नवलपरासी । हिन्दु र ईस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रुपमा परिचित रहेको मदार बाबा मेलाको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
नवलपरासी पुर्व बिनई त्रिवेणी गाउँपालिका वडा नं. ६ परसैहिया स्थित आस्थाको मदार बाबा मेला मदरिया पहाड मेला सुरु हुन २ दिन मात्र रहेको छ ।
हिन्दु मुस्लिम दुबैकाे आस्थाका साझा केन्द्रकाे रूपमा विकसित भएकाे मदारबाबा मेला यस वर्ष माघ २४ गते सनिवारदेखी शुरू हुने मदार बाबा मजार संरक्षण संस्थाका अध्यक्ष जमालुदिन मिंयाले बताएका छन।
मदार बाबाको मजार स्थलमा हिन्दु मुस्लिम दुबै धर्मका मान्छे एकै स्थानमा श्रद्धाका साथ एकै स्थानमा पुजापाठ गर्ने संसारकै दुर्लभ स्थान रहेकाे हुनसक्ने अनुमान समेत गरिन्छ ।
मदार बाबा मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा सुरक्षा व्यवस्था मिलाउनका लागि सुरक्षा कर्मी परिचालन गरिने साथै स्वयंसेवक ,ठाउँमा निशुल्क स्वास्थ्य शिविर , सार्वजनिक शौचालय निर्माण लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था मिलाइएको संस्थाका अध्यक्ष मिंयाले बताए ।
यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दुको मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ । मदारबाबाको मजारमा भाकल, दुख तथा मनोकामना लिएर आउने श्रद्धालुहरुकोभाकल तथा मनोकामना पुरा हुने र सन्तान नहुने दम्पती सान्तान पाउने तथा दुखियाको दुखहरण हुने धार्मिक मुल्य मान्यता र विश्वास भएको मदार बाबाका हजरत मौलाना गद्दीनशीन ( मठाधिश ) बाबा अमिरूल्लाह अन्सारीले बताउनुभयो ।
मेलामा व्यापारीहरूकाे व्यापक उपस्थिती रहेकाे छ । व्यावसायीहरू मेलामा राम्राे आम्दानी गर्नसक्ने भएकाले मेला शुरू हुनु एक हप्ता अगावै महलवारी र परसैयामा आइ पुगेका छन् । अस्थायी पसलका लागि घरटहरा निर्माण गरि सकेका छन् ।























































































































































