इन्टरनेट कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का पत्राचार

काठमाडौं।   जिल्ला प्रशासन कार्यालय मोरङले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का राख्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ।प्रशासनले गत मंसिर २६ गते राष्ट्र बैंक विराटनगर मोरङलाई क्लासिक टेकका बैंक खाता रोक्का राख्न पत्राचार गरेको हो।राष्ट्र बैंक विराटनगर कार्यालयले आफ्नो केन्द्रीय कार्यालयमा क्लासिक टेकका खाता रोक्का राख्ने सम्बन्धी प्रशासनको पत्र पठाएको छ।

राष्ट्र बैंक केन्द्रीय कार्यालयका एक अधिकारीले क्लासिक टेक कम्पनीका बैंक खाता रोक्काको प्रक्रिया सुरू भइसकेको बताए।राष्ट्र बैंक स्रोतका अनुसार क्लासिक टेकका लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एसिया बैंक, नबिल बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौं र सानिमा बैंकमा गरी आठ वटा खाता रहेको बुझिन आएको छ। ती सबै बैंक खाताको विवरण मोरङ प्रशासनबाट विराटनगरस्थित शाखा कार्यालय हुँदै राष्ट्र बैंक आइपुगेको छ।

व्यापारिक साझेदार कम्पनीले दिएको निवेदनमा आधारमा प्रशासनले क्लासिक टेकका खाता रोक्का राख्न पत्रकार गरेको थियो।‘दुबै पक्षलाई छलफलमा बोलाउँदा क्लासिक टेक कम्पनीले पटक-पटक अटेर गरेको स्थितिमा पीडित कम्पनीले बैंक खाता रोक्का राख्न निवेदन दिएपछि विवाद समाधान नभएसम्मका लागि अस्थायी रूपमा बैंक खाता रोक्का राख्न भनी पत्राचार गरिएको हो,’ प्रशासन स्रोतले भन्यो।

क्लासिक टेक र उसको व्यापारिक साझेदार कम्पनी बयरवन केवल नेट प्रालिबीच रकम भुक्तानीको विषयमा चार-पाँच महिनादेखि विवाद रहँदै आएको छ।बयरवन केवल नेटले क्लासिक टेकले १८ लाख रुपैयाँ भुक्तानी नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएको थियो।प्रशासनका अलावा बयरवन केवल नेटले इलाका प्रहरी कार्यालय पथरी र कानेपोखरी गाउँपालिकामा छुट्टाछुट्टै निवेदन दिएको थियो।

निवेदन दिएपछि प्रशासनले क्लासिक टेक कम्पनी र त्यसका कर्मचारीलाई छलफलमा बोलाएको थियो। तर, क्लासिक टेक छलफलमा नआई प्रशासनलाई ‘अवज्ञा’ गरिरहेको छ।इलाका प्रहरी कार्यालय पथरीले बोलाउँदा समेत क्लासिक टेक छलफलमा नआएर उल्टै आफ्नो कम्पनीमाथि अदालतमा मुद्दा दिन गएको बयरवन केवल नेट प्रालिका सञ्चालक बलबहादुर खापुङले बताए।

खापुङले दिएको उजुरी अनुसार क्लासिक टेक र बयरवन केवल नेटबीच २०७६ भदौ महिनामा सेवा विस्तारबारे सम्झौता भएको थियो। उक्त सम्झौतामा केवल नेट प्रालिलाई क्लासिक टेकले काम गरेबापतको (४० प्रतिशत कमसन) दिनुपर्ने उल्लेख छ।‘उक्त रकम भुक्तानी नगरीकन क्लासिक टेकले बल मिच्याइँ तरिकाले कर्मचारी खटाएर इन्टरनेट सेवा विस्तार गरिरहेको थाहा पाएँ,’ खापुङले भने, ‘उक्त क्रियाकलापबारे थाहा पाएपछि मैले राम्रोसँग कुराकानी गरी आफ्नो हिसाब-किताब गरिदिन भनेको थिएँ, तर उहाँहरूले आनाकानी गर्नुभएको छ।’

