काठमाडौँ, प्रयास मञ्च नेपालले पूर्वधावक हरिबहादुर रोकायालाई आज सम्मान गरेको छ । खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै रोकायालाई सम्मान गरिएको हो ।एभरेष्ट म्यानराथनमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल रोकायाले नेपालको प्रतिनिधित्व दुई ओलम्पिक, एसियाली खेलकुद, चार दक्षिण एसियाली खेलकुदलगायत विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन् । रोकाया जुम्लामा एथलेटिक्स खेलाडी उत्पादनमा पनि सक्रिय छन् ।
सोही अवसरमा दक्षिण एसियाली भेट्रान एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता पुष्पलाल श्रेष्ठ र समाजसेवी बम भण्डारीलाई पनि सम्मान गरिएको थियो ।उनीहरूलाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर, प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्की र गीतकारसमेत रहेका भेट्रान धावक बुद्धवीर लामाले दशरथ रङ्गशालामा आयोजित एक कार्यक्रमबीच सम्मान गर्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)


















































































































































