मतदाता रिझाउँदै मोहन्याली बस्तीमा पुगे काँग्रेस उम्मेदवार स्वाँर

कैलाली । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै मतदाता रिझाउन उम्मेदवारको दौडधुप जारी छ । निर्वाचनको सरगर्मी बढेसँगै राजनीतिक दलका उम्मेदवार मतदातासँग घरदैलो अभियानमा व्यस्त देखिन थालेका हुन् ।

 

मतदातालाई रिझाउन उम्मेदवार ग्रामीण बस्तीका मतदातासम्म पुग्न थालेका छन् । काँग्रेसका उम्मेदवार बिजय बहादुर स्वाँर कैलालीको मोहन्यालका कोसेकाँडा, कोल्तडी हुँदै पालिकाको केन्द्र खिमडी पुगेका हुन् ।

 

२६ वटा वडा रहेको निर्वाचन क्षेत्र नं.–२ मा मोहन्यालका ६ वटा पर्दछन् । यातायातको पहुँच नपुगेका वडामा पैदलयात्रा गरेर जनताको घरदैलोमा पुग्न उम्मेदवारलाई भ्याइनभ्याई छ ।

 

भोट माग्न पुगेका उम्मेदवारहरु प्राय:जसो ठाउँमा आफ्नै प्रचार गर्ने र अर्को उम्मेदवारभन्दा आफूलाई बलियो प्रमाणित गर्ने होड नै चलिरहेको छ ।

 

काँग्रेस उम्मेदवार स्वाँर पहिलोपटक प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बनेका हुन् । उनले मतदातासँग मतदानका लागि अपिल गरे । उनले जनतामाझ नागरिकका आवश्यकता र समस्याको पहिचान गर्दै समाधानका लागि आफूले योजनाबद्ध ढङ्गले काम गर्ने बाचा गरे ।

 

गाउँमा पुगेका उम्मेदवार स्वाँरलाई स्थानीयले आफ्नो गाउँमा स्वागत गरेर समस्या दर्शाएका थिए । जनताका अपेक्षा सुनेपछि उम्मेदवार स्वारले आफूलाई जनताले सुम्पेको अभिभाराअनुसार समस्याको दिगो समाधान हुनेगरी काम गर्ने योजना रहेकोे बताए ।

 

निर्माणाधीन सेती राजमार्गले सो क्षेत्रको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र यातायातको विकास र विस्तारमा कोसेढुङ्गा साबित हुने भएकाले राष्ट्रिय गौरवको आयोजनालाई केन्द्र सरकारको बहुवर्षीय आयोजना अन्तर्गत द्रुत गतिमा कार्य अघि बढाउन आवश्यक रहेकोे औंल्याउदै आफूले पहल गर्ने बताए ।

 

वडाध्यक्ष पिरम बुढा लगायत स्थानीयबासीले जग्गाको नाप नक्सासम्बन्धी कार्य, बिजुली, खानेपानीको समस्या, स्वास्थ्य सेवासँग जनताको पहुँच पुर्याउन आवश्यक रहेकोे बताए । आफू वडाध्यक्ष भइसकेपछि वडा नं.१ का जनताका समस्यासँग आफू नजिक रहेको बताउँदै उनले बाटोघाटो, खानेपानी र शिक्षाको विकासका लागि काम गरिरहेको बताए ।

 

उनले स्थानीय, प्रदेश र संघ सरकारको बजेट, नीति तथा कार्यक्रम मार्फत विकासले तीव्रता पाएको बताए ।

 

उमेदवार र राजनीतिक दलको सौहार्दपूर्ण व्यवहारले आम नागरिक तथा नेता कार्यकर्ताहरुमा सकारात्मक सन्देश प्रवाह गराएको छ । उमेदवारले मतदाता भेटघाट र कार्यकर्ता परिचालन गरेर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने प्रयासमा घरदैलामा व्यस्त छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९