ज्योतिषीय नजरमा वर्ष २०८१ राजनीतिक संकट झनै गहिरिने

काठमाडाैं । ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री  हुन्छ । ३६० डिग्री भ्रमण गर्दा सूर्यले १२ राशी सबैको भ्रमण गरेको हुन्छ । सूर्यले १२ राशिको भ्रमण पूरा गरी ०।० अंश हुँदै पुनः मेष अर्थात् वैशाख महिनामा प्रवेश गर्ने पहिलो दिनलाई नयाँ वर्ष भनेर मनाइन्छ ।

नेपालमा प्रत्येक वर्ग र समुदायमा नयाँ वर्ष फरक–फरक समयमा मनाउने परम्परा रहेको  छ। कात्तिकदेखि वैशाख पूर्णिमासम्म विभिन्न समुदायले आआफ्नै परम्परामा नयाँ वर्ष मनाउने गर्छन् । नेवार समुदायहरूले कात्तिक महिनामा पर्ने गोवर्द्धन पूजाका दिन नयाँ वर्ष भव्य रूपमा मनाउँछन् भने अङ्ग्रेजी नयाँ वर्ष पुसको मध्यतिर नेपालसहित अन्य देशहरूमा मनाउने गरिन्छ । यसैगरी गुरुङहरूले पुस १५ गते, थारूले माघ १ गते, तामाङले माघ शुक्ल प्रतिपदामा, शेर्पाले फागुन शुक्ल प्रतिपदामा मनाउने गरेका छन् । विभिन्न समुदायले विभिन्न समयमा मनाउँदै आएको नयाँ वर्ष वैदिक शास्त्रीय नियमअनुसार चैत्र शुक्ल प्रतिपदादेखि नयाँ सम्वत्सर प्रारम्भ हुनेभएकोले यसै दिनदेखि नयाँ वर्ष प्रारम्भ हुने वैदिक तथा पौराणिक मान्यता छ ।

 

‘चैत्रे मासि जगद्ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।’ 

 

माथिको श्लोकलाई अध्ययन गर्दा ब्रह्माजीले सृष्टिको  प्रारम्भ पनि यसैदिनबाट गरेका हुन् भन्ने बुझिन्छ । नेपालमा आधिकारिक रूपमा मान्ने वर्षलाई विक्रम संवत् भन्ने गरिन्छ । विशेष गरी आर्यावर्तका चक्रवर्ती सम्राट् विक्रमादित्यले शकहरूलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा वैशाख १ गतेबाट उनको नाममा नयाँ वर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चिरस्थायी तुल्याउन विक्रम संवत् र शाके संवत् प्रारम्भ भएको ऐतिहासिक मान्यता रहिआएको छ । संवत्सर परिवर्तन हुने दिनको बार र नयाँ वर्ष प्रारम्भ हुने वैशाख १गते  जुन बार पर्छ त्यसैका आधारमा वर्षका राजा र मन्त्री चयन हुने ज्योतिष शास्त्रीय नियम रहिआएकाले यस वर्ष राजा मंगल र मन्त्री शनि रहेका छन् ।

ज्योतिषीय आधारमा नयाँ वर्ष २०८१

रोगवृद्धिः प्रजायेत कालयुक्ते विशेषतः।
राजयुद्धं भवेद घोरं वृष्टिर्घोरा वरानने।।

 

ज्योतिषीय आधारमा नयाँ संवत्सरको फल विचार गर्दा यस वर्ष ‘कालयुक्त’ नामक संवत्सर  ५२अ‍ौ संवत्सरका रुपमा वर्षभरि  रहनेछ । नयाँ सम्वत्सरको फल विचार गर्दा समाजमा भय तथा अराजकता अधिक हुने देखिन्छ भने  आर्थिक संकट झनै गहिरिँदै जाने योग बनेको छ। हरेक क्षेत्रमा हुने मूल्य वृद्धिका कारण आम नागरिकले कठिनाइ वर्षभरि नै झेल्नुपर्ने देखिएको छ । वर्षामा एकरुपता नहुँदा कतै थोरै त कतै भारि वर्षाका कारण नागरिकले सास्ती भोग्नुपर्ने योग रहेको छ । प्रतिपक्षीहरुले शक्ति प्रदर्शन गरिरहनाले जनताका लागि यो बर्ष कष्टकर  रहने संवत्सरको फलमा उल्लेख गरिएको छ ।

 

