नासिँदै गएको जल भण्डार र सगरमाथा संवाद-२०२५

नेपालमा हिमतालहरूको संख्यामा निरन्तर वृद्धि भइरहनु, हिमाली क्षेत्रमा तापक्रम बढ्नुको नतिजा हो। औद्योगिक देशहरूले वायुमन्डलमा थुपारेको हरित गृह ग्यासका कारण हामीले हाम्रो जलको भण्डार गुमाउँदै गएका छौं।

 

–  प्रकाश रेग्मी

खैरा छालाले अंग्रेजी वर्णमालामा लेखिएका तथ्याङ्क र त्यसका नतिजा सजिलै स्वीकार गर्ने तर आफ्नै भाषा र आफ्नै देशका लेखकहरूले लेखेका तथ्याङ्क र त्यसका नतिजाका बारेमा थप प्रमाणको आवश्यकताको माग गर्ने हाम्रा ब्युरोक्रेसीको चरित्रको तीतो अनुभवबाट यो लेखक अज्ञात छैन। यसमा कति कानुनी बाध्याता होलान् त कति समय र खर्च बडाउने अभिप्राय पनि होलान्। तर पनि यस विश्व पानी दिवस-२०२५ जुन प्रत्येक वर्ष मार्च २२ का दिनमा मनाइन्छ, यसको नारा पनि हिमनदी संरक्षण रहेको र नेपालमा हुँदै गरेको सगरमाथा संवाद  २०८२ जेठ २, ३ र ४ को पूर्वसन्ध्यामा छोटो विवेचना गर्ने प्रयास गरें।

 

 

जलवायु परिवर्तनका कारण विश्वको लगभग ७० प्रतिशत ताजा पानी आपूर्ति गर्ने हिमनदी र बरफका पत्रहरू अतिरिक्त गतिमा पग्लिँदै जाँदा, करोडौं मानिसहरूको लागि दीर्घकालीन पानीको स्रोत खतरामा पर्ने देखिन्छ। हिमनदीहरू हराउँदै जाने दरमा वृद्धि भएका कारण संयुक्त राष्ट्र संघको महासभाले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष घोषणा गरेको छ।

 

 

यसै सन्दर्भमा नेपाल सरकारका हालका प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा २०८२ जेठ २, ३ र ४ गते सगरमाथा संवादको कार्यक्रम आयोजना गर्ने घोषणा भएको छ। नेपाल सरकारले झन्डै पाँच करोड खर्चेर यो कार्यक्रम हुँदै छ। यो संवाद आयोजना गर्नुको उद्देश्य नेपाल सरकारले जलवायु परिवर्तनमा पर्वतीय राष्ट्रहरूका बीच जलवायु न्यायका लागि नेतृत्वदायी भूमिका खेल्न प्रयास गर्ने भनिएको छ ।

 

 

नेपाललगायत संसारका पर्वतीय र विकासमा पछाडि परेका देशहरू हालको विकसित जलवायु परिर्तनले निम्त्याएको अनेकौं समस्याको चपेटामा छन्। सूर्बाट आएको सौर्य विकीरणको ४७ प्रतिशत भाग सोझै जमिन र महासागरले अवशोषित गर्छ, सात प्रतिशत विकीरण सोझै अन्तरीक्षमा अर्थात् वायुमण्डल भन्दाबाहिर जान्छ। बचेको ५० प्रतिशत ताप बादल, हावामा रहेको पानी, हावामा रहेका धुलकणहरूसँग मिसिँदै पुन: अन्तरिक्षमा  जान्छ। यसरी जुन अप्रत्यक्ष रुपबाट अन्तरीक्षतिर तापको विकीरण जाने बाटोमा रहेका बादल र हावामा जुन अतिरिक्त धुलकण र कार्बन बढेको छ, त्यसले अतिरिक्त ताप अवशोषित गर्दछ र वायुमण्डलको तापमान बढाउन सहयोग गर्छ। हावा सधैं गतिशील जुने हुनाले कुनै एक स्थानमा भएको अतिरिक्त तापक्रमसहितको हावा सजिलै संसारको कुनै पनि कुनामा पुग्न जान्छ। त्यसैले, हामीले नगरेको गल्ती भएर पनि हामी जलवायु परिवर्तनको प्रभावबाट प्रताडित छौं।

 

 

विश्वव्यापी रूपमा नेपाल जलवायु परिवर्तनको जोखिमको हिसाबले चौथो स्थानमा राखिएको छ। पृथ्वीको सतह तथा वायुमण्डलको तापमानमा आएको वृद्धिको कारण देशको उत्तरमा रहेको हिमालयको हिउँ अतिरिक्त दरमा पग्लदै जाँदा हिमतालहरूको संख्यामा वृद्धि हुनुका साथै हिमतालका आकारमा वृद्धि हुँदै आएको देखिन्छ। यो प्रक्रियाले नेपालका नदीहरूमा बेमौसमी बाढी तथा पहिरो गएका समाचारहरू आउने गर्दछन्। जसले गर्दा हजारौं घरहरू, कृषियोग्य जमिन र सडकहरूको विशाल क्षेत्र जोखिममा परेको देखिन्छ।

 

 

प्रविधिले साँघुरो बनाएको विश्व परिवेशमा आफ्नो देशबाट टाढै रहेर पनि प्राप्त गर्न सकिने सूचनाका आधारमा आफूले जानेका काम गरेर लेखमार्फत् पाठक वर्गमा पुर्‍याउन मन लाग्यो। यस सानो सोधका लागि सेटेलाइटबाट प्राप्त गर्न सकिने नेपालका हिमतालहरूको अवस्थिति, विश्व बैंकको जलवायु परिवर्तन ज्ञान पोर्टल र नेपाल सरकारको जलविज्ञान तथा नाप विज्ञान विभागले सर्वसाधरणका लागि इन्टरनेटमार्फत् उपलब्ध गराएका सूचनाहरूलाई प्रयोग गरेको छु।

 

 

टेबलमा सन् १९०१ देखि सन् २०२०, जम्मा १२० वर्षसम्मको विभिन्न १२ महिनाको औसत तापक्रम देखाइएको छ। उक्त डाटालाई विश्व बैंकको जलवायु परिवर्तन ज्ञान पोर्टलमा विभिन्न ढाँचामा डाउनलोड गर्न सकिने गरी उपलब्ध छन्। टेबलमा देखाए बमोजिम यस अवधिमा प्रत्येक महिनाको औसत तापक्रम बढेको देखिन्छ। पहिलो ३० वर्षको आधार अवधिभन्दा चौथो अन्तिम ३० वर्षे अवधिमा सबै महिनामा औसत तापक्रम बढेको तथ्य टेबलबाट देख्न सकिन्छ।

 

 

टेबलको डाटाबाट विकसित गरिएको चार्टमा हेर्दा गर्मी महिनाका दिनहरूमा भन्दा जाडो महिनाका दिनहरूमा तापमान बढी दरमा बढेको देखिन्छ। सन् १९०० देखि हालसम्म  पृथ्वीको सतहको तापक्रम लगभग १.१ डिग्री सेल्सियसले बढेको अनुमान गरिन्छ। नेपालमा  कुल १२० वर्षको अवधिमा औसत तापमान ०.७२ डीग्री सेल्सियसले बढेको डाटाले देखाउँछ। तर, महिना अनुसार तापक्रम वृद्धि भने फरक-फरक छन्। सबैभन्दा कम तापक्रम बढेको महिना जुन हो।  यस १२० वर्षको अवधिमा जुन महिनामा जम्मा ०.१८ डिग्री  सेल्सियसले तापक्रम बढेको देखिन्छ भने नोभेम्बर महिनामा सबैभन्दा बढी वा १.५५ डीग्री सेल्सियसले तापक्रम बढेको देखिन्छ।

 

 

