गण्डकी, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पोखरा आउनुभएको छ । सभापति थापालाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायत पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो ।
नेपाली कांग्रेसको विशेष महाधिवशेनबाट पार्टीको सभापतिमा निर्वाचित बनेपछि उहाँ पहिलोपटक पोखरा आउनुभएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गरेका अवस्थामा आउनुभएका सभापति थापाले नेपाली कांग्रेस कास्कीको कार्यालयमा कार्यकर्ता भेटघाट एवम् उहाँको प्रमुख आतिथ्यतामा नेपाली प्रदेश समितिको बैठक बस्ने प्रदेश प्रचार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुुभयो ।
बैठकमा गण्डकी प्रदेशभित्रका पार्टीका तर्फबाट उम्मेदवार एवम् पार्टीका केन्द्रीय सदस्य सहभागी बन्ने उहाँले बताउनुुभयो । बैठकमा सभापति थापाले विशेष सम्बोधनसँगै निर्देशन दिने कार्यक्रमसमेत तय भएको उहाँले बताउनुभयो । निर्वाचनलाई लक्षित गरी राजनीतिक दलका शीर्षनेता पोखरा आउनेक्रम सुरु भएको छ ।राष्ट्रिय समाचार समिति (रासस)





















































































































































