कर्मचारी झैँ सेवा प्रवाहमा समर्पित टिकापुर एकका वडा अध्यक्ष मोहन बिक

कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीको चाप बढ्न थाल्छ। कोही नागरिकताको सिफारिस लिन हतारिएका देखिन्छन् त कोही व्यक्तिगत घटना दर्ताका लागि फाइल बोकेर पालो पर्खिरहेका देखिन्छन् । यही भिडभाडका बिच एउटा कुर्सीमा एक व्यक्ति निकै व्यस्त देखिन्छन्, जो कहिले कम्प्युटरमा डाटा इन्ट्री गर्दै छन् ।

उनी कहिले कागजात रुजु गर्छन् कहिले किबोर्डमा औँला चलाउँदै नागरिकताको विवरण सच्याउँछन्। ​हेर्दा उनी कुनै तालिमप्राप्त कर्मचारी जस्तै लाग्छन् तर उनी त्यहाँका कर्मचारी होइनन् । उनी त ४६ हजार जनताले विश्वास गरेर जिताएका वडा अध्यक्ष मोहन बिक हुन्।

​सामान्यतया, हाम्रा समाजमा वडा अध्यक्ष भन्ने बित्तिकै एउटा छुट्टै रवाफ, कार्यक्रमको उद्घाटन, चिया चौताराको गफ र आसेपासेको घेरामा रहने प्रतिनिधिको चित्र आँखामा आउँछ। तर मोहन बिक यो स्थापित भाष्यलाई चुनौती दिइरहेका छन्। उनी १० बजे कार्यालय पुग्छन् र ४ बजेसम्म कर्मचारीकै शैलीमा जनताको सेवामा तल्लीन हुन्छन्।

​”मलाई जनताले काम गर्न पठाएका हुन्, राजनीति गर्न मात्र होइन । जनताको सेवा मेरो पहिलो कर्तव्य हो। त्यसैले आफैँ कर्मचारी झैँ खट्छु।” कम्प्युटरको किबोर्डमा औँला चलाउँदै उनले भने ।” सेवा प्रवाहमा उनको व्यस्तता देख्दा यसो लाग्थ्यो कि उनलाई पानी पिउने समेत फुर्सद छैन ।

​टीकापुर नगरपालिकाको कुल जनसङ्ख्याको करिब आधा हिस्सा (४६ हजार) यही वडा नम्बर १ मा मात्रै छ। दैनिक औसत ३ सय सेवाग्राही सेवा लिन वडा कार्यालय आउँछन्। यति ठुलो जनसङ्ख्याको सेवा प्रवाहमा कर्मचारी मात्र खट्दा ढिलासुस्ती हुने निश्चित छ। त्यही ढिलासुस्तीलाई चिर्न अध्यक्ष बिक आफैँ सहयोगी बनिदिन्छन्।

​सिफारिस तयार पार्ने, कम्प्युटरमा तथ्याङ्क प्रविष्ट गर्ने र नागरिकताको अनलाइन इन्ट्री गर्ने जस्ता प्राविधिक काममा पनि उनी उत्तिकै पोख्त छन्। “मेरो पहिलो प्राथमिकता हस्ताक्षर हो। म कार्यालयमै बस्ने हुनाले सेवाग्राहीले वडा अध्यक्ष खोज्दै भौँतारिनु पर्दैन । अत्यावश्यक बाहेक म कार्यालय छोड्दिनँ।” उनले थपे ।

​सिफारिस बनाउन वडा कार्यालय पुगेका एक सेवाग्राहीलाई सचिवले कामको चाप देखाउँदै केही समय पालो कुर्न आग्रह गरे। तर, ती सेवाग्राहीको हतारोलाई बुझेर होला अध्यक्ष बिकले उनलाई आफैँकहाँ बोलाए र आफ्नै हातले कम्प्युटरमा सिफारिस तयार पारिदिए। हामी सँगको संवादमा ​ती सेवाग्राही भने “वडा अध्यक्षको शालीनता र व्यवहार देखेर म त अचम्मै परेँ। यस्तो जनप्रतिनिधि भए जनताले कहिल्यै दुःख पाउँदैनन्।”  वडा अध्यक्ष बिकको शिष्टता र असल व्यवहारले अहिले वडा मात्र होइन, सिङ्गो नगरपालिका नै उनको चर्चा हुने गरेको छ।

