सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा, २३ माघ : तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ ?’ अमिरिका चौधरी केही बोल्न खोज्नुहुन्छ, तर गला भरिएर आउँछ, शब्द निस्कँदैनन् । उहाँको काखमा छोरी छ, आँखामा टिलपिल आँसु र मोबाइलको उज्यालो पर्दामा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर । बाहिर देशभर चुनावी र्याली र माइकिङको चर्को आवाज गुञ्जिरहेको छ, चोकचोकमा नारा लागिरहेका छन् । तर लहान–१५ को यो सानो घरभित्र, त्यही कोलाहलले सन्नाटालाई चिर्नुको साटो उल्टै बिझाउने बनाइदिएको छ । मानौँ, बाहिरको उत्सवले यहाँको शून्यतालाई झनै गिज्याइरहेको छ ।

 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा गाउँबस्ती चलायमान छ । टोलटोलमा भेला छन्, घरघरमा उम्मेदवारका प्रतिबद्धता । तर अमिरिकाका लागि यी दृश्यहरू उत्सव होइनन्, बरु एउटा पीडादायी पुनरावृत्ति हुन् । हुलमुल र नारा देख्नासाथ उहाँका मन त्यही दिनतिर फर्किन्छ, जहाँबाट उहाँको सिउँदोको सिन्दूर र छोरीको भविष्य सधैँका लागि धुमिल भयो ।

 

लहान–१५ सिमलटोलका २७ वर्षीय विजय चौधरी गत भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वरमा ‘जेनजी’ आन्दोलनमा सहभागी हुनुहुन्थ्यो । सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यको माग गर्दै सडकमा उत्रिएका विजयको छातीमा प्रहरीको गोली लाग्यो । आन्दोलनको पहिलो दिन नै प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । साथीहरूले उहाँलाई तत्काल सिभिल अस्पताल पुर्याए, तर त्यतिन्जेल उहाँको प्राण गइसकेको थियो ।

 

घरको कान्छो छोरो, जसको काँधमा आमाबुबाको औषधि र छोरीको भविष्य टिकेको थियो, ऊ कहिल्यै नफर्कने गरी अस्तायो । विजय पाँच वर्षदेखि काठमाडौँमा ‘हाउस वायरिङ’को काम गर्नुहुन्थ्यो । उहाँको कमाइले घर चल्थ्यो । आमाबुबाको औषधि, घरखर्च, छोरीको भविष्य । शान्त स्वभावका विजय कसैसँग झगडा नगर्ने बानी थियो । गाउँमा सबैलाई सम्झाइबुझाइ गर्नुहुन्थ्यो । तर अन्याय र अत्याचारविरुद्ध भने चुप नबस्ने बानी थियो । त्यही विद्रोही चेतले उहाँलाई सडकको आन्दोलनमा पुर्यायो ।

 

विजयको मृत्युको खबर सुन्नासाथ दाइ अजय चौधरी वैदेशिक रोजगारीबाट फर्किनुभयो । तर परिवारले छोराको जिउँदो मुख देख्न पाएन । घटना भएको नौ दिनपछि मात्र सेनाको हेलिकप्टरमार्फत विजयको शव लहान ल्याइयो । घरव्यवहार टार्ने मुख्य सदस्यको शव बुझ्नुको पीडा यो परिवारले अझै भुल्न सकेको छैन । विजयकी आमा जलेश्वरी देवी अचेल टोलाएर बस्नुहुन्छ । मोबाइलमा छोराको फोटो हेरेर चित्त बुझाउने प्रयास गर्नुहुन्छ । काखमा सानी नातिनी लिएर टोलाउनुहुन्छ । कहिलेकाहीँ त्यही नातिनीले मन बहलाउँछिन्– सहिद विजयले छाडेर गएको अन्तिम चिनो ।

 

छोरी दिवान्सीले बाबाको नाम लिएर खोज्दा अमिरिका चौधरीको मन बेस्सरी पोल्छ । अवोध बालिकालाई कसरी सम्झाउने भन्ने शब्द उहाँसँग छैन । त्यही पनि उहाँ भनिदिनुहुन्छ, “बाबा काठमाडौँ जानुभएको छ, छिट्टै आउनुहुन्छ ।” तर त्यो झुटो आश्वासनले उहाँको मन अझ भारी बनाउँछ ।” मम्मीभन्दा बढी बाबासँग लुटपुटिएर बस्ने दिवान्सी अचेल हरेक भीडमा, हरेक आवाजमा बाबालाई खोजिरहेकी हुन्छिन् । चुनावी र्यालीका चर्का नाराले, भीडका दृश्यले विजयकी आमालाई पनि पुरानो पीडा झनै ताजा बनाइदिन्छ । “छोरो बाँचेको भए ऊ पनि अरु जस्तै चुनावमा लाग्थ्यो”, विजयकी आमा जलेश्वरीदेवी भन्नुहुन्छ, “उनीहरूलाई देख्दा छोराको झल्को आउँछ, सम्हाल्न गाह्रो हुन्छ ।”

 

चुनावी अभियान सुरु भएदेखि अमिरिका चौधरीलाई उकुसमुकुस भएको छ । बाहिर राजनीति चलिरहँदा, उहाँ भित्रभित्रै आफ्नो जीवन सम्हाल्न सङ्घर्ष गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “जे माग राखेर सहिद भए, ती माग पूरा होउन् । जसले मेरो श्रीमान्लाई मार्यो, उसलाई कानुनी कारबाही होस् । नेपाली जनताले फेरि दुःख नपाऊन् । फेरि आन्दोलन नहोस् । कोही सहिद बन्न नपरोस् ।” नगरपालिकाले उहाँलाई वडा कार्यालयमा करारको जागिर दिएको छ । त्यसले केही राहत दिएको छ, तर त्यो राहतले विजयको अभाव भरिँदैन । बाहिर चुनावी राजनीति चलिरहेछ, तर यो सहिद परिवार आफ्नै शोकसँग जुधिरहेको छ । सुदीप राउत/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने

श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार शर्मा र केन्द्रलाई प्रदान गरिने...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९