जलवायु परिवर्तनको समस्या र सामाधनका उपायहरू

हाल विकसित देशहरूले जियोइन्जिनियरिङ जसलाई जलवायु इन्जिनियरिङ पनि भनिन्छ मा ठूलो लगानी गरिरहेका छन्। यसको उद्देश्य मानव सिर्जित जलवायु परिवर्तनको प्रभावलाई कम गर्न पृथ्वीको जलवायु प्रणालीमा ठूलो मात्रामा हस्तक्षेपलाई गर्नु हो।

– प्रकाश रेग्मी

पृष्ठभूमि

जलवायु परिवर्तन वर्तमान समयको एउटा महत्त्वपूर्ण मुद्दा हो। जसमा बढ्दो विश्वव्यापी तापक्रम, बदलिदो वर्षाको ढाँचा र चरम मौसमी घटनाहरूको बढ्दो आवृत्तिहरू समावेश गरिन्छन्। विश्वको तापक्रम उल्लेखनीय रूपमा बढिरहेको छ, जुन मुख्यतया मानवीय गतिविधिहरूको कारणले भएको घटना हो। यो तापक्रम वृद्धिको प्रवृत्ति, जसलाई ग्लोबल वार्मिङ भनिन्छ, जलवायु परिवर्तनको एक प्रमुख घटक हो। जसका कारण वढदो चरम मौसमका आवृत्तिहरू (गर्मीको लहर, खडेरी, डढेलो, बाढी, र आँधीबेहरी ), बढ्दो समुद्रको सतह, पारिस्थितिक प्रणालीमा प्रभाव र  खाद्य सुरक्षाजस्ता समस्याहरू देखिन थालेका छन।

 

 

वर्तमान संसारमा रहेका प्रमुख मुद्दाहरूमा जलवायु परिवर्तन एक प्रमुख मुद्दाको रूपमा रहेको छ। जलवायु परिवर्तनलाई एक नतिजाको रुपमा लिने हो भने पृथ्वीमा हुँदै गरेको तापक्रम वृद्धि यसको कारण मान्न सकिन्छ। पृथ्वीको सतहले प्राप्त गर्ने तापक्रमको मुख्य स्रोत सूर्य नै हो। यसको अलवा पृथ्वीमा प्राप्त हुने ऊर्जाजन्य वस्तुहरूमा रहेको उर्जाजन्य शक्तिलाई मानवीय प्रयोगको लागि ऊर्जामा रुपान्तरण गर्दा यसमा रहेको रसायन तत्वले सिर्जना गरेको ताप शक्ति अर्को ताप शक्तिको स्रोत हो।

 

 

उदहरणको लागि कोइलाबाट शक्ति उत्पादन गर्न कोइलाको टुक्राहरूमा आगो लगाइन्छ, तब कोइलाभित्र रहेको रसाइन (कार्बन र हाइड्रोकार्बन रसायनिक तत्व) जलेर ताप ऊर्जा प्रदान गर्दछ। कोइलाका टुक्राहरूबाट ताप शक्तिमा रुपान्तरण हुने प्रक्रियामा आनुसंगिक उपजको रूपमा कार्बनडाइअक्साइड उत्पादन हुन्छ, जसले वायुमण्डलमा विद्यमान ताप अवशोषित गर्न सक्ने क्षमतालाई बढाउँछ। त्यस्तै, वर्तमानमा अत्याधिक प्रयोग हुने गरेको खनिज तेल (पेट्रोल र डिजेल )को प्रयोगले पनि वायुमण्डलमा ताप अवशोषित गर्न सक्ने क्षमताको वृद्धि गरिरहेको छ।

 

 

पृथ्वीले आफ्नो कक्षमा रहेर सूर्यको परिक्रमा गर्दा हजारौ वर्षको अन्तरालमा कहिले सूर्यको समुख त कहिले सूर्यको बिमुख दिशातिर ढल्कने क्रम निरन्तर भइरहन्छ। विगत झन्डै १२ हजार वर्ष पहिले समाप्त भएको हिम युगपश्चात पृथ्वीको उत्तरी गोलार्द्धको भाग क्रमश: सूर्यको समुख दिशातर्फ बढेरहेको विश्वास गरिन्छ। जसले गर्दा पृथ्वीको उत्तरी गोलार्द्धमा थप तापीय ऊर्जा प्राप्त भइरहेको छ।

