प्रवासी भूमिको आँखी झ्यालबाट देशलाई नियाल्दा

हामी प्रवासमा बसेर आफ्नो देशको तुलना आजको अमेरिका, युरोपसँगै गर्ने गर्छौं। जुन बेला ती देशहरूमा औद्योगिक क्रान्ति हुँदै थियो, त्यतिखेरै हाम्रो देशमा नेपाल एकीकरणपछि राजा, रानीहरू जम्मा गर्ने दौडमा अनि रानीहरू आफ्ना सन्तानलाई उत्तराधिकारी बानाउने दौडमा हुँदा राणा शासनसम्म पुगेको कुरालाई बिर्सनु हुँदैन भन्ने लाग्दछ।

– प्रकाश रेग्मी

व्यक्तिगत, पारिवारिक, सामाजिक र देसमा विकसित धकल्ने शक्तिको प्रभावको कारण आफ्नै देश र भेषमा, दुःखसहितको खुसियालीहरूमा रमाइरहेको यस स्तम्भकार दुःखलाई छोडेर सुखसहितको खुसी प्राप्तीको खोजीमा प्रवासी भएको वर्षौं भएछ। ‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने उखान नेपालमा निकै प्रचलनमा छ। प्रवासी भएको बाह्र वर्ष नाघेर पनि आफू जन्मेर हुर्केको देश फर्किन नसक्दा उक्त उखानलाई चुनौती दिँदै आएको र साथीभाइसँगको भेटघाटमा नेपाल फर्कनुपर्छ भन्ने तर आफ्नै ठोस योजना बनाउन नसक्नेको समूहमा म आफैं परेको छु।

 

 

‘पदार्थमा भएको आभ्यन्तरिक गुण अपरिवर्तनीय हुन्छ’ भनेजस्तो हामी नेपालबाट आएका प्रवासी नेपालीहरू आफूलाई सदैव केन्द्रविन्दुमा राखी कुरा गर्ने आफ्नो जन्मभूमिबाट आफूसँगै ल्याएको आन्तरिक गुणमा परिवर्तन गर्न सकेको देखिँदैन। तर, जीवनशैलीमा भने प्रशस्त परिवर्तन देख्न सकिन्छ। नेपाल रहँदा आफू त्यतिधरै असामाजिक व्यक्तित्वमा पर्नबाट आफूलाई जोगाएकोले प्रवासी भएको सुरूका केही वर्षहरूमा यहाँका सामाजिक भेटघाटहरूमा प्रशस्तै पुगेको छु।

 

 

ती सुरूका भेटघाटहरूमा प्रशस्तै अनुभव संकलन गरेको छु। त्यतिखेरका ती भेटघाटबाट पाएको अनुभवलाई सारांशमा भन्दा सम्पन्नता र बौद्धिकताका प्रशस्त छलफल हुने गर्छन् तर हार्दिकतामा भने खडेरी लागेको महसुस गरेको छु। यस्तै एक भेटघटमा मेरा एक साथीले भनेको वाक्य ‘मोज मस्ती नगर्ने र राम रमितामा नरमाउने हो भने अमेरिका किन आउने’ले मेरो मनसपटलमा अविस्मरणीय रुपमा गडेको छ। तर, आजसम्म पनि त्यो वाक्य सही वा गलत मैले छुट्याउन सकेको छैन।  ती दुबै प्रशस्त छलफल हुने विषयमा आफू कमजोर भएका कारण टेक्सास छोडेपछि म असाध्यै कम मात्र सामाजिक भटघाटहरूमा समावेश भएको छु। श्रीमतीको आग्रहमा गएको तीज (२०८० को तीज) को कार्यक्रममा भाग लिन गएको थिएँ, एक मित्रले मेरो सामाजिक चरित्रलई हेरेर एक्ले बाँदरको उपमा दिनुभयो। उक्त उपमा दिएकोमा मेरो कुनै आपत्ति रहेन तर बाँदर शब्दको सट्टा अर्कै शब्द प्रयोग गरेको भए राम्रो हुन्थ्यो भन्ने लाग्यो।

 

 

