
कैलाली । नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिब तथा युवा नेता हेमन्त राज जोशीद्वारा आफ्नो जन्मदिनको अवसरमा गौरीगंगा-६, स्थित कैलाली भिजन स्कुल र जुपिटर एकेडेमी नेपालमा अध्ययनरत करिब ३० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गर्नु भएको छ।
जन्मदिनको अवसरमा फजुल खर्च हुन नदिएर मानव सेवामा लगानी गर्न प्रेरित भएका छन् शिक्षा मानिसको ज्योति भएकाले बालबालिकाहरु गुणस्तरीय शिक्षा सँग जोडन आफुले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको नेपाली कांग्रेसका नगर सचिव युवा नेता तथा हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष जोशीले जानकारी दिनु भएको छ। जन्मदिनको कार्यक्रममा विद्यार्थीहरुले जन्मदिनको शुभकामना ब्यक्त गर्दै धन्यवाद ब्यक्त गरेका थिए।
झोला बितरण कार्यमा हेमा श्री फाउन्डेसन नेपाल कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवर, जुपिटर एकेडेमी नेपाल प्रधानाध्यापक मनिराम धामी, सहायक प्रधानाध्यापक महेश्वरि जोशी, कैलाली भिजन स्कुलका संस्थापक पुर्ण बम, अमर माध्यमिक विद्यालयका अध्यक्ष दान बहादुर कुँवर, शिक्षक शिक्षिका,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
शैक्षिक सामाग्री बितरण कार्यक्रममा बोल्दै जुपिटर एकेडेमी नेपाल प्रधानाध्यापक मनिराम धामीले शिक्षा क्षेत्रको उन्नतिका लागि युवा नेता जोशीले गरेको योगदान समाज र समुदायले कहिल्यै भुल्न नहुने बताए। उनले शिक्षा प्रति आकर्षण गर्नका निम्ति यस्ता खालका सामाजिक सदभाव तथा सहयोगले टेवा पुग्ने बताए।
गौरीगंगा-६, मा रहेका कैलाली भिजन स्कुलका १५ जना र जुपिटर एकेडेमी नेपालका १५ जना गरि ३० जना विद्यार्थीहरुलाई कापी, कलम र झोला शैक्षिक सामाग्री प्रदान गरिएको थियो।