वर्ष प्रारम्भबाटै दुई गुरु एउटै महिनामा अस्त हुनुलाई पनि राम्रो र शुभ संकेतका रुपमा हेरिएको छैन । रोजगारि र अध्ययनका लागि विदेश जाने क्रम रोकिने छैन । विशेष गरी  आफूअनुकुल नियम बनाउन खोज्दा सरकारले पुस मसान्तसम्म निक्कै  कठिनाइको सामना गर्नुपर्ने देखिएको छ। लामो समयदेखि जोखिममा रहेको सेयर बजारमा असार २० पछि लयमा फर्कने कोशिस गर्ने छ  । शनिबार र मंगलबारबाट महिना प्रारम्भ हुनुलाई राम्रो र फलदायी मान्न नसकिने हुँदा बर्ष २०८१ भर यो अवस्था दोहोरिरहने छ । शनिको उच्च प्रभाव वर्षभरि परिरहनाले देश विकासको चासो विदेश बस्नेहरुले गर्ने सम्भावना रहेकाले नयाँ परिवर्तन हुने सम्भावना देखिन्छ।

 

नयाँ संवत्सर प्रारम्भ हुने दिन जुनबार पर्छ त्यही बारका अधिपति देवता वर्षको राजा र वैशाख सङ्क्रान्तिको दिन जुनबार पर्छ त्यो बारका अधिपति देवता वर्षको मन्त्री हुने शास्त्रीय नियमलाई आधारमान्दा यसवर्षका राजा ९शासनाध्यक्ष० मंगल  ग्रह वर्षभरि नै राजाको भूमिकामा रहनेछन् । वैशाख १ गते शनिबार परेकाले वर्षभरि शनि ग्रह मन्त्री पदमा आसीन हुनेछन् । अतः राजा मंगल  र मन्त्री पदमा शनि ग्रहको वर्षभरि नै आधिपत्य रहनेछ । वर्ष मिश्रित फलदायी रहने संकेत देखिएको छ ।

 

वर्षका राजा मंगल ग्रहको फल

अग्नि-तस्कर-रोगाढयो नृपविग्रहः दायकः।
गतसस्यो बहुव्यालो भौमाब्दो बालहा भृशम्।।

वर्षका राजा मंगल ग्रह वर्षभरि राजाको भुमिकामा शक्तिशाली पदमा रहने छन् । राजा र मन्त्री दुबै एक अर्काकामा बिरोधि ग्रह भएकाले सरकार बनाउने र भत्काउनेमा नै सम्पूर्ण शक्ति लगाइने भएकाले  जनतामा नैराश्यता र आक्रोसको भावना पैदा हुने छ ।अग्निभय,सवारी तथा हवाई दुर्घटनामा वृद्धि हुनुका साथै चोरडाँकाको भय शासकहरुमा विग्रहको मनस्थिति पैदा हुने, रोगव्याधिको उच्च प्रकोपको सामना गर्नु पर्ने वर्ष रहेको छ। कर्मचारीहरुमा निरासापन, पहेँला वस्तुको मुल्य निरन्तर बढ्दै जाने जस्ता प्रभावहरू निरन्तर हुने सम्भावना रहेको छ।

 

वर्षका मन्त्री शनि ग्रहको फल :

रविसुते यदि मन्त्रिणि पार्थिवा विनय संहिता बहुदुःखदाः। न जलदाय जलदाय जनतापदा जनपदेषु सुखं न धनं क्वचित्।।

 

ग्रहहरुका न्यायाधीश शनि मन्त्रीको भूमिकामा रहनाले धर्म मान्नेहरू उल्लेख्य रुपमा वृद्धि हुनेछन् देशैभर पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा जनताहरु लाग्नेछन् । देशमा धार्मिक आन्दोलनको थालनी हुनेछ । खेलकुद तथा मनोरञ्जनका क्षेत्र निकै आलोचनात्मक ढंगबाट अगाडि  बढ्नेछन् । अनैतिक रुपमा लाग्नेहरुलाई बचाउ गर्नेहरुका लागि शनिको नकारात्मक प्रभाव परिरहने छ । आ(आफ्नो अस्तित्त्व जोगाउन दलहरूलाई निकै मेहनत गर्नुपर्ने देखिएको छ । विदेशी चलखेल अधिक मात्रामा बढ्नेछ भने सहयोग सोचेअनुसार नहुने देखिएको छ ।

घान्येशमा चन्द्रमाको अधिकार रहने भएकोले दूध तथा तरल पदार्थमा मूल्य वृद्धि भइरहने छ । त्यस्तै सस्येश पदमा मंगल ग्रहको  प्रभाव वर्षभरि नै पर्नेछ । विशेष गरी लुकाएर राखिएका महत्त्वपूर्ण सुचना,धन र बहुमूल्य सामाग्रीहरूको खोजीमा राज्य आफैँ बलियो रुपमा लागि  पर्नेछ । फलश र दुर्गेशको जिम्मेवारी शुक्र र शनि ग्रहले प्राप्त गरेका छन्, जसका कारण विशेष गरी फलफूलहरूको उत्पादन वृद्धिले गर्दा आम जनता हर्ष, आनन्द र खुसीको जीवनमा रमाउन पाउने सम्भावना छ । देवगुरु बृहस्पतिको रसेश पदमा रहनुलाई शुभ योग मान्न सकिन्छ ।