सम्पन्नता र बौद्धिकताका छलफलहरूमा अधिकांश शब्दहरू, हाल देशका उच्च तहका नेताहरूको आलोचना गर्ने र देशको बेथितिहरूको अतिरञ्जनाका साथ प्रस्तुत गर्ने र आफूलाई केन्द्रबिन्दुमा राख्ने खालका हुन्छन्। यस्ता किसिमका छलफलले हामीसँगै भएका साना नानी-बाबुहरूलाई कस्तो खालको प्रभाव पार्ला र आउँदो पुस्ताले हामी जन्मेर हुर्केको देशप्रतिको सोचाई कस्तो बनाउलान् भन्ने गहिरो चिन्ताले सताउने गरेको छ।

 

 

वास्तवमा म जस्तो समान्य काम गरेर बसेका हामीहरूको आर्थिक अवस्था नेपालमा बसेर सोचेजस्तो हुँदैन। एक वर्ष नपुग्दै पुन: अर्को पटक नेपाल जान सामान्यतया खर्चको हिसाबले सहज कुरा होइन। तर पनि यस पटक पारिवारिक चिन्ताले पैदा गरेको तान्ने शक्तिको विकासको कारण आफ्नो परिवारका सदस्यलाई भेटेर विकसित चिन्तालाई आपसमा बाँडेर चिन्ता कम गर्न मन लाग्यो र श्रीमतीसँग सल्लाह गरी दसैं र तिहारको बीचको लागि आफू एक्लै नेपाल जाने निर्णय गरें।

 

 

किन हो कुन्नी मेरो दिमागमा कहिलेकाहीँ केही समय रिक्सा चालक बनेर रिक्सा चालकहरूको कथा लेखुँ, कहिले कसैले नचिन्ने ठाउँमा गएर केही समय ज्यालादारी खेताला बनेर उनीहरूको कथा लेखुँजस्तो लाग्छ। यस्ता किसिमका कुराहरू मेरो दिमागमा आरहन्छन्। यस पटक पनि मेरो दिमागमा औसत नेपाली बनेर एक महिना नेपालमा बिताउने सोच आयो। जहाजमा यात्रा गर्दा हिसाब गरें, हाल नेपलीको औषत वार्षिक आम्दानी १३०० डलरले दिनको लगभग ५०० रुपैयाँ हुँदो रहेछ। यसले कसरी आफूलाई समायोजन गर्ने भनेर योजना बनाएको थिएँ तर नेपाल यात्राको दौरानमा योजना धरै बनेका तर थोरै मात्र सफल भए। यात्रा गर्दा सार्वजनिक यातायातमा मात्र प्रयोग गर्ने योजनाको चाहनालाई आंशिक भन्दा बढी मात्रामा सफल बनाउन सकेकोमा खुसी छ। यात्रा गर्दा आफ्नो चाहनाभन्दा जम्मा दुई ठाउँमा मात्र सार्वजनिक यातायातका साधन प्रयोग गर्न नसकेर असफल भएँ।

 

 

हामी अलिकति पढेलेखेका र थोरै आम्दानी भएकाहरू आफ्नो लागिभन्दा अरूको लागि धरै बाँच्नु पर्दो रहेछ भन्ने कुरा अनुभव गरेको छु। आफ्नो योजना अनुसा विमानस्थलबाट आफ्नो झोला तानेर रिङ रोड अनि नेपाल यातायात हुँदै कलंकी पुग्न लाग्दा भाइ सन्तोषको फोन आयो ‘म निस्कँदै छु, भिनाजु, म तपाईंलाई लिएर जान्छु।’ आफ्नो चाहना सार्वजनिक यातायात प्रयोग गर्ने भए पनि उनको आग्रहलाई सहर्ष स्वीकार गरें र उनकै निजी कार प्रयोग गरें। अर्को असफलता बानेश्वरबाट विमानस्थलसम्म जाँदा आमाले पठाएको कोसेलीको कारण झोला भारी भएर ट्याक्सीको प्रयोग गर्नु परेको थियो।

 

 

छोराछोरी जति ठूला भए पनि बाबुआमाको मायामा कमी नहुने रहेछ। ७० वसन्त पार गरिसकेका मेरा  बुवा र आमा मलाई लिन भाइलाइ लिएर आउनु भएछ। हाम्रो भेट कुरिन्टारमा भयो। अनि  हामी चार जना भरतपुरतिर लाग्यौं। भाइ सन्तोष पोखरातिर लागे। बहिनी इन्दिरा कहिल्लै पनि दोस्रो भेटमा पर्दैनथी तर यस पटक उनको म प्रतिको कोमल प्रेम उसको नयाँ आगन्तुक ‘नाति’ले खोसिदिएछ।

 

 

