जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला

गलेश्वर (म्याग्दी),  यहाँको रघुगङ्गा गाउँपालिका-५ मा पर्ने झीँ गाउँको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जङ्गलबाट भरुवा बन्दुक बरामद गरेको हो । जङ्गलमा राखेर रातको समयमा चोरीसिकारीमा प्रयोग हुने गरेको प्रहरीको अनुमान छ ।

 

बन्दुक बरामद गरेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । म्याग्दीको ग्रामीण क्षेत्रमा वन्यजन्तुको सिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउनसक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुवा बन्दुक खोज अभियानअन्तर्गत यसअघि ११५ थान बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । सोमबार पनि सोही अभियानअन्तर्गत खोजी गर्दा बेवारिसे अवस्थामा बन्दुक बरामद भएको उहाँको भनाइ छ ।

 

जिल्ला प्रहरी कार्यालयले जिल्लाभरका युनिटलाई परिचालन गरी मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन ‘अप्रेशन’ चलाएको थियो । निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउनसक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । एक महिनाको अवधिमा बेनी नगरपालिकाबाट ११, अन्नपूर्ण गाउँपालिकाबाट १६, रघुगङ्गा गाउँपालिकाबाट ४८, मङ्गला गाउँपालिकाबाट १४, मालिका गाउँपालिकाबाट २०, धवलागिरि गाउँपालिकाबाट छ थान भरुवा बन्दुक बरामद गरिएको थियो । अवैध बन्दुक भएमा प्रहरीलाई बुझाउन वा खबर गर्न प्रहरी नायब उपरीक्षक थापाले सबैलाई अनुरोध गर्नुभयो । अवैध बन्दुकसहित फेला पारेमा पाँच वर्ष कैद र ५० हजार जरिवानाको कानुनी व्यवस्था छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

बहरथवा (सर्लाही), जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार यहाँको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो । नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौथो संशोधनका आधारमा...

जुम्लाका ५२ वटा मतदानस्थल अतिसंवेदनशील

जुम्ला, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ वटा मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ ।मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबू रेग्मीले जानकारी दिनुभयो ।     एक नगरपालिकासहित...

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए

तनहुँ,  एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । गत साउनदेखि पुस मसान्तसम्म उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुईवटा दर्ता भएका हुन् । उक्त अवधिमा रु ४६ लाख सात हजार ४०० राजस्व सङ्कलन भएको कार्यालय...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

खोला किनारमा चितुवा मृत फेला

बागमती,  मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ । खोला किनारमा स्थानीयले सोमबार साँझ मृत चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै चित्लाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, पदाधिकारी, स्थानीय जनप्रतिनिधि...

व्यक्तिगत डाटा संरक्षणका लागि कानुन नहुँदा चोरीका घटना बढ्दै

काठमाडौँ,  पछिल्ला वर्षमा नागरिकका विवरणलाई बैंकिङ सेवा, सामाजिक सुरक्षा, बिमा, सरकारी अनुदान र विभिन्न सार्वजनिक सेवासँग क्रमशः एकीकृत र अनिवार्य बनाउँदै लगिएको छ । राज्यले यसलाई ‘डिजिटल इकोसिस्टम’ एकीकरणको आधार मानेको छ ।   एउटै परिचयका आधारमा नागरिकले सेवा पाउने, कागजी झन्झट घट्ने र सेवा प्रवाह...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

आज जगदम्बिके भगवती माविमा ४४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको दोस्रो वार्षिक उत्सव तथा ४४ औँ अभिभावक दिवस कार्यक्रम आज माघ १९ गते (सोमबार) हुँदैछ।   विद्यालय प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

दोधारा चाँदनी(कञ्चनपुर),  छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ ।भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको...

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की, पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतलाई बङ्गलादेशले २–० गोलले पराजित गरेको छ ।बङ्गलादेशले खेलको पहिलो हाफमा गरेको दुई गोलनै भारतलाई हराउन पर्याप्त रह्यो । खेलको २९ औँ मिनेटमा कप्तान अरपिता विश्वास अरपिताले...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९