जाडो महिनाहरू हिमछादित क्षेत्रमा हिउँ जम्माहुने समय हो। यो जम्मा भएका हिउँ विस्तारै तापक्रम बढेसँगै पग्लिएर हिमनदी, हिमताल हुँदै नदीमा रुपन्तरित हुन्छन् र आफ्नो मार्गका क्षेत्रहरूमा सिन्चित गर्दै जीव र वनस्पति जगतलाई अति आवश्यक पर्ने पानीको आपूर्ति गर्छन्। यसरी हिउँ भण्डार हुने समयमा नै तापक्रम बढ्नुले नेपालका उच्च पर्वतीय क्षेत्रहरूमा हिउँ भण्डारको मात्रा घटिरहेको हुनुपर्छ भन्ने आँकलन गर्न सजिलै सकिन्छ। तर, कति मात्रामा घटेको छ भन्ने मापन गर्न भने त्यति सजिलो छैन।

 

 

यसरी औद्योगिक संसारले सिर्जना गरेको समस्याका कारण हामीजस्ता अविकसित देशका जनताहरूले सजाय भोग्नु परिरहेको छ। हामी विवश छौं, हामीले उक्त बढेको तापक्रम रोक्न वा घटाउन खासै उल्लेखनीय क्रियाकलाप गर्न सक्दैनौं। तर, भावी पुस्ताका लागि ‘वातावरण जोगाऊँ’जस्ता नाराका साथ विश्व सनुदायबीच वातावरण अधिकारका मुद्दाहरू प्रखर रुपमा राख्न सक्छौं। यस सन् २०२५ मे महिनामा हुने सगरमथा संवादका अवसरमा वातावरण संरक्षणका लागि अधिकारका रुपमा सहयोगको आह्वान गर्न यस संवाद कार्यक्रमले हामीलाई अवसर मिलाएको छ।

 

 

नेपालमा हिमतालहरूको संख्यामा निरन्तर वृद्धि भइरहनु, हिमाली क्षेत्रमा तापक्रम बढ्नुको नतिजा हो। औद्योगिक देशहरूले वायुमन्डलमा थुपारेको हरित गृह ग्यासका कारण हामीले हाम्रो जलको भण्डार गुमाउँदै गएका छौं। हाम्रो जल भण्डार जोगाउनु हाम्रो आफ्नै जिम्मेवारी हो भने यस गुम्दै गएको जल भण्डार संरक्षणका लागि आवश्यक सहयोग प्राप्त गर्नु हाम्रो अधिकारको रुपमा हेरिनु पर्दछ। अनि अधिकारका रुपमा प्राप्त भएका सहयोगलाई तीन तरिकाले उपयोग गर्नु पर्दछ भन्ने प्रणेताको सुझाव रह्यो।

 