प्रवासीको आँखीझ्याल बाट खिचिएका चित्रहरू अक्टोबर १५ देखि नोभेम्बर १७, २०२४ सम्मको अवलोकनबाट देखिएका चित्रहरू चितवन, पोखरा र काठमाडौंका मात्रै हुन्। यी तीन क्षेत्रहरूमा (क्रमस ७ लाख, ५ लाख र ५० लाख) जम्मा ६२ लाख जनसंख्या, देशको कुल जनसंख्याको २० प्रतिशत माथि हुने हुनाले अध्यानहरूमा प्रयोग गरिने नमूना सर्वेक्षणको आकार पुग्छ भन्ने लाग्छ।

 

 

चितवनको बसाइमा एक संयोग भनौं वा भाग्य म पुगेकै दिन घर नजिकैको एक छिमेकी आमाको ८४ पूजा र चितबनबाट फर्कने दिनमा पनि अर्को छिमेकी आमाको ८४ पूजामा उपस्थित हुन पाएँ। दुबै आमाहरूबाट आशीर्वाद लिन पाँउदा निकै खुसी लाग्यो। घर वरपरका छिमेकीहरू चिया पसलमा र चोकमा भेला भएका बेला हुने छलफलका विषयमा पहिले भन्दा अहिले धेरै परिवर्तन भएको मैले पाएँ । मैले छोडेर आउँदा पैसावालाहरू, ठेकेदार, घडेरी किनबेच गराउने समन्वयकर्ता, ट्युसन पठाउने शिक्षक र व्यापारीका कुरा बढी हुन्थ्ये। यस पटक त्यस्तो भन्दा प्राध्यापन पेशा गर्नेहरूमाथि गरिएको अपार सम्मान देखेर म छक्क परें। समाजमा देखिएको यो परिवर्तन मेरा लागि असाध्यै सकारात्मक लाग्यो।

 

 

कृष्णपुरका कटहरचोक र माछापुच्छ्रे चोकहरूमा भने अलि फरक छलफलका विषय थिए। कटहरचोकमा भएको छलफलमा विकसित देशमा भएका कृषि फार्म र नेपालमा भएका विशेष गरी दुग्ध उत्पादन फार्मका आकार र प्रविधिका बारेमा भएका छलफल भएका थिए। उक्त छलफल  मलाई समाजमा आएको  गुणात्मक र सकारात्मक परिवर्तन लाग्यो । माछापुच्छ्रे चोकमा भने अगाडि पत्रिका राखेर त्यसैको आधारमा विमर्ष गरेको, अनि घडेरी किनबेच र ठेकेदारहरूको कामको शैली र उनीहरूको आम्दानीका बारेमा छलफल भएका थिए।

 

 

भौतिक विकासमा चितवन तीव्र गतिमा रहेको देखिन्छ। सडकहरू फराकिला बनाइएका, पिच गरिएका र व्यस्त रहेका देखिन्थे। यसलाई आलोचना त कसैले गर्ने कुरा भएन। तर पनि मेरो दिमागमा यति धरै व्यस्त र फराकिला बाटाहरूमा स-साना नानी-बाबुहरू विद्यालय जादा कसरी बाटो पार गर्लान्? भन्ने प्रश्न खडा भयो त्यसैले, भविष्यमा विद्यालय भर्नाको  ढाँचामा परिवर्तन हुन्छ कि भन्ने लाग्यो। खोलिएका नयाँ बाटोहरूले र जमिनको चक्लाबन्दीमा भएको परिवर्तनले, जग्गाको मूल्यमा भारी वृद्धि गरेको तर उत्पादकत्व भने घटदै गएको हुनुपर्छ। चितवनको माडी क्षेत्रमा भएको नदी नियन्त्रण कार्य व्याख्या गर्न लायक देखिन्छ।

 

 