​चिया पसलमा बसेर राजनीति छाँट्ने, कार्यकर्ता व्यवस्थापनमा बढी ध्यान दिने र अवसरको खोजीमा दौडिने जनप्रतिनिधिहरूको भिडमा मोहन बिक एउटा अपवाद बनेर उभिएका छन्। उनले देखाएको यो बाटोले पद केवल शासन गर्नका लागि मात्र नभई कार्यालयको सहज सेवा प्रवाहका लागि हो भन्ने महत्त्वपूर्ण सन्देश दिएको छ ।

​अध्यक्ष बिकले कम्प्युटरको स्क्रिन देखाउँदै भने,… “हामीले इन्ट्री गरेको डकुमेन्टमा आधारमा प्रशासनले अनलाइनबाट हेरेर नागरिकता प्रिन्ट गर्छ। केही कागजात फरक परे म आफैँ पनि यहीँबाट सच्याउँछु।” उनको यो सक्रियताले टीकापुर १ का जनतालाई मात्र होइन, सुशासन खोजिरहेका हरेक नागरिकलाई आशाको किरण जगाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुढाको छपाबाघ शान्ति टोलमा देहव्यापारको अड्डा: बालिका समेत दलदलमा, प्रशासन मौन

कैलाली । कैलालीको मुढास्थित छपाबाघ शान्ति टोलमा कानुनले पूर्णतः बन्देज गरेको देहव्यापारको धन्दा अहिले निर्बाध रूपमा चलिरहेको छ। बादी समुदायको बाक्लो बस्ती रहेको यस शान्ति टोलमा विगत एक दशकदेखि चलिरहेको यो अवैध कार्य पछिल्लो समय होटेल तथा खाजा घरहरूको सुरक्षा कबजभित्र झन् मौलाउँदै गएको...

‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’

काठमाडौँ,  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले संविधानमा प्रदत्त मौलिक हकको कार्यान्वयनमार्फत सबैका लागि स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिने बताउनुभएको छ । विश्व स्वास्थ्य दिवस २०८२ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्ला समय देखिएका स्वास्थ्य चुनौती समाधानका लागि सबै क्षेत्र र सरोकारवालाबीच...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा

म्याग्दी,  म्याग्दीको मङ्गला गाउँपालिका–३ बरम्जामा संविधानसभा सदस्य गमबहादुर श्रीसले कृषि उद्यम सञ्चालन गर्नुभएको छ । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’मा भूमिगत, विसं २०६३ को अन्तरिम संसद् र २०६४ देखि २०७० सम्म संविधानसभा सदस्य रहनुभएका श्रीसले राजनीतिज्ञसँगै कृषक र उद्यमलाई निरन्तरता दिनुभएको हो ।     भूमिगत...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

मुढाको छपाबाघ शान्ति टोलमा देहव्यापारको अड्डा: बालिका समेत दलदलमा, प्रशासन मौन

कैलाली । कैलालीको मुढास्थित छपाबाघ शान्ति टोलमा कानुनले पूर्णतः बन्देज गरेको देहव्यापारको धन्दा अहिले निर्बाध रूपमा चलिरहेको छ। बादी समुदायको बाक्लो बस्ती रहेको यस शान्ति टोलमा विगत एक दशकदेखि चलिरहेको यो अवैध कार्य पछिल्लो समय होटेल तथा खाजा घरहरूको सुरक्षा कबजभित्र झन् मौलाउँदै गएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयमा छात्राबास भवन बन्दै

मुस्ताङ, यहाँस्थित बारागुङ मुक्तिक्षेत्र–३ छुसाङस्थित प्रस्तावित जननर्मल माध्यमिक विद्यालयको छात्राबास भवन निर्माणाधीन अवस्थामा छ । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको अनुदान सहयोगमा आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयको छात्राबास भवन निर्माण सुरु गरिएको थियो ।   आर्थिक अवस्था कमजोर भएका तथा...

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जम्ला,  जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित भएका छन् ।‘मेल फर स्माइल’ र प्रोजेक्ट रङ्गीचङ्गीको आर्थिक सहयोग तथा तिला गाउँपालिका–६ को समन्वयमा आइतबार भएको निःशुल्क स्वास्थ्य शिविरमा १६२ पुरुष र १४३ महिलाले सेवा लिएका वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९