कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।
उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।
सदस्यहरूमा रुपादेवी विश्वकर्मा, राधा वि.क., लक्ष्मण रेग्मी मगर, विमलबहादुर कठायत र कालु तिरुवा रहेका छन्।
यसैगरी, लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा नन्दाराम विष्ट चयन भएका छन् भने विद्युत उपसमितिको संयोजकमा यज्ञराज बन्तोला चयन भएका छन्।
निर्वाचन समितिको संयोजकमा लाल सिंह विश्वकर्मा सदस्यहरूमा अर्जुन थापा र कोकिला खत्री रहेका थिए। समितिले १० दिनभित्र सहमति जुटाउने लक्ष्य लिएको भए पनि निरन्तर प्रयासपछि ८ दिनमै सर्वसम्मत सहमति कायम गर्न सफल भएको जनाएको छ।
समिति गठन प्रक्रियालाई सहजीकरण गर्दै सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन समितिप्रति संस्थाले आभार व्यक्त गरेको छ।


























































































































































