खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवद्र्धन केन्द्र

खोटाङ,  महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष बिमला राईले सञ्चालन गर्नुभएको ‘खोटाङ उद्यमी कोसेली घर’ जिल्लाको स्थानीय उत्पादन प्रवद्र्धन गर्ने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाङ–३ बाम्राङकी उहाँले विसं २०८० असोज–९ गते दिक्तेल बजारमा औपचारिक रूपमा कोसेली घर स्थापना गर्नुभएको हो ।

 

 

सामाजिक सङ्घ संस्था तथा राजनीतिमासमेत सक्रिय रहँदै आउनुभएकी अध्यक्ष राई विसं २०७७ मा महिला उद्यमी सङ्घको अध्यक्ष निर्वाचित हुनुभएको थियो । जिल्लामा स्थानीय उत्पादनलाई व्यवस्थित बजार आवश्यक रहेको महसुस गर्दै अध्यक्ष राईले कोसेली घर सञ्चालन गर्नुभएको हो ।

 

 

सुरुमा रु सात हजार लगानी गरेर ३०–४० बट्टा अकबरे खुर्सानीको अचार उत्पादन गरेर कोसेली घर स्थापना गर्नुभएकी अध्यक्ष राईले दुई वर्ष नपुग्दै करिब रु ३५ लाख लगानी पुगेको जानकारी दिनुभएको छ । “कोसेली घरमा जिल्लाभित्र उत्पादन भएका सामग्रीमात्र बिक्रीका लागि राख्ने गरेकी छु । केही सामग्री आफै उत्पादन गर्छौँ भने, अधिकांश सामग्री स्थानीय किसानबाट खरिद गरेर बिक्री गर्दै आएकी छु”, उहाँले भन्नुभयो,“विशेषगरी विदेशमा रहेका खोटाङवासीले पुनः फर्किएर जाँदा कोसेलीका रूपमा खाद्य सामग्री खरिद गरेर लैजाने गरेका छन् ।

 

 

कोसेली घरमा राखिएका सामग्री बेलायत, हङकङ, सिङ्गापुरलगायत देशमा निर्यात हुँदै आएको छ ।” जिल्लाका दश स्थानीय तहमध्ये विशेष गरी केपिलासगढी गाउँपालिकाबाट बढी सामग्री खरिद गरिँदै आएको अध्यक्ष राईले बताउनुभएको छ । उक्त क्षेत्रमा मह, बाँस तथा काठजन्य सामग्री र विभिन्न खाद्यान्न उत्पादन हुने भएकाले त्यहाँबाट नियमित रूपमा सामग्री सङ्कलन गर्ने गरेको उहाँको भनाइ छ ।

 

 

यसका साथै हलेसी, दिक्तेल, रावाबेँसी, साकेला लगायतका क्षेत्रबाट पनि सामग्री ल्याइँदै आएको अध्यक्ष राईले जानकारी दिनुभएको छ । स्थानीय किसानबाट सिधैँ सामग्री खरिद गरी बिक्री गर्दा किसानलाई प्रोत्साहन मिलिरहेको उहाँले बताउनुभयो ।

 

 

कहिलेकहीँ आर्थिक अभावका कारण सबै किसानको उत्पादन खरिद गर्न नसकिने तथा हाताहाती भुक्तानी गर्न कठिनाइ हुने चुनौती रहेको अध्यक्ष राईले जानकारी दिनुभएको छ । कोसेली घरमा गुन्द्रुक, किनिमा, सिस्नोको धुलो, कोदो तथा फापरको पिठो, मकैको च्याख्ला, गहत, कालो दाल, सिमीलगायत खाद्यवस्तु बिक्रीका लागि राखिएको छ ।

 

 

 

दिक्तेलस्थित किरातचोकमा सञ्चालित कोसेली घरमा सुकुटी, विभिन्न अचार, भिरमौरी तथा घर मौरीको मह, गाई–भैँसी तथा भेडाको घ्यू, कोलमा पेलेको तोरीको तेल, अकबरे खुर्सानीको अचार, घरेलु जाँड तथा रक्सी उत्पादनमा प्रयोग हुने मर्चा, जडीबुटीजन्य वस्तु तथा हस्तकलाका सामग्री पनि उपलब्ध रहेको जनाइएको छ । हस्तकलातर्फ बाँसबाट निर्मित डालो, नाङ्लो, थुन्से, फिपी, कोक्रो, कठुवा, ठेकी, काठका चिन्डोलगायत सामग्री बिक्रीका लागि राखिएका छन् ।

 

 

ढाकाको टोपी, कपासको धागोबाट बुनिएको कपडा, भेँडाको ऊनबाट बनेका लुकुनी, घुमराडी, चकटीलगायत सामग्रीसमेत बिक्रीका लागि उपलब्ध रहेको उहाँले बताउनुभएको छ । जिल्ला भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले चिनोका रूपमा हस्तकलाका सामