हिमताल फुट्ने उच्च जोखिममा नेपाल

औद्योगिक देशहरूले सिर्जना गरेको समस्याका कारण हामीजस्ता हिमाली गरिब मुलुकका जनताहरू समस्यामा छौं। औद्योगिक राष्ट्रहरूले यसको लागि केही पैसा दिए पनि ती पैसा राजधानी र त्यसको वरिपरि रहेका दिमागहरूको व्यवस्थापनमा नै सकिने गरेको देखिन्छ।

 – प्रकाश रेग्मी

गएको हप्ता (उज्यालो अनलाइन लगायतका डिजिटल सञ्चारमाध्यमहरूले फागुन १७, २०८१ शनिबार) भारतको उत्तराखण्ड राज्यको चमोलीमा भएको हिमताल बिस्फोटको घटना र यसबाट भएको क्षतिको विवरणलाई काठमाडौंबाट प्रकाशित हुने डिजिटल मिडियाहरूले कभर गरेर समाचारहरू दिएका छन्। त्यसैगरी, नेपालको निकै चर्चित पत्रिका कान्तिपुर अनलाइन संस्करणमा पनि विज्ञ विष्णुराज उप्रेतीले सन् २०२५ लाई संयुक्त राष्ट्रसंघले ‘अन्तर्राष्ट्रिय हिम नदी संरक्षण वर्ष’का रूपमा मनाउने निर्णय गरेको छ  र यसै सन्दर्भमा हाम्रा प्रधानमन्त्रीको विशेष पहलमा नेपाल सरकारले पनि २०८२ जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा जलवायु परिवर्तन र हिमाल जोगाउने उद्देश्यका साथ ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको खबरले खुसी तुल्यायो।

 

 

पृथ्वीले वार्षिक रूपमा आफ्नो कक्षमा रहेर सूर्यको परिक्रमा गर्दा लामो समयको अन्तरलमा पृथ्वीको दुबै ध्रुवका सतहहरूको सूर्यतिरको झुकावमा परिवर्तन आइरहन्छ। यस्तो परिवर्तन लामो समयको अन्तरालमा हुन्छ। यस्तै कारणले गर्दा विगत झन्डै ११ हजार वर्षदेखि पृथ्वीको उत्तरी ध्रुवको सतहको झुकाव क्रमश: सूर्यको सम्मुख पर्दै गएकाले तापक्रम बढ्दै गएको मानिन्छ। यस नियमित क्रमलाई थप गति दिन वर्तमानमा विकसित प्रविधिहरूलाई सञ्चालन गर्न आवश्यक अधिक ऊर्जा प्रयोग भएबाट निस्कने कार्बन वायुमन्डलमा मिसिन जाँदा पृथ्वीको सतहको तापक्रममा अतिरिक्त वृद्धि भइरहेको छ। यस प्रकारको तापमान बढ्नेने प्रक्रियालाई थप गति दिन औद्योगिक क्रान्तिपछि तीव्र गतिमा बढेको कार्बनडाइअक्साइड/हरित गृह ग्यासका कारण पृथ्वीको वायुमन्डलको तल्लो तह ट्रोपोस्फियरको तापमान क्रमश: थप गतिमा बढ्दै गएको छ। यसले हाम्रो देश नेपालको उत्तरी भागमा रहेका हिम नदीहरू पग्लनलाई थप ऊर्जा मिलेको र हिम तालहरूको सतह बढ्न गई हिमतालहरू फुट्नलाई सहज बनाइरहेको छ।

 

 

नेपाल पृथ्वीको उत्तरी गोलार्द्धमा रहेको एक हिमाली देश हो। नेपालको कुल भू-भागको १५ प्रतिशत भू-भाग हिमाली प्रदेशमा पर्दछ। यो क्षेत्र नेपाल, भारत र बंगलादेशका लागि ताजा पानी आपूर्ति गर्ने भन्डारको रुपमा पनि मानिन्छ। विगत २५० वर्षदेखि (पश्चिमी देशहरूको औद्योगिक क्रान्ति) पृथ्वीको वायुमण्डलको तल्लो तहमा भएको अतिरिक्त तापमान वृद्धिका कारण नेपालको उत्तरी भागमा रहेका बरफको पत्रहरू पग्लने क्रममा तीव्रता आएको छ। एकातिर यो अतिरिक्त हिउँको पग्लने क्रमले पानीको भन्डारको क्षमतालाई घटाइरहेको छ भने अर्कोतिर छोटो समयमा धेरै पानीको बहाव विद्यमान खोलानालाले बहन गर्नुपर्ने हुँदा नदीको तल्लो तटीय क्षेत्र बाढी प्रकोपको चपेटामा पर्ने गरेको छ।

