इटहरी (सुनसरी), मुलुकको पूर्वी भेगको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्रका रूपमा विकसित भएको इटहरीमा राससले आफ्नो कार्यालय भवन निर्माणको प्रयास प्रारम्भ गरेको छ ।राससले आफ्ना सेवालाई विविधीकरण गर्दै समाचार सङ्कलन, सम्पादन र वितरण कार्य थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयासस्वरुप इटहरीमा भवन निर्माणलाई प्राथमिकतामा राखेको हो ।
यसै सन्दर्भमा राससका महाप्रबन्धक सन्दीप राईले इटहरी उपमहानगरपालिका–४ आइबारेस्थित राससको जग्गाको स्थलगत निरीक्षणपछि इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीन भट्टराईलाई भेटेर भवन निर्माण प्रक्रियामा सघाउन अनुरोध गर्नुभयो ।स्थानीय तहसँगको समन्वयमा राससको प्रभावकारी सेवा विस्तारमा आफूहरू लागेको जानकारी दिँदै महाप्रबन्धक राईले उपमहानगरपालिका र रासस साझेदारीमा जोड दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)




















































































































