मामा घरको माया: माया गर्ने मन मुटुले हो भनेजस्तै भयो। चितवनको बसाइमा गीतानगर (मेरो जन्म क्षेत्र) र गुन्जानगर (मेरो मामा घर) मेरा लागि बाल्याकालदेखि भावनासँग जोडिएका क्षेत्र हुन्। चितवन छोडेर जहाँ गए पनि चितवन फर्केपछि ती दुई ठाउँ नपुगी मेरो मन मान्दैन। हामी पाँच जना (बुवा-आमाका खास सन्तान) एकै सवारी साधनमा घुमफिर गर्ने बानीजस्तै परेको छ। यस पटक पनि बुवा, आमा, भाइ र म मामा घर जादा मंगलपुरबाट बहिनीसहित गयौं। बाटोमा भाइले भन्दै थियो – दाइ, मामाहरूसँग तपाईंलाई दिने माया त हरिदाइले कुम्ल्याएर लगिसक्नु भयो होला, तपाईंको लागि माया बचेको छैन होला।’ यस्तै-यस्तै अनौपचारिक र खुल्ला गफ गर्दै मामाघर पुगियो। ८४ वर्षको वरपर पुग्नु भएको मेरा माइला मामा र ७५ वर्षको वरिपरि पुग्नु भएकी माइजुसँग प्रथम चरणको औपचारिक भेट्घटका शुभकामना आदान-प्रदानपछि दोस्रो चरणको अनौपचारिक छलफल गर्दै जाँदा मैले भाइले बाटोमा भनेको मामाको मायाजति हरिदाइले कुम्ल्याएर लगेको कुरा सम्झाएँ। मामाले मेरो कुरा बुझ्नु भएन र माइजुतिर हेर्नु भयो। मामा उमेरको कारण कान कम सुन्नुहुन्छ। माइजुले बोलेको सुन्नु पर्दैन मुख चलाएको भरमा बुझ्नु हुन्छ।

 

 

मैले भनेको कुरा माइजुले सम्झाएपछि मामा जुरुक्क उठेर केही नबोली आफ्नो पूजा कोठामा जानुभयो र आफूले सधैं पाठ गर्ने गीताको किताब ल्याउनु भयो। हामी सबैको अगाडि गीताको किताब पल्ट्याएर मेरो लगभग ९ वा १० कक्षा पढ्दाखेरीको फोटो निकालेर भन्नुभयो – म सधैं यो फोटो हेरेर मेरो दैनिक गीता पाठ सुरू गर्छु अनि पाठ सकपछि पनि यसै फोटोले भोलिको लागि किताबको पन्नामा सिमाना बनाउँछु। हामी सबै जना एक अर्को मुखामुख गर्न थाल्यौ। मेरो आँखबाट सहर्ष आँशुका धारा बग्न थाले। महसुस यस्तो भयो कि वर्षौंदेखि दिमागमा रहेको पिलोका पिप निस्केर गयो र स्वर्गको खुसी प्राप्त भयो। यस्तो देवलोकको सुनौलो स्वर्गको खुसीको भन्डारलाई छोडेर वर्षौंदेखि सुखसहितको खुसीको दौडमा रहेको यस प्रणेताले घरै घरले भरिएको घना जंगलबाहेक अरू केही थप खुसी प्राप्त गर्न नसकेको सत्य हो।

 

 

पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल वरपर चिन्ने डाँडा, फलेपाटन, काजीपोखरी र खसी बजार क्षेत्रमा पहिलाको तुलनामा भिडभाड बढेको, अलि व्यस्त र राम्रोसँग व्यवस्थापन गर्न नसकिएको जस्तो तर सरसफाइ भने कायम रहेको देखिन्थ्यो। अमरसिंह चोक वरपर भिडभाड बढेको र बाटो काट्नको लागि भने समस्या परेको थियो। पृथ्वी चोकमा सडक बत्ती राखिएकाले होला पहिलेजस्तो  भिडभाड थिएन।  सडक बत्तीमा थप राम्रो कुरा रातो बत्ती बलेपछि अब कति सेकेन्डमा हरियो बत्ती बल्छ भन्ने थाहा हुन सक्थ्यो। उच्चतम् प्रविधिको सेवा सुरू हुन थालिसकेको रहेछ। पोखराको चिप्लेढुङ्गा मलाई अति मन पर्ने ठाउँ हो। सिद्धार्थ चोकबाट महेन्द्र पुलसम्म उत्तरपट्टिको पेटीबाट पारिलो घाम ताप्दै पदैल यात्रा गर्न मलाई औधी मन पर्छ। यो स्थान अति व्यस्त ठाउँ हो।

 

 

गैरपाटन सडक,गणेशमान मार्ग, प्रगति मार्ग र नयाँ बजार मार्गको बीचमा पर्ने यो क्षेत्र पोखराकै वित्तीय हब मानिन्छ। पुरातन समयदेखि यस क्षेत्र बजारको मुख्य भागको रुपमा रहिआएको छ। सिद्धार्थ चोकदेखि महेन्द्र पुलसम्म अति व्यस्त देखिन्थ्यो। पोखरा ट्रेड मल क्षेत्र थप व्यस्त देखिन्थ्यो। पोखरा जति व्यस्त देखिए पनि सरसफाइको सन्दर्भमा सदैव अग्रस्थानमा नै छ।

