काठमाडौँ, सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ ।राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
त्यस्तै, प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुने कार्यसूची छ । त्यस्तै, प्रधानमन्त्री कार्कीले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव र पारित गरियोस भन्ने छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































