान गरी बनेको डिल फराकचौर ८ ङ (३) फराकचौर ८ घ (२, १२०६, १२०५) देखि भित्रका कित्ताहरू आयोजनामा समावेश गरिएका छन् । उत्तरतर्फ बोटेनी खोल्सी फराकचौर ८ ङ (२९०, ४३, ८९५, २६५, २६७) देखि भित्रका कित्ताहरू छन् भने दक्षिणतर्फ व्यास मार्गको प्रतिक्षालय चोक देखि बोटे सङ्ग्रहालय जाने बाटो फराकचौर ८ घ (३९०, १३०, १२६०, १४६७, १३३६, ७४२, ७४१, १५१४, १५१५, १२४२, १२४४, १२४५, १२४६, ८८८, ८८७, ८८६, १५४८, १५४६, १५४७, ४०७, ५८५, १३४६) देखि भित्रका कित्ता समावेश रहेको नगरपालिकाले जनाएको छ ।वैरेनी जग्गा एकीकरण आयोजनाअन्तर्गत एक हजार ५३६ रोपनी सम्भाव्यता अध्ययन गरिएको थियो । व्यास नगरपालिकाको व्यवस्थित सहरीकरणको अभियानमा यो स्वीकृति कोसेढुङ्गा हुने नगरपालिकाको दाबी छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९