 

 

काठमाडौंमा ढिलोसम्म कायम रहेको लामो मनसुनको कारण भरतपुरदेखि काठमाडौंसम्मको सडक बिग्रेको भए पनि काठमाडौंभित्र पसेपछि सन् १९९६ – १९९८ को अवधिको काठमाडौं र अहिलेको काठमाडौंमा भारी परिवर्तन छ। सडकहरूमा उड्ने धुलो तुलनात्मक रुपमा धेरै नै घटेको छ। टाङ्लाफाँट क्षेत्रमा अत्यधिक निर्माण, नयाँ बजार र बल्खु क्षेत्र पहिलेको जस्तै भिडभाड तर धुलो कम, बानेश्वर क्षेत्रमा बिहानको समय बाटोमा कम भिडभाडजस्तो लाग्यो। ४ बजेतिर टंगालबाट बानेश्वर जाँदा आरआर  क्याम्पसबाट थपिएको भिडले उकुस मुकुस भएर बीचमै बसबाट झरी हिँडेर गएको अनुभवले आफू काठमाडौं बस्दाको सम्झनालाई ताजा गरायो।

 

 

यस लेख तयार पर्ने क्रममा एक मेरा सम्मानित अग्रज, त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापकको एक लेख पढ्ने मौका मिलेको थियो। लेखको  शीर्षक थियो, ‘अध्ययन, लेखन-संस्कृतिको अभाव अधोगतिको संकेत।’ उक्त लेखको सुरुआतको वाक्य थियो, ‘हामीजस्तै पठेलेखेकाले यो देशलाई बिगारेको हौं, त्यसै अब हामीले नै यो देशको सुधार गर्नुपर्छ।’ उक्त लेखको अन्त्यतिर पुग्दा फेरि अर्को वाक्य प्रयोग गर्नु भएको छ, ‘देसमा पढेर विदेश गएर बस्नेहरू यो देशका लागि कलंक हुन्।’ यहाँनेर मलाई आफू किशोर अवस्थामा हुँदा निकै सुनिने गीतको याद आयो। ‘सबै मलाई बेश्या भन्छन् तिमी पनि भन्छौ, तर किन बेश्या भयौ भनी सोध्दैनौं?’ यो मेरो प्रश्न समस्त नेपाली पठे-लेखेका वर्गका लागि प्रवासीको तर्फबाट सोध्न चाहें।

 

 

यसरी नेपाल रहँदाको अवधिमा पहिलाजस्तो साना बच्चाहरू गुच्चा खेलेको, किशोरहरू चोकका पसलहरूमा क्यारम बोर्ड खेल्दै गरेको, बयस्कहरू चोकचोकमा तास खल्दै गरेको कतै पनि देख्न पाइएन। अनि सबैजसो मानिसहरू व्यस्त रहेकोले देशमा गुणात्मक परिवर्तन हुन लागेको प्रतित हुन्थ्यो।  हामी प्रवासमा बसेर आफ्नो देशको तुलना आजको अमेरिका, युरोपसँगै गर्ने गर्छौं। जुन बेला ती देशहरूमा औद्योगिक क्रान्ति हुँदै थियो, त्यतिखेरै हाम्रो देशमा नेपाल एकीकरणपछि राजा, रानीहरू जम्मा गर्ने दौडमा अनि रानीहरू आफ्ना सन्तानलाई उत्तराधिकारी बानाउने दौडमा हुँदा राणा शासनसम्म पुगेको कुरालाई बिर्सनु हुँदैन भन्ने लाग्दछ। यस लेखमार्फत समस्त प्रवासीहरूलाई आफूले छोडेर आउँदाकै अवस्थामा देश छ भनेर अन्धाधुन्दा टिप्पणी गर्नभन्दा वास्तविकतातिर छलफल तथा लेख रचनातिर लागेर कम्तीमा आउँदो पुस्तालाई आफ्नो पुर्खाको देशप्रति मोह जाग्ने वातावरण बनाउन सके मात्रै पनि देशप्रतिको उत्तरदायित्व पूरा हुने थियो।

(हाल अमेरिका)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९