राससको ऐतिहासिक यात्राः कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म

काठमाडौँ, नेपालबाटै पहिलोपटक प्रकाशन भएको नेपाली भाषाको साहित्यिक पत्रिका सुधासागरलाई आधार मान्दा नेपाली पत्रकारिताको इतिहासले १२७ वर्ष पूरा गरेको छ । यो मासिक पत्रिकाको प्रकाशन विसं १९५५ साउनमा भएको थियो । त्यसको तीन वर्षपछि अर्थात् विसं १९५८ को वैशाख २४ गते साप्ताहिक पत्रिकाका रुपमा गोरखापत्र प्रकाशन भएपछि नेपालमा अखबारी पत्रकारिताको सुरुआत भएको मान्न सकिन्छ । यस हिसाबले हेर्दा हाम्रो देशमा पत्रकारिताको इतिहासलाई पुरानो एवं सम्पन्न नै मान्नुपर्छ ।

 

नेपालमा विसं २००७ फागुन ७ गते प्रजातन्त्रको स्थापनापछि मात्र नेपाली प्रेसले नागरिकको विचार तथा अभिव्यक्ति एवं प्रेस स्वतन्त्राको उपयोग तथा उपभोग गर्ने अवसर प्राप्त गरेको हो । जसका बाबजुत राणा शासनको १०४ वर्षको अवधि गोरखापत्रसहित जम्मा १३ वटा मात्र पत्रिका प्रकाशनमा सीमित रहेकामा २००७ देखि २०१७ सालको प्रजातन्त्रको दशकमा ३०० को हाराहारीमा पत्रपत्रिका प्रकाशित भएका थिए । यो उत्साहपूर्ण अवस्थालाई मध्यनजर गरी सरकारले पत्रिका प्रकाशनको कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउने सोच बनायो र विसं २०१४ माघ २९ गते तत्कालीन विशेष न्यायाधीश कृष्णप्रसाद चापागाईंको अध्यक्षतामा प्रेस कमिसन गठन ग¥यो ।

 

राज्यस्तरबाट मुलुकको प्रेस जगत्को अस्तित्व या आवश्यकता स्वीकारिएको सायद यो नै पहिलो घटना हुनसक्छ । तत्कालीन शाही प्रेस सेक्रेटरी, सञ्चार मन्त्रालयका प्रतिनिधि, वरिष्ठ पत्रकारहरू र सञ्चार क्षेत्रका विज्ञसमेत सम्मिलित सात सदस्यीय सो कमिसनले नेपाल सरकारलाई २०१५ साल जेठमा प्रतिवेदन बुझायो । नेपाली पत्रकारिताको इतिहासमा प्रेस कमिसन प्रतिवेदन २०१५ का नाममा परिचित यस प्रतिवेदनले त्यो अवधिका करिब ३०० को हाराहारीमा प्रकाशन भइरहेका पत्रपत्रिकाको व्यवस्थापन प्रवद्र्धन र संरक्षणका लागि विभिन्न बुँदामा सुझाउ प्रस्तुत गरेको छ । सो प्रतिवेदनले नेपालमा समाचार समितिको स्थापना गर्नुपर्ने सुझाव पनि दिएको थियो । यही प्रतिवेदनले नै पहिलोपटक नेपालमा समाचार समिति स्थापना हुनुपर्ने सुझाएको थियो ।

 

सम्भवतः यही सरकारी कमिसनको सुझावका आधारमा हुनुपर्दछ देशमा समाचार समितिको जन्म भयो । सरकारी समितिले दिएको सुझाव भए पनि मुलुकको पहिलो समाचार समिति भने निजी क्षेत्रको प्रयासबाट आएको छ । मुलुकमा पहिलोपटक समाचार समितिलाई जन्म दिने श्रेय त्यो समयका युवा पत्रकार गोपालदास श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धरलाई जान्छ । उहाँहरुले विसं २०१६ पुस १ गते नेपाल संवाद समिति, नेससको स्थापना गर्नुभयो । त्यतिबेलासम्म नेपालमा रेडियोको पनि जन्म भइसकेको थियो । प्रजातन्त्र रेडियो (वर्तमान रेडियो नेपाल) नै विसं २००७ बाट प्रसारण सुरु भएको हो । यसरी पत्रिकापछि रेडियो हुँदै नेपाल समाचार समिति युगमा समेत प्रवेश गरेको थियो । यसको करिब साढे चार महिनापछि पत्रकारहरू मणिन्द्रराज श्रेष्ठ, पशुपतिदेव पाण्डे र शङ्करनाथ शर्माले २०१७ साल वैशाख ३० गते सगरमाथा संवाद समिति, सससको स्थापना गर्नुभयो । यो नेपालको दोस्रो समाचार समिति भयो ।

