स्नातकोत्तर सम्मेलन सुरु

महेन्द्रनगर (धनुषा),  अनुसन्धान र नवप्रवर्तनसम्बन्धी विषयमा केन्द्रित १२औँ स्नातकोत्तर सम्मेलन आज देखि जनकपुरधाममा सुरु भएको छ । राजर्षि जनक विश्वविद्यालय, अनुसन्धान केन्द्र जनकपुरधामको आयोजनामा भएको सो सम्मेलनको उद्घाटन गर्दै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.अन्कुर साहले मुलुकको समग्र विकासका लागि अनुसन्धानलाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो ।

 

“स्वास्थ्य, प्रविधि तथा शिक्षाका क्षेत्रमा नवीन सोच र प्रयोग आवश्यक छ”, उहाँले भन्नुभयो, “अनुसन्धानलाई व्यवहारमा रूपान्तरण गर्न विश्वविद्यालय र सरोकारवाला निकायबीच उच्चस्तर समन्वय र सहकार्य हुनुपर्दछ ।” उपकुलपति डा.साहले नेपालमा अनुसन्धान र नवप्रवर्तनका उदीयमान क्षेत्रहरूबारे प्रकाश पार्नुभयो ।  राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा अमरप्रसाद यादवले उच्च शिक्षामा अनुसन्धानमुखी वातावरण सिर्जना गर्न विश्वविद्यालयले विभिन्न पहलहरू गरिरहेको जानकारी दिँदै विद्यार्थीलाई अनुसन्धानमा आकर्षित गर्न नीतिगत सुधार र पूर्वाधार विकासमा जोड दिइएको उल्लेख गर्नुभयो ।

 

 

राजर्षि जनक विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहले अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्न आवश्यक स्रोत–साधनको व्यवस्थापन र दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुसन्धानले समाजका वास्तविक समस्याको समाधान दिनुपर्नेमा जोड दिनुभयो ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा विनोद यादवले स्वास्थ्य क्षेत्रमा अनुसन्धानको महत्वबारे चर्चा गर्दै अनुसन्धानबाट प्राप्त नतिजालाई नीतिनिर्माणमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

 

शिक्षा, स्वास्थ्य तथा अनुसन्धान क्षेत्रका विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको सो सम्मेलनमा अनुसन्धानको प्रवद्र्धन, नवप्रवर्तनको विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धिका विषय गहन छलफल हुने बताइएको छ । कार्यक्रममा विभिन्न विषयमा स्नातकोत्तर तहका विद्यार्थीले स्वास्थ्य, विज्ञान, प्रविधि, समाजशास्त्रलगायत क्षेत्रमा आफ्ना अनुसन्धानमूलक कार्यपत्रहरु प्रस्तुत गरिने छ ।सम्मेलनले अनुसन्धान र नवप्रवर्तनलाई थप सशक्त बनाउँदै शैक्षिक तथा वैज्ञानिक विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुढाको छपाबाघ शान्ति टोलमा देहव्यापारको अड्डा: बालिका समेत दलदलमा, प्रशासन मौन

कैलाली । कैलालीको मुढास्थित छपाबाघ शान्ति टोलमा कानुनले पूर्णतः बन्देज गरेको देहव्यापारको धन्दा अहिले निर्बाध रूपमा चलिरहेको छ। बादी समुदायको बाक्लो बस्ती रहेको यस शान्ति टोलमा विगत एक दशकदेखि चलिरहेको यो अवैध कार्य पछिल्लो समय होटेल तथा खाजा घरहरूको सुरक्षा कबजभित्र झन् मौलाउँदै गएको...

‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’

काठमाडौँ,  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले संविधानमा प्रदत्त मौलिक हकको कार्यान्वयनमार्फत सबैका लागि स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिने बताउनुभएको छ । विश्व स्वास्थ्य दिवस २०८२ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्ला समय देखिएका स्वास्थ्य चुनौती समाधानका लागि सबै क्षेत्र र सरोकारवालाबीच...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

गोली चलाएर पिङ्गलास्थानबाट दुई जना पक्राउ

काठमाडौँ,  लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

मुढाको छपाबाघ शान्ति टोलमा देहव्यापारको अड्डा: बालिका समेत दलदलमा, प्रशासन मौन

कैलाली । कैलालीको मुढास्थित छपाबाघ शान्ति टोलमा कानुनले पूर्णतः बन्देज गरेको देहव्यापारको धन्दा अहिले निर्बाध रूपमा चलिरहेको छ। बादी समुदायको बाक्लो बस्ती रहेको यस शान्ति टोलमा विगत एक दशकदेखि चलिरहेको यो अवैध कार्य पछिल्लो समय होटेल तथा खाजा घरहरूको सुरक्षा कबजभित्र झन् मौलाउँदै गएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयमा छात्राबास भवन बन्दै

मुस्ताङ, यहाँस्थित बारागुङ मुक्तिक्षेत्र–३ छुसाङस्थित प्रस्तावित जननर्मल माध्यमिक विद्यालयको छात्राबास भवन निर्माणाधीन अवस्थामा छ । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको अनुदान सहयोगमा आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयको छात्राबास भवन निर्माण सुरु गरिएको थियो ।   आर्थिक अवस्था कमजोर भएका तथा...

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जम्ला,  जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित भएका छन् ।‘मेल फर स्माइल’ र प्रोजेक्ट रङ्गीचङ्गीको आर्थिक सहयोग तथा तिला गाउँपालिका–६ को समन्वयमा आइतबार भएको निःशुल्क स्वास्थ्य शिविरमा १६२ पुरुष र १४३ महिलाले सेवा लिएका वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९