 

 

विगतका वर्षहरूमा नेपालले पनि थुप्रै हिमताल फुटेर विनाशकारी प्रकोपको सामना गर्नु परेको थियो। विगत ६ महिनाअघि मात्र (१६ अगस्ट २०२४) नेपालको खुम्बु क्षेत्रमा रहेको थेआन्बो हिमताल फुटेर सोलुखुम्बु जिल्लाको नाम्चे क्षेत्रको प्रख्यात गाउँ थामेमा आएको विनाशकारी बाढीले ठूलो नोक्सान पुर्‍याएको थियो। त्यस्तै, इम्जा हिमताल, त्सो रोल्पा हिमताल, होङ्गु हिमताल र तल्लो बरुण बाराम्बार चर्चामा आउने गरेका खतरायुक्त हिमतालभित्र पर्दछन्।

 

 

लेखक यस लेखमार्फत कसरी हिमतालहरू बन्दछन्, कसरी हिममताल गतिशील हुन्छन् र हिमतालको महत्वको बारेमा बिभिन्न अध्ययनहरूबाट पाइएका तथ्यहरूलाई पस्किन चाहन्छ। कुनै एक सानो हिमतालको सानो नमूना अध्ययन गरी अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको पूर्वसन्ध्यामा यस लेखमार्फत् देशको हिमतालहरूको अवस्था देखाउने कोसिस गरिएको छ।

 

 

यस सानो र छोटो अध्ययनको लागि गुगल अर्थ प्रोले ल्यान्डस्याट, नाशा, अमेरिकी नौसेना र कोपर्निकस जस्ता सेटेलाइट प्रयोग गरेर विकास गरेको ऐतिहासिक डिजिटल नक्साहरू प्रयोग गरिएको छ। उक्त्त नक्साहरूलाई विश्लेषण गर्न अमेरिकन वातावरणीय प्रणाली अनुसन्धान संस्थाले विकास गरेको भौगोलिक सूचना प्रणाली (जिआइएस) सफ्टवेयर प्रयोग गरिएको छ।

 

 

यस सानो अध्ययनमा, कर्णाली प्रदेशको डोल्पा जिल्ला अन्तर्गत पर्ने चार पालिकाहरू ( डोल्पो बुद्ध, सेफोक्सुण्डो, केके र ठूली भेरी पालिकाहरू)को संगममा रहेको छलुगल हिमतालको अवस्थाको छोटो विश्लेषण गर्ने प्रयास गरिएको छ।

 

 

मौसम, हावामा हुने पानीको मात्रा, सूर्यको प्रकाशको अवधि, वर्षाजस्ता घटकहरूले हिमरेखाहरू चलायमान बनाउँछन्। यसको अर्थ कहिले तल्लो उचाइसम्म हिउँ जम्छ त कहिले माथिल्लो उचाइमा मात्र हिउँ जम्दछ। यति हुँदाहुँदै पनि सामान्यतया नेपालको हिमरेखा समुद्री सतहबाट ४ हजार ५०० मिटर उचाइदेखि ६ हजार मिटरसम्म उचाइ भएको भू-भागलाई मानिएको छ। हिमरेखा चलायमान हुने हुँदा हिमतालहरूको संख्यामा पनि परिवर्तन हुनु स्वाभाविक हुने नै भयो। त्यसैले, विभिन्न लेखहरूमा हिमतालको संख्यामा पनि समानता पाइँदैन। यस अध्ययनको क्रममा माथि उल्लेख गरिएको डाटा स्रोतको आधारमा नेपालमा साना-ठूला गरी जम्मा २ हजार ५८८ वटा हिमतालहरू देखिएका थिए र यिनले जम्मा ४ हजार ३११ हेक्टर भूमि ओगटेको पाइयो।