 

उता राजा महेन्द्रले २०१७ साल पुस १ गते देशको दुई तिहाइ बहुमतको कांग्रेस सरकारलाई अपदस्थ गरी पञ्चायती व्यवस्थाको सुरुआत गरे । प्रजातन्त्रको त्यो दशकमा नेपालको इतिहासमा पहिलोपटक प्रेस स्वतन्त्रताको भरपूर अभ्यास गरिरहेको नेपाली प्रेस अब सरकारी ‘सेन्सरसिप’को फेला पर्ने निश्चितजस्तै भयो ।
राजाको त्यो कदमले बहुदलीय व्यवस्थामाथि प्रतिबन्ध लगाएसँगै अब देशमा प्रेस स्वतन्त्रताका कदमलाई पनि थप कडा पार्न थालियो । सरकार र विशेषगरी पञ्चायती व्यवस्थाको विरोध गरेर लेख्न नपाइने, बहुदलवादी राजनीतिक दलहरुका क्रियाकलापहरुले पत्रपत्रिकामा स्थान नपाउने भएपछि अब पत्रपत्रिका प्रकाशनको दायरा खुम्चिने अवस्थातिर पुग्यो । यदि पत्रपत्रिका नै प्रकाशनमा आएनन् भने त समाचार समितिको अवस्था पनि कमजोर हुने नै भयो । सगरमाथा संवाद समितिका संस्थापक मणिन्द्रराज श्रेष्ठले केही समयअघि समाचार समिति स्थापना गरिहाले पनि सञ्चालन गर्न निकै कठिन भएको अनुभव सुनाउनुभएको थियो ।

 

उहाँले निकै थोरै पैसा लिएर स्वदेशी दैनिक पत्रपत्रिकालाई समाचार बिक्री वितरण गरी आएको र दुईवटा समाचार समितिको सञ्चालन आर्थिक अवस्थाका कारण पनि कठिन हुँदै गएको अनुभव सुनाउनुभएको थियो । त्यसैमा पनि अब पत्रिका बन्द हुने अवस्था देखेपछि ती समाचार समिति एक प्रकारले भन्ने हो भने बन्द हुने अवस्थामै पुगका थिए ।

 

त्यसै समयमा राजा महेन्द्र स्वयं नै सरकारले नै गोरखापत्र र रेडियो नेपालजस्तो गरी संवाद समिति सञ्चालन गनुपर्ने योजनामा रहेका थिए । यसअनुरूप यी दुवैलाई गाभेर २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति, राससको स्थापना गरी सञ्चालन सुरु गरेको देखिन्छ । यसरी राससको स्थापना गर्दा नेपाल सरकारका तर्फबाट सरकारका तत्कालीन सचिव रामराज पौड्याल, नेपाल संवाद समितिका तर्फबाट गोविन्द वियोगी र सगरमाथा संवाद समितिका तर्फबाट मणिन्द्रराज श्रेष्ठ संस्थापकका रूपमा छानिनुभएको थियो । उहाँहरू नै राससका संस्थापक हुनुहुन्छ । दुई समाचार समिति गाभ्नुपर्नाको कारण आर्थिक नै भएको संस्थापकहरुले समय समयमा विभिन्न माध्यमबाट व्यक्त गर्नुभएका अनुभवबाट पनि थाहा हुन्छ ।

 

त्यही राससले देशको प्रमुख समाचार समितिका रूपमा आफ्नोे ६५ वर्षे ऐतिहासिक यात्रा पार गरेको छ । आज राससको ६५ औँ वार्षिकोत्सव हो । यसको स्थापनाको समयका तुलनामा आज समय र प्रविधिमा आकास पातालको परिवर्तन आइसकेको छ । उ बेला समाचार बुलेटिन छापेर वितरण गर्दै आएको राससको सेवा अहिले भने संसारका कुनै पनि कुनाबाट ‘लग–इन’ गरेर प्राप्त गर्न सकिन्छ । उ बेला लिथोग्राफी र कागजी बुलेटिनमा छापिएको रासस अहिले कागजविहीन अर्थात् ‘पेपरलेस’ स्वरुपमा सेवा प्रदान गर्नसक्ने हैसियतमा पुगेको छ ।

 