 

 

जलवायु परिवर्तन र नेपाल सन्दर्भ

१. अस्थिर भू-बनोट : नेपाल आफ्नो विविध भू-बनोट र सामाजिक जोखिमका कारण जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेको छ। जलवायु परिवर्तनले बाढी, पहिरो, हावाहुरी र हिमतालको विस्फोटजस्ता विद्यमान जोखिमहरूलाई बढाइरहेको छ। यसका साथै माटोको क्षय, आकस्मिक बाढी र खडेरी जस्ता नयाँ मौसमी समस्याहरू बढिरहेका छन्। देशले भारी मनसुन र तीव्र वर्षाजस्ता चरम मौसमी घटनाहरूको बढ्दो जोखिमको सामना पनि गरिरहेको छ।

 

 

२. वर्षाको ढाँचामा परिवर्तन : जलवायु परिवर्तनले वर्षाको समय अवधि, (वर्षाको तीव्रताको गति, सिमसिमे वर्षाको अवधि, मध्यम वर्षा र सघन वर्षाको अवधि) र वर्षाको क्यालेन्डर (पात्रो) मा परिवर्तन गराएको छ। यसै वर्ष  नेपालमा मनसुनको सुरूवात औसत आगमन समयभन्दा १५ दिनअगावै सुरू भएको घटनाले वर्षाको ढाँचामा भएको परिवर्तनलाई अनुमोदन गर्दछ। यस प्रकारको परिवर्तनले नदीको बहाव र भूमिगत पानीको रिचार्जमा उतार-चढाव गर्ने गरेको छ। यस्ता घटनाले सतहमा या त धेरै बढी वा धेरै कम पानी आपूर्ति गर्दछ। यसले गर्दा सिँचाइ, पिउने पानीको आपूर्ति र जलविद्युतको लागि पानी आपूर्तिमा उतार चढावका घटनाहरू हुने गरेका छन्।

 

 

३. हिमनदी तालको विस्फोट : नेपालको उत्तरी भागमा ठोस रूपमा विशाल जल भन्डार रहेको छ। जसले नेपाल, भारत र बंगलादेशमा पानीको आपूर्ति गर्दछ। पृथ्वीको वायुमण्डलमा बढ्दै गरेको तापक्रमले यो विशाल ठोस अवस्थामा रहेको जल भन्डारको पग्लिने दरमा तीब्रता आएको छ। यस क्रमले हिमनदीहरू खुम्चिँदै जाँदा हिउँदको समयमा पानीको उपलब्धतामा कमी आउने गरेको छ। त्यस क्षेत्रमा भएको तापक्रम वृद्धिले हिमनदी ताल फुट्ने र तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढाइरहेको छ। उदाहरणको रूपमा नेपालको सबैभन्दा ठूलो दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा रहेको त्सो रोल्पा हिमताल फुट्ने अवस्थामा रहेको कुरा विभिन्न लेखहरूमा देख्न र पढ्न पाइन्छ। त्यस्तै, १६ अगस्ट २०२४ मा फुटेको थ्यान्बो हिमतालले सोलुखुम्बु जिल्लाको सगरमाथा क्षेत्रमा पर्ने थामे गाउँनै बगाएको थियो।

 

 

४. पानीको अभाव : जलवायु परिवर्तनले विशेष गरी सुख्खा मौसममा पानीको आपूर्ति र मागबीचको खाडल सिर्जना गर्दछ। पानीको मुहानहरू तीब्र गतिमा सुक्दै जाने हुनाले पानीको आपूर्ति कम हुन्छ। सन् २०१८ पूर्व सुख्खा मौसममा हामी नेपालीहरूले काहालीलाग्दो लोडसेडिङको तीतो अनुभव आज पनि ताजै छ।

यिनका अलावा कृषि उत्पादकत्वमा कमी, पशुजन्य उत्पादनमा ह्रास, आर्थिक क्षति, बसाइँसराइँको दरमा तीब्रता, मानसिक तथा भौतिक स्वास्थ्य जोखिजस्ता समस्याहरू देखा परेका छन्। संक्षेपमा भन्नुपर्दा जलवायु परिवर्तनले नेपालको वातावरण, अर्थतन्त्र र समाजमा महत्वपूर्ण चुनौतीहरू खडा गरेको छ। यस जलवायु परिवर्तित अवस्थामा जलवायुसँग अनुकूलन गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्न तत्काल तीन तहमा रहेका सरकारहरूले कदम चाल्न आवश्यक देखिन्छ।

 

 

न्यूनीकरणका उपायहरू

प्रचुर मात्रामा भएको प्रविधिको विकास र त्यसको अत्यधिक प्रयोगको कारण नै आज मानव जाति जलवायु परिवर्तनको चपेटामा परेको हो। सोको समाधान पनि मानव जाति आफैंले भविष्यमा गर्ने अविष्कार र अनुसन्धानले समाधान गर्नुपर्ने हुन्छ। विकसित देशहरूले विकास गरेका प्रविधि र त्यसको अध्यधिक प्रयोगको कारण हुन गएको ग्लोबल वार्मिङको प्रभाव नेपालजस्तो हिमाली देशले भोग्नु परेको छ। यस्तो अवस्थामा नेपाल जस्तो देशले निम्ननुसार काम गर्नुपर्ने देखिन्छ।

 

 

१. वातावरण अधिकारको वकालत : अन्तर्राष्ट्रिय कानुनहरूमा स्वच्छ वातावरण र विकासको अधिकारको सवाललाई मानव अधिकारको विषयका रूपमा स्थापित गरिएको छ । वातावरणीय कानुनहरूमा वातावरणको अधिकारलाई एउटा अधिकारका रूपमा मात्र घोषणा नगरी पीडितहरूलाई क्षतिपूर्तिसहितको न्याय दिने विषय समेत उल्लेख छ । त्यसैले नेपाल सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरमहरूमा हामी आले गर्दै नगरेको गल्तीको सजाय पाउनु हुँदैन। त्यसैले चतुर अन्तर्राष्ट्रिय समुदायले विकास गरेको पर्यावरण वित्तको नामबाट हामीमाथि थप पर्यावरण ऋण नभई क्षतिपूर्तिको रूपमा सहयोग पाउनु पर्ने अधिकार मुखरित गर्नु पर्दछ। यस्ता कामको लागि संघीय सरकार बढी प्रभावकारी हुन सक्दछ।

 

 

 

२. प्राकृतिक समाधान प्रक्रिया : यस प्रक्रिया अन्तर्गत पृथ्वीको वायुमन्डलमा बढ्दै गएको कार्बनडाइअक्साइड अवशोषित गर्ने क्षमता बढाउनाका साथै वायुमण्डल कार्बनडाइअक्साइड उत्सर्जन घटाउनजस्ता कामहरू समावेश हुन्छन्। कार्बनडाइअक्साइड उत्सर्जन घटाउनका लागि हरित ऊर्जा, जुन प्राकृतिक रूपमा पुनःपूर्ति गर्ने स्रोतहरू जस्तै: जसलाई नवीकरणीय ऊर्जा पनि भनिन्छ। सूर्यको प्रकाश, हावा, पानी र पृथ्वीको तापबाट हरित ऊर्जा उत्पादन गर्न सकिन्छ। तिनीहरू सोलर पावर, वायु टर्वाइन पावर, जलविद्युत र गोवर ग्यासजस्ता ऊर्जाका स्रोत हुन्। नेपालको सन्दर्भमा गोवर ग्यास र सोलार पावरजस्ता ऊर्जाका स्रोतहरूको प्रोत्साहन स्थानीय सरकारहरूबाटै गर्न सकिन्छ भने वायु टर्वाइन पावर र जलविद्युत प्रदेश र संघीय सरकारबाट प्रोत्सान गर्न सकिन्छ। रिसर्च गेटको एक अनुसन्धानले देखाए अनुसार नेपालको एक घर जसले खाना पकाउन र तताउनका लागि दाउराको प्रयोग गर्दछ, उसले प्रतिवर्ष ५२०० किलोग्राम कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ भने बिजुली प्रयोग गर्ने घरले जम्मा ३७० किलोग्राम उत्पादन गर्दछ।

 

 

कार्बन डाइअक्साइड अवशोषित गर्ने क्षमता बढाउनका लागि विशेष गरेर हरित क्षेत्रहरूको संरक्षण गर्ने, खाली रहेका जमिनमा वृक्षारोपण गर्ने, घर घरमा एयर प्युरिफायरको प्रयोग गर्नेजस्ता कुराहरू समावेश गर्न सकिन्छ। हालका दिनमा वायुमण्डलमा रहेको कार्बनडाइअक्साइड अवशोषित गर्ने खालका एयर प्युरिफायर पनि बजारमा आएका छन्।

 

 

 

३. जियोइन्जिनियरिङ : हाल विकसित देशहरूले जियोइन्जिनियरिङ जसलाई जलवायु इन्जिनियरिङ पनि भनिन्छ मा ठूलो लगानी गरिरहेका छन्। यसको उद्देश्य मानव सिर्जित जलवायु परिवर्तनको प्रभावलाई कम गर्न पृथ्वीको जलवायु प्रणालीमा ठूलो मात्रामा हस्तक्षेपलाई गर्नु हो। यसले पृथ्वीको सतहमा आइपुग्ने सूर्यको प्रकाशको मात्रा अन्तरिक्षतिरै परावर्तन गरेर र वायुमण्डलबाट कार्बनडाइअक्साइड हटाएर जलवायु परिवर्तनको प्रभावलाई कम गर्नु हो।

 

 

 

वर्तमान समयमा  जियोइन्जिनियरिङ क्षेत्रमा एमसिबी (समुन्द्रको पानी पाइपको माध्यम वाट वायुमण्डलमा पठाएर सेतो बादलको निर्माण गर्ने एक पद्धति) पद्धति निकै चर्चामा छ। यसलाई बादल रोपण पनि भनिन्छ। यसमा समुद्रको पानीबाट समुद्रको सतहमाथि चम्किलो वादलको निर्माण गरिन्छ। उक्त चम्किलो वादलले सूर्यबाट आएका किरणहरूलाई परावर्तन गरेर अन्तरिक्षमा फिर्ता पठाइदिन्छ, फलस्वरुप समुद्रको सतहको तापक्रम बढ्नबाट रोकिन्छ।

 

 

यस्तै, किसिमको कामहरू नेपालको हिमाली क्षेत्रहरूमा रहेका हिमतालहरूमा गरेर हिमाली क्षेत्रमा तापक्रम बढ्ने क्रमलाई कम गर्न सकिन्छ। यस्तो किसिमका नयाँ कामहरू सुरूमा संघीय सरकारले उत्प्रेरित गर्ने र पछि स्थानीय सरकारलाई प्रविधि हस्तान्तरण गर्न सकिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर

काठमाडौँ,  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम...

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गर्नुभएको छ । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो ।   गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको...

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी

महेन्द्रनगर,  एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए ।   “एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

टानका पूर्वअध्यक्ष सिंहको निधन

काठमाडौँ,  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ ।सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका सिंहको आज बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले राससलाई जानकारी...

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइडे«न्ट’ जडान भएपछि…

खलङ्गा (जुम्ला),  चन्दननाथ नगरपालिका–५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा हालै एकाएक आगलागी भयो । दमकल झिर्न नसक्ने साँघुरो चोकमा रहेको सो पसलमा आगलागी हुनासाथ पसलसँगै जोडिएका वरपरका घरका स्थानीयवासी आत्तिए । आगलागी नियन्त्रण बाहिर जाँदै थियो । एकआपसमा जोडिएका अन्य घरहरुमासमेत आगलागीको सम्भावित...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

एनपिएलः आज खेल नहुने

काठमाडौँ,  यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९