 

 

अध्ययनको लागि छनोट गरिएको हिमताल (छलुगल ताल) को भौगोलिक अवस्थिति २९ डिग्री ६ मिनेट ३० सेकेन्ड उत्तरी अक्षांश र ८३ डिग्री ०१ मिनेट ३२ सेकेन्ड पूर्वी देशान्तरमा अवस्थित छ र समुन्द्री सतहबाट ४ हजार ८५० मिटरको उचाइमा रहेको छ। तलको नक्सामा उक्त तालको अवस्थिति र तालमा समय अनुसार भएको परिवर्तन देखाइएको छ। यस तालको वरिपरि रहेका बस्तीहरू पूर्वपट्टी धो, दक्षिणपट्टी रह र रावन, उत्तरपट्टी फोक्सुन्डो बस्ती रहेका छन् भने पश्चिमपट्टी धरै टाढासम्म कुनै बस्ती छैनन्।

 

 

बायाँतर्फको हवाई फोटो/सेटलाइट फोटो सन् २०१६ डिसेम्बर महिनाको हो। उक्त फोटोको अनुसार तालले जम्मा ३५ हजार ५७३ बर्ग मिटर ओगटेको देखिन्छ। त्यसको लगभग ७ वर्षपछि वा सन् २०२३ को अक्टोबरमा तालले ओगटेको क्षेत्रफल बढेर १ लाख २६ हजार ६८४ बर्ग मिटर पुगेको देखिन्छ। यस तालको जलग्रहण क्षेत्रफल भने दुबै समयमा बराबरी वा ८.८० बर्ग किलोमिटर छ। सन् २०१६ मा तालको औसत गहिराई ६.४४ मिटर (सबै भन्दा गहिरो बिन्दुमा ११.३६ मिटर मापन गरिएको) थियो र जम्मा तालमा पानीको मात्रा २ लाख २९ हजार ९० घनमिटर देखिएको थियो।  यसको ७ वर्षपछि अर्थात् सन् २०२३ अक्टोबरमा तालको आकारमा वृद्धि हुँदा औसत गहिराई ६.४४ मिटरबाट बढेर ८.७६ मिटर पुग्यो भने सबैभन्दा गहिरो बिन्दुमा तालको गहिराई १३.४३ मिटर पुगेको देखिन्छ। यसरी सन् २०२३ मा तालमा भएको पानीको मात्रा बढेर ११ लाख ९ हजार ७५१ घन मिटर पुगेको देखिन्छ।

 

 

हिम नदीको लम्बाई तापक्रमले निर्धारण गर्दछ। तापक्रम बढ्दा हिमनदीको लम्बाइ घट्दछ भने चिसो बढ्दा हिमनदी लम्बिन्छ। हिमनदीले आफ्नो मार्गमा रहेका चट्टानहरूलाई आफू (हिउँ)सँगै मिसाएर बगाएको हुन्छ। जब हिमनदी पग्लेर पानीमा रुपान्तरण हुन्छ अनि हिमनदीले आफूसँगै बगाएर ल्याएको ठोस पदार्थहरू (हिमोड) पानीले बगाउँन सक्दैन र आफ्नो मार्गको पिँधमा थुपार्न थाल्छ। यसरी हिमनदीले आफ्नै मार्गमा प्राकृतिक बाँधको निर्माण गर्दछ। जब ती क्षेत्रहरूमा तापक्रम बढ्दै जान्छ, हिमनदी माथितिर सर्दै छोट्टिँदै जान्छन्। त्यसपछि हिमनदीको अन्तिम बिन्दु र पहिले बनेका प्राकृतिक बाँधको बीचमा पानी जम्मा हुन थाल्छ र हिमतालको निर्माण हुन्छ।

 

 

यसरी बनेको तालमा क्रमश: पानीको मात्रा बढ्दै जान्छ। जति-जति हिमनदी छोट्टिँदै वा माथितिर सर्दै जान्छ त्यति-त्यति तालको आकार र तालमा पानीको मात्रा बढ्दै जान्छ र तालको पानीको दबाब उसको सबैतिरको किनारतिर बढ्दै जान्छ। जुन पहिला उक्त क्षेत्रमा हिमनदी हुँदा बनेको प्राक्रितिक बाँध जुन खुकुलोसँग थुप्रिएर रहेका चट्टानहरू (हिमोठ)ले बनेको हुन्छ, त्यो भाग कमजोर हुन्छ। किनकि, त्यो भागमा जम्मा भएका चट्टानहरू असंगठित रूपले रहेका हुन्छन्। त्यही कमजोर भागलाई हिमतालले फुटाउँछ र तल्लो तटीय क्षेत्रमा अप्रत्यासित हिमोडसहितको बाढी आउँछ। यसरी मनसुन सुरू नहुँदै पनि हिमतालको तल्लो तटमा अप्रत्यासित रुपमा हिमोडसहितको बाढी आउँछ र ठूलो नोक्सान पुर्‍याउँछ।

 

 

हिमतालहरू उच्च पहाडी र हिमाली भागका पानीका मुख्य स्रोत हुन्। यसको अतिरिक्त पहाडी भागका भूमिगत पानीको स्रोत पनि हिमतालहरू हुन्। संसारका झन्डै ५० प्रतिशतभन्दा बढी मानिसहरू पिउने पानीको लागि भूमिगत पानीको प्रयोग गर्दछन्। एकातिर यति महत्वपूर्ण पानीको स्रोत हामीलाई जोगाएर राख्नुपर्ने छ भने अर्कोतिर बढ्दै गएको हिमताल फुट्न सक्ने खतराले हिमतालभन्दा तल्लो तटीय क्षेत्रलाई सम्भावित बाढीको खतराबाट बचाउन हिमतालको पानीको सतह घटाउन पर्ने दोहोरो समस्याको चपेटामा हाम्रो अवस्थिति देखिन्छ।

 

 

त्यसैले, औद्योगिक देशहरूले सिर्जना गरेको समस्याका कारण हामीजस्ता हिमाली गरिब मुलुकका जनताहरू समस्यामा छौं। औद्योगिक राष्ट्रहरूले यसको लागि केही पैसा दिए पनि ती पैसा राजधानी र त्यसको वरिपरि रहेका दिमागहरूको व्यवस्थापनमा नै सकिने गरेको देखिन्छ। हालका दिनहरूमा निकै चर्चामा आएको डिप स्टेट (गुप्त सरकार)हरू त्यही नै चाहन्छन्। उनीहरूकै योजनामा ती फन्डहरू परिचालित गरेर देशका केन्द्रमा रहेका दिमागहरूको परिचालन गर्ने र आधुनिक सञ्चारको माध्यमबाट आफ्नो प्रचार-प्रसार गर्ने मुख्य उद्देश्य राखेका हुन्छन्। केही अनुसन्धानका कामबाहेक हामीले धरै आशा राख्यौं भने हामीले निकट भविष्यमा ठूलो नोक्सान व्यहोर्नु पर्ने हुन्छ।(चितवन, हाल अमेरिका)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट

काठमाडौँ, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्ध,...

ज्येष्ठ नागरिकलाई लठ्ठी

तुलसीपुर (दाङ),  तुलसीपुर उपमहानगरपालिका–१५ स्थित डबरी पिपलबोट टोलका ज्येष्ठ नागरिकलाई लठ्ठी र छाता प्रदान गरिएको छ । शनिबार कार्यक्रम गरी ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज होस् भनी लठ्ठी सहयोग गरिएको हो ।त्यसैगरी गर्मी र झरी छल्नका लागि छाता पनि प्रदान गरिएको टोलका अध्यक्ष सचिन...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट

काठमाडौँ, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्ध,...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर, जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

जनकपुरधाम,  जनकपुरधाम उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शुल्क निर्धारणसहित अन्य सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्न लिखित सूचना जारी गरेको छ ।जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाद्वारा आज जारी सूचनामा उपमहानगरभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शैक्षिक तथा प्रशासनिक तथा शैक्षिकसत्र २०८३ का...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९