खापुङका अनुसार क्लासिक टेक कम्पनीले पटक-पटक न्यायोचित तरिकाले हिसाब मिलाउने भनी आश्वासन दियो। तर, आश्वासन दिने तर हिसाब-किताब गर्न पन्छिने गरेपछि प्रहरी-प्रशासनमा पुग्नु परेको हो।आफ्नो कम्पनीको भुक्तानी रकम दिलाइदिन माग गर्दै खापुङले क्लासिक टेकले कानेपोखरी गाउँपालिकामा गरिरहेको कार्य रोक लगाउन माग गरेका छन्।

खापुङका अनुसार क्लासिक टेकको विराटनगरस्थित कार्यालयका कर्मचारीहरूसँग भुक्तानी गर्नुपर्ने रकमबारे कुराकानी भइरहेको थियो। तर, त्यहाँका कर्मचारी प्रयास दाहाल र वत्सल रेग्मी केन्द्रीय कार्यालय देखाउँदै पन्छिए।प्रशासनले छलफलमा बोलाउँदा नआएको क्लासिक टेक कम्पनीले बयरवन केवल नेटविरूद्ध उच्च अदालत विराटनगरमा निषेधाज्ञायुक्त परमादेश माग्दै निवेदन दिएको थियो।

क्लासिक टेकले जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय पथरीसमेतलाई विपक्षी बनाएर अदालतमा निवेदन दिएको थियो।उक्त निवेदनको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश विमल सुवेदीको इजलासले बयरवन केवल नेटलाई बाटोको म्यादबाहेक पन्ध्र दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।यस्तै, अदालतले निवेदनको टुंगो नलागेसम्म बयरवन केवल नेटलाई क्लासिक टेकको काम कारबाहीमा रोक नगराउनू भनी आदेश दिएको छ।

क्लासिक टेकले सम्झौताविपरीत भुक्तानी नदिएर बलजफ्ती काम सुरू गरेपछि बयरवन नेटले उसको काममा अवरोध पुर्‍याएको थियो।‘हामीसँगको सम्झौता अनुसार भुक्तानी नदिएको सन्दर्भका कारण हामीले क्लासिक टेकको काम कारबाहीमा रोक लगाएका थियौं,’ खापुङले भने, ‘उहाँहरूले भुक्तानी गरिदिए हामी कुनै अवरोध गर्दैनौं।’क्लासिक टेकले भने बयरवन नेटलाई सम्झौता अनुसार दिनुपर्ने रकम दिन तयार रहेको बतायो। तर, उसले सम्झौताविपरीतको रकम माग भएकाले नदिएको दाबी गर्‍यो।

‘हामीले सम्झौता अनुसारको रकम दिने भनेका छौं, तर उक्त कम्पनीले हाम्रो काममा बाधा पुर्‍याएकाले अदालतमा निवेदन दिएका हौं,’ क्लासिक टेकका सहायक प्रवन्ध निर्देशक राम तिमिल्सिनाले भने, ‘अदालतमा विचाराधीन विषय भएकाले नटुंगिएसम्म हामी छलफलमा नगएका हौं।’

उनले बैंक खाता रोक्का गर्ने प्रक्रिया सुरू भएकोबारे आफूले सुनेको तर विस्तृतमा बुझ्न नपाएको बताए। तिमिल्सिनाले बैंक खाता रोक्कको प्रक्रियाबारे आफ्ना कर्मचारी र वकिलले बुझिरहेको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।   सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका–३ का वडा अध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँकार्यपालिका सदस्य भीमबहादुर...

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर, सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।   विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।   सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका–३ का वडा अध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँकार्यपालिका सदस्य भीमबहादुर...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी (सुनसरी),  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९