 

देशका लागि जगल्लग्न कुण्डलीको प्रभाव

जगल्लग्नकुण्डलीमा लग्नेश बृहस्पति ग्रह वैसाख १७ गतेदेखि छैटौं भावमा बस्नुलाई शुभ मानिएको छैन। देशका महत्त्वपूर्ण निर्णयमा निकै कमजोरीको सामना गर्नुपर्ने योग रहेको । दीर्घकालिक फाइदा हुने केही ठुलठुला योजनाहरू प्रारम्भ हुन  निकै कठिनाइ हुनेछ । धार्मिक, सांस्कृतिक र पारम्परिक कर्म र अनुष्ठानमा भने उल्लेखनीय वृद्धि हुनेछ । रेमिटेन्स र वैदेशिक व्यापारिक कारोबार फस्टाउनेछ । वैदेशिक सम्बन्ध सोचेअनुसर नहुने देखिएको छ ।अध्ययनका लागि बाहिर जानेहरुका लागि यो वर्ष सरकार नियम परिवर्तन गर्ने कुरामा प्रयासरत हुनेछ ।

 

चन्द्रमास अनुसार  मंगल ग्रह र शनि ग्रहको युक्तिसंगत योग तथा तथा  सूर्य ग्रहमा ग्रहण योग बन्नु चाहिँ राजनीतिकर्मी र शासकहरूका निम्ति नकारात्मक मानिएको छ । सरकारी र राजनीतिक क्षेत्रबाट भएका निर्णय कार्यान्वयन हुन कठिन हुने र गलत साबित हुने सम्भावना देखिन्छ । दलहरूका बीचमा खिचातानी यथावत् रहनेछ । नेता र प्रशासकले जनतालाई आश लाग्दो योजना, कानुन र व्यवस्था प्रदान गर्न सक्ने छैनन् ।न्यायालयमा शनिको प्रभाव अधिक पर्ने भएकाले सत्तारूढ दलहरुको विपरीत हुने गरी न्यायालयमा काम हुने योग रहेको हुनाले केही सचेत हुन आवश्यक छ ।

 

नेपालको वृश्चिक राशि मान्दा वैशाख १७ गतेबाट शुक्रको घरमा  प्रवेश गर्ने देवगुरु बृहस्पतिको विशेष  प्रभाव पर्ने हुँदा बृहस्पतिको  प्रभावमा पर्ने जुनसुकै वस्तुको पनि मूल्य उच्च हुन सक्ने सम्भावना देखिन्छ । महिनाको प्रारम्भ नै शनि मंगलको युक्ति परेकाले विशेष मेसिनरी सामान चलाउनेहरुले सावधानी अपनाउनु पर्ने छ । त्यस्तै मेसिनरी र यातायातको व्यवसाय कर्ताले सजगता अपनाउन पर्ने हुन्छ भने राज्यले मेसिनरी सामानबाट  असोचनीय घाटा व्यहोर्न सक्ने सम्भावना रहेको छ । समग्रमा ग्रहगत रूपमा बनका योगहरूलाई शास्त्रीय विधि र पद्धतिका आधारमा निराकरण गर्न सक्ने हो भने आगामी वर्ष २०८१ नेपाल राज्य र नेपाली जनतालाई उन्नतिको नयाँ मार्ग पहिल्याउन निकै  मद्दत  गर्ने वर्ष बन्ने छ । सम्पूर्णमा नव वर्ष २०८१को हार्दिक शुभकामना  । ज्योतिष शुरेशचन्द्र रिजाल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

गोरखा,  तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुग्नुभएको छ । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो...

विपद् जोखिम न्यूनीकरण : तीन दिनभित्र स्रोत यकिन गरिने

काठमाडौँ,  प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभा सदस्यहरूले छलफलमा उठाएका विपद्सम्बन्धी विषयहरूको वर्गीकरण गरी तीन दिनभित्र जोखिमका आधारमा प्राथमिकीकरण गर्ने र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने कामहरू असार १५ गतेभित्र सक्ने निर्णय भएको छ ।       प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी निकायका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४८, आलु रातो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ

गण्डकी,  गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरी कास्की कारागार कार्यालयमा बुझाइएको...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर, जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९