१. निरन्तर अनुगमनः नक्सामा देखाइए अनुसार नेपालको उत्तरी भाग जलश्रोतको भण्डार हो। निरन्तर बढिरहेको तापक्रमको कारण उक्त क्षेत्रको हिउँ अतिरिक्त गतिमा पग्लिरहेको छ। हिमनदीहरू द्रूत दरमा पग्लँदै, हिमताल बन्दै अनि नदी हुँदै छिटो-छिटो गतिमा बगेर पानी खेर गइरहेको छ। त्यसैले, ती हिम क्षेत्र निरन्तर अनुगमनको परिधिमा हुनु आवश्यक छ। निरन्तर अनुगमनले कुन क्षेत्रको तापक्रमको ढाँचामा कसरी परिवर्तन भइरहेको छ भन्ने सूचना प्रदान गर्दछ र भावी प्रभावकारी योजना बनाउन सहयोग मिल्छ। निरन्तर अनुगमनका लागि जलवायु स्टेशनहरू नै मुख्य सूचनाका स्रोत हुन सक्छन्। उल्लेखित नक्सामा ती जलवायु स्टेशनहरू स्थायी जल भन्डारका क्षेत्रहरूभन्दा बाहिरतिर वितरित भएको देखिन्छ। विभिन्न समयमा विभिन्न उद्देश्यका लागि स्थापना भएका ती स्टेशनहरूले हिम क्षेत्रको सूचना दिन नसक्ने हुनाले अब थपिने स्टेशनहरू हिमछादित क्षेत्रतिर आकर्षित गर्नुपर्ने देखिन्छ। २. संरक्षणः लामो समयदेखि निरन्तर बढिरहेको तापक्रमका कारण हिमनदीहरूको लम्बाई छोटिँदै अनि हिमतालहरूको संख्या बढ्दै गइरहेको छ। हिमतालमा पानीको मात्रामा पनि क्रमश: बढ्दै गएको छ र उनीहरू विस्फोट हुने अवस्थामा छन्। ती विस्फोट भए भने एक त जल भण्डारमा रहेको पानीको मात्रा अचानक घट्ने, दोस्रो हिमताल भन्दा तल्लो तटीय क्षेत्रमा ठूलो धनजनको नोक्सान हुने अवस्था छ। त्यसैले, उक्त तालहरूमा आवश्यक बाँध तथा सुरक्षित पानीको निकास मार्ग बनाएर पानीको संरक्षण साथै तालभन्दा तल्लो तटीय क्षेत्रलाई सम्भावित जोखिमबाट संरक्षण गर्नुपर्ने देखिन्छ।३. अनुकूलनः चार्ल्स डार्विन को सिद्धान्त ‘सबैभन्दा सक्षमको अस्तित्व’ बमोजिम परिवर्तित हावापानीसँगै मानिसले आफ्नो जीवनशैलीमा पनि परिवर्तन गरेर जीवनलाई सहजतातिर उन्मुख गराउँदै जानु अति बुद्धिमानी ठहर्छ। त्यसैले, प्रभावित क्षेत्रहरूमा सूचनाका माध्यमबाट प्रविधि हस्तान्तरणका साथै मानिसलाई अति आवश्यक पर्ने खाद्यान्नलगायतका वस्तुहरू उत्पादन र उपभोग ढाँचामा समयानुकूल परिवर्तन गराउने  खालाका प्रयासका कामहरू गर्नुपर्ने देखिन्छ।  

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रानीकुण्डामा मुक्त कमैया परिवारलाई २१ सुरक्षित आवास हस्तान्तरण

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ रानीकुण्डामा मुक्त कमैया परिवारका लागि निर्माण गरिएको २१ वटा सुरक्षित आवास समुदायलाई हस्तान्तरण गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बर्दगोरिया गाउँपालिका र Habitat for Humanity Nepal को सहकार्य तथा राष्ट्रिय...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

काठमाडौँ,   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिनुभयो ।पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठकमा अनिवार्य उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।     यसैबीच, रास्वपा...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी),  जिल्लाको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ ।यहाँको सिगास गाउँपालिका–८ लुपुणबाट बझाङको देउलेखतर्फ जाँदै गरेको सपप्र ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिगास–८ टोलखेतका २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको हो...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

रानीकुण्डामा मुक्त कमैया परिवारलाई २१ सुरक्षित आवास हस्तान्तरण

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ रानीकुण्डामा मुक्त कमैया परिवारका लागि निर्माण गरिएको २१ वटा सुरक्षित आवास समुदायलाई हस्तान्तरण गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बर्दगोरिया गाउँपालिका र Habitat for Humanity Nepal को सहकार्य तथा राष्ट्रिय...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एनटीबिएस इङ्लिस बोर्डिङ स्कुलको वार्षिक परीक्षा नतिजा सार्वजनिक, रिदम पौडेल स्कुल प्रथम

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ स्थित एनटीबिएस इङ्लिस बोर्डिङ स्कुलले वार्षिक परीक्षा नतिजा सार्वजनिक गरेको छ। शिक्षक अभिभावक संघका संयोजक गोपाल पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक अभिभावक गज बहादुर बम रहनु भएको कार्यक्रममा विशिष्ट अतिथिमा जेष्ठ नागरिक...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९