बितेको छ दशकमा राससले जसरी सेवा ग¥यो त्यसको तुलनामा यतिखेर देशमा राजनीतिक रुपमा पनि धेरै परिवर्तन भइसकेको छ । अहिले राससलाई राजदरबारको प्रवक्ता एवं मुख्य प्रचारकको रुपमा काम गनुपर्ने बध्यता छैन । नत पञ्चायती व्यवस्थाजस्तै कुनै व्यवस्थाको पक्षपोषण गर्नुपर्ने दबाब नै छ । उ बेला र पछिल्लो समयका अनेक कालखण्डका तुलनामा राससलाई अहिले समाचार उत्पादन र वितरणमा स्वतन्त्रता छ ।

 

त्यसबेला देशमा करिब साढे दुई सयको हाराहारीमा रहेका पत्रिकालाई सेवा दिने प्रयोजनार्थ सम्पादकहरूले समाचार समितिको आवश्यकता ठानेका थिए भने आज राससका अगाडि हजारौँ आमसञ्चारमाध्यम छन् । फेरि ती माध्यमभन्दा पनि बलिया सामाजिक सञ्जालहरू छन् । यी सञ्जालले ती मिडियाले भन्दा बढी सूचना बोकेका र प्रसार गरेका छन् । त्यस्तै सञ्चारमाध्यमको विविधता पनि दिनप्रतिदिन अचम्मको बन्दै गएको छ ।

 

जस्तो कि त्यसबेला समाचार समितिहरूले सुरुमा हातले लेखेको र पछि लिथोमा तयार पारिएका समाचार बुलेटिनहरू वितरण गर्ने गर्दथ्यो भने अहिले एउटै क्लिकमा देशभित्र मात्र नभएर जुनसुकै कुनाका लागि पनि सेवा उपलब्ध छ । अनि त्यसबेला सुरुमा पत्रिका र रेडियो मात्र रहेकामा पछि टेलिभिजन पनि समाचार समितिका सेवाग्राहीको सूचीमा परेको थियो भने अहिले अनलाइन न्युज पोर्टलहरू मुख्य सञ्चारमाध्यमका रूपमा उदाएका छन् । यसरी सञ्चारका माध्यमको प्रकृति फेरिएको छ र प्रविधिले समाचार सम्प्रेषणका तौरतरिकालाई पनि पूर्णतः बदलिदिएको छ ।

 

प्रेस काउन्सिल नेपालको वार्षिक प्रतिवेदन, २०८०÷८१) का अनुसार नेपालमा दैनिक पत्रपत्रिका ७४०, अर्धसाप्ताहिक ३१, साप्ताहिक दुई हजार ९०५, पाक्षिक ४०१, मासिक ६१२, द्वैमासिक ६१, त्रैमासिक १११, अन्य ३८ गरी चार हजार ८९९ वटाको सङ्ख्यामा प्रकाशन दर्ता रहेको अभिलेख छ । यसैगरी पाँच हजार वटाको हाराहारीमा अनलाइन न्युज पोर्टल दर्ता भएका छन् भने एक हजारभन्दा बढी तथा २४६ टेलिभिजन सञ्चालनका लागि इजाजत लिएको देखिन्छ । पत्रकार महासङ्घको एक तथ्याङ्कअनुसार नेपालमा महासङ्घमा आबद्ध रहेका पत्रकारको सङ्ख्या आठ हजारको हाराहारीमा छ । त्यसो त महासङ्घमा आबद्धता नरहेका अर्थात् सदस्य नरहेका पत्रकारको सङ्ख्या पनि छ । यो तथ्याङ्कबाट नेपालमा आमसञ्चारका माध्यमहरुको स्थापना र सञ्चालनको दायरा विस्तारित हुँदै गएको स्पष्ट त देखिन्छ नै, यसका अतिरिक्त पत्रकारहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

 

त्यसैले यो विशाल बजारका अगाडि राससले आफूलाई प्राविधिक र समाचारीय स्वरूपमा आमूल फेरबदल ल्याउनुपर्ने अवस्था छ । देशको समाचार समितिका सामु यी दु्रत मिडियासँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती एकातर्फ छ भने अर्कातर्फ विश्वसनीयताका लागि सन्तुलन कायम गर्नुपर्ने पनि छ । किनभने कहीँ कतै ‘आशङ्का’ लाई स्रोत उद्धृत गरेर आएका समाचारसँगै मानिसहरुले राससको समाचारको खोजी सुरु गरिहाल्छन् । यस्ता आशङ्का या उच्च स्रोतको हवला दिइएका समाचारले एकै घण्टामा मिडिया र सोसियल मिडियाको बजार तताइसकेको हुन्छ, त्यही समाचार सरकारी अधिकारीलाई पुष्टि गरेर एक घण्टामात्र पछि दिँदा पनि हामी ‘पछि परेको’ अर्थ लागिहाल्छ । यी राससका सामु प्रविधिले थपिदिएका चुनौती हुन् । यस्तो अवस्थामा आफू पर्दा पछाडि बसेर, देशका हजारौँ मिडियामार्फत राज्यका सूचनाहरू सम्प्रेषण गरी आमनागरिकलाई सूचना प्रदान गर्नुपर्ने दायित्व रासससमक्ष अहिले पनि उस्तै नै छ ।

 

नेपाली समाचार सेवाबाट सुरु गरेको राससले विसं २०२० देखि नै अङ्ग्रेजी भाषामा पनि समाचार सेवा सुरु गरेको हो । राससले हाल अन्य मातृभाषाहरुमा पनि समाचार सेवा प्रदान गरिरहेको छ । राससको मूल सेवा भने नेपाली र अङ्ग्रेजी भाषामै छ । यसका अतिरिक्त आलेख, अन्तरराष्ट्रिय समाचार, नेपाली तथा अन्तरराष्ट्रिय तस्बिर, श्रव्यदृश्य सेवा राससले उपलब्ध गराउँदै आएको छ । राससले २४ सै घन्टा समाचार सेवा प्रदान गर्दै आएको छ । एकराज पाठक/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सर्लाहीमा तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, दुई घाइते

बरहथवा (सर्लाही),  जिल्लाको ईश्वरपुर नगरपालिकास्थित खिलामा तीनवटा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । दुर्घटना बिहीबार राति भएको हो ।   भारतमा दर्ता भएका मोटरसाइकल एकापसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको मृत्यु...

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दैै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुआत भएको स्मरण गर्दै...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३० पैसा र बिक्रीदर...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

राससको ऐतिहासिक यात्राः कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म

काठमाडौँ, नेपालबाटै पहिलोपटक प्रकाशन भएको नेपाली भाषाको साहित्यिक पत्रिका सुधासागरलाई आधार मान्दा नेपाली पत्रकारिताको इतिहासले १२७ वर्ष पूरा गरेको छ । यो मासिक पत्रिकाको प्रकाशन विसं १९५५ साउनमा भएको थियो । त्यसको तीन वर्षपछि अर्थात् विसं १९५८ को वैशाख २४ गते साप्ताहिक पत्रिकाका रुपमा...

राससको ऐतिहासिक यात्राः कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’युगसम्म

काठमाडौँ, नेपालबाटै पहिलोपटक प्रकाशन भएको नेपाली भाषाको साहित्यिक पत्रिका सुधासागरलाई आधार मान्दा नेपाली पत्रकारिताको इतिहासले १२७ वर्ष पूरा गरेको छ । यो मासिक पत्रिकाको प्रकाशन विसं १९५५ साउनमा भएको थियो । त्यसको तीन वर्षपछि अर्थात् विसं १९५८ को वैशाख २४ गते साप्ताहिक पत्रिकाका रुपमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

कैलाली–१ मा नेकपा संयुक्तले द्वारिका प्रसाद न्यौपानेलाई समर्थन घोषणा

धनगढी । नेपाल कम्युनिस्ट पार्टी संयुक्त कैलाली जिल्ला कमिटीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार नउठाउने निर्णय गर्दै नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेलाई समर्थन गर्ने घोषणा गरेको छ।     जिल्ला कमिटी कैलालीका संयोजक प्रेमलाल चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा देश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

नवोदितमा ‘विज्ञान प्रदर्शनी’ सुरु

काठमाडौँ,  आधुनिक प्रविधिसँग अनुकूलन हुँदै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले नवोदित कलेजमा विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । नवोदित कलेज सामाखुशीको आयोजनामा आज भएका प्रदर्शनीमा विज्ञान, व्यवस्थापन, नवीन आविष्कारलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित ३५ कक्ष राखिएका छन् ।   प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष...

बाल क्यान्सरका बारेमा सचेतना

चितवन, अन्तरराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा बिपी कोइराला मोमोरियल क्यान्सर अस्पतालले बालबालिकासँग चेतना मूलक एवं सिर्जनात्मक कार्यक्र गरी मनाएको छ । अस्पतालले बालबालिका र उनीहरुको अभिभावकलाई बाल क्यान्सरको बारेमा जानकारी गराएको हो ।   अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९