प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

महेन्द्रनगर (डडेल्धुरा),  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा नेपाली कांग्रेस जुटेको छ । विसं २०४८ देखि कांग्रेसले लगातार जित्दै आएको डडेल्धुरामा यस पटकको पूर्वसभापति शेरबहादुर देउवा उम्मेदवार नहुँदा गढ जोगाउन प्रयासमा कांग्रेस जुटेको हो ।

 

विसं २०७९ सम्म सात पटक यहाँबाट निर्वाचित हुँदै मुलुकको कार्यकारी पद प्रधानमन्त्रीदेखि कांग्रेसको सभापति हुनुभएका पूर्वसभापति देउवा आसन्न निर्वाचनको दौडमा नहुँदा निर्वाचनको मैदानमा रहेका प्रतिस्पर्धी आ–आफ्नो पक्षमा नतिजा पार्न सक्रिय भएका छन् ।

 

कांग्रेसका युवानेता नैनसिंह महरले देउवा निर्वाचनमा सहभागी नहुनुका कारण बताउँदै मतदाताको मन जित्ने र जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै आउनुभएको छ । जेनजी आन्दोलनमा देउवा दम्पत्तिमाथिको आक्रमण, त्यसपछि पार्टी सभापति नहुनुलगायत विषयले देउवाको गृहजिल्ला डडेल्धुरामा निर्वाचन आफ्नो पक्षमा पार्न पार्टीलाई चुनौती थपिएको जानकारहरू बताउँछन् ।

 

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सभापतिसमेत भइसकेका हालका उम्मेदवार महरलाई देउवाले लगातार जित्दै आएको डडेल्धुरामा कांग्रेसको विजयी यात्रालाई निरन्तरता दिनुपर्ने चुनौती छ ।

 

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले निर्वतमान सभापति देउवा स्वास्थ्य समस्याका कारण यहाँ आउन नसक्ने अवस्थामा हुनुभएको बताउनुभयो । “उहाँ प्रचारप्रसारका लागि यहाँ नआउने कुरो बजार हल्ला मात्रै हुन्”, उहाँले भन्नुभयो, “उहाँ पार्टीको कार्यक्रममा यहाँ आउनुहुन्छ ।”

 

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चक्र स्नेही पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको छ । विसं २०७४ मा राष्ट्रियसभा सदस्य भइसक्नुभएका स्नेही विद्यार्थी जीवनदेखि एमालेको राजनीतिमा सक्रिय हुनुभएको हो । विसं २०७० को संविधानसभा निर्वाचनका बेला एमालेबाट डा तारा जोशी उम्मेदवार हुनुभएको थियो ।
एमालेका जिल्ला अध्यक्ष गजेन्द्र शाहीले सिङ्गो पार्टीपङ्क्ती चुनावी मैदानमा सक्रिय रहेको बताउनुभयो । “एमालेले राष्ट्र, राष्ट्रियता र विकासको पक्षमा गरेको काम गर्ने पार्टी भएकाले विजयी हुने विश्वास छ”, उहाँले भन्नुभयो ।

 

कूल ९३ हजार ४०३ मतदाता रहेको डडेल्धुरामा १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विसं २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा विजयी हुनुभएका जोशीको अहिले रास्वपाबाट उम्मेदवारी परेको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

 

नेपाली कम्युनिष्ट पार्टीले यहाँ मानसिंह माललाई चुनावी मैदानमा उतारेको छ । “डडेल्धुरामा सम्भावना थुप्रै छन्, जिल्लालाई शिक्षा र स्वास्थ्यको हब बनाउन सकिने सम्भावना छ”, चुनावी घरदैलोमा मालले भन्नुभयो, “मुलुकमा युवाको माग भइरहेको छ । म युवा पनि हुँ, पहिलो पटक जनमतका लागि घरदैलोमा छु । सहयोगको अपेक्षा छ ।”

 

विसं २०७९ मा सातौ पटक विजयी हुँदा यहाँ देउवाले २५ हजार ५३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभएको थियो ।

 

प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कूल ९३ हजार ४०३ मतदाता छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ९१ हजार २०१ मतदाता थिए । अहिले जिल्लामा दुई हजार २०२ जना मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीले बताउनुभयो ।

 

मतदाता वृद्धि भएसँगै मतदान संरचनामा पनि विस्तार गरिएको छ । यसपटक जिल्लामा १०४ मतदानस्थल र १४१ मतदान केन्द्र कायम गरिएका जनाउँदै उहाँले तीमध्ये ३३ मतदानस्थल ‘अतिसंवेदनशील’को सूचीमा राखिएको उल्लेख गर्नुभयो ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार डा ताराप्रसाद जोशी पनि चुनावी मैदानमा सक्रिय हुनुहुन्छ । एमाले, एकीकृत समाजवादी, स्वतन्त्र, उज्यालो नेपाल पार्टी हुँदै अहिले रास्वपामा पुगेका जोशी डडेल्धुरामा तेस्रो पटक घरदैलो अभियानमा जुट्नुभएको हो ।

 

उहाँले सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको बताउनुभयो । “नयाँको भावना र पुरानाको अनुभव आजको आवश्यकता हो”, उहाँले भन्नुभयो, “म त्यो कुरालाई प्रतिनिधित्व गर्छु, राष्ट्र निर्माणका लागि स्पष्ट मार्गचित्र मसँग छ ।”

 

यहाँ, राप्रपाबाट गोविन्द खडायत, आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्र विक, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगर, जय मातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, स्वतन्त्रबाट सुरेन्द्र रावल, तीर्थराज उप्रेती र गौरवबहादुर ऐर उम्मेदवार भएका छन् । करिब ३४ वर्षपछि पहिलो पटक डडेल्धुराका मतदाताले कांग्रेसबाट देउवाबाहेकका उम्मेदवारलाई मतदान गर्नेछन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गौरिगङ्गाका खोलामा चुरे मिच्दै अवैध उत्खनन, जेसीबी समातिए पनि कारबाही शून्य

कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकास्थित विभिन्न खोलाहरूमा चुरे क्षेत्रलाई असर पर्ने गरी अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको पाइएको छ। प्रहरी टोलीले पटक–पटक अवैध उत्खननमा प्रयोग भएका जेसीबी नियन्त्रणमा लिए पनि कारबाही नहुँदा गैरकानुनी उत्खनन झनै बढ्दै गएको छ।   बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीको...

प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट

काठमाडौँ,  प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाली सेनाको वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आउनुभएका प्रतिनिधिमण्डलले भेट गरेका छन् ।   सो समारोहमा सहभागी हुन आउनुभएका भारतको राष्ट्रिय क्याडेड कोरका महानिर्देशक वीरेन्द्र भाट, पाकिस्तानको मानव स्रोतका महानिर्देशक महम्मद शाहिद अब्रो, भुटानको विद्यालय...

नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

दार्चुला,  सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले खाद्यान्न ढुवानी सुरु गरेको छ । स्थानीयले आफ्ना माग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने भनेपछि सरकारले यो क्षेत्रमा खाद्यान्न पठाउन थालेको हो ।   स्थानीयवासीले माघ १ र १७ गते बसेको भेलाबाट खाद्यान्न, सडक, विद्यालय, झोलुङ्गे...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

गौरिगङ्गाका खोलामा चुरे मिच्दै अवैध उत्खनन, जेसीबी समातिए पनि कारबाही शून्य

कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकास्थित विभिन्न खोलाहरूमा चुरे क्षेत्रलाई असर पर्ने गरी अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको पाइएको छ। प्रहरी टोलीले पटक–पटक अवैध उत्खननमा प्रयोग भएका जेसीबी नियन्त्रणमा लिए पनि कारबाही नहुँदा गैरकानुनी उत्खनन झनै बढ्दै गएको छ।   बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीको...

कुखुरामा इकोलाईको समस्या

चितवन, जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ । राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा धेरै इकोलाईको समस्या देखिएको हो । कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार परीक्षण गरिएका कुखुरामध्ये ६२ प्रतिशतमा यो रोगको समस्या...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

झुठो बाचा गर्दिनँ, इमानदार भइ सेवा गर्छु : काँग्रेस उम्मेदवार स्वाँर  

कैलाली । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा उम्मेदवार बनेका बिजय बहादुर स्वाँरले चुनावी अभियानमा गरिएका बाचा पूरा गरी सार्वजनिक बताएका छन् । जनतामाझ आफूले बोलेका बाचा अनुसार हरेक वर्ष के कति काम भए वा भएनन् त्यसको सार्वजनिक गर्ने उनले भनाइ छ । एक सञ्चारमाध्यममा अन्तर्वार्ता...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जगदम्बिकेले मनायो ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव

कैलाली । कैलालीको बर्दगोरिया-३ स्थित जगदम्बिके भगवती मावि रानीकुण्डाले आफ्नो स्थापनाको ४४ औं अभिभावक दिवस तथा दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।   सो अवसरमा गाउँपालिका अध्यक्ष कुँवरले विद्यालय शैक्षिक विकासका लागि गाउँपालिकाले बजेट...

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन,  रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या बढी देखिने गरेको पाइएको छ । एचआइभी सङ्क्रमितहरूको उपचार गर्दै आएको भरतपुर अस्पताल र नारायणी अस्पताल वीरगञ्जको एआरटी सेन्टरले गरेको अध्ययनमा यस्तो भेटिएको हो ।     दुई अस्पतालमा एक हजार ६३७ जनाको परीक्षणका क्रममा १०२ जनामा...

तेस्रो मेयरकप भलिबलको उपाधि आमचोकले उचाल्यो

टक्सार (भोजपुर), भोजपुर नगरपालिकामा भएको तेस्रो मेयरकप भलिबल प्रतियोगिताको उपाधि जिल्लाको आमचोक गाउँपालिकाले उचालेको छ । नगरको वडा नं ४ सिद्धेश्वर दावास्थित कृष्णलक्ष्मी स्पोट्र्स कम्प्लेक्स परिसरमा आज रामप्रसाद राई गाउँपालिकासँग भएको फाइनल खेलमा आमचोकले उपाधि जितेको हो । आमचोकले तीनवटै सेट २५–२२, २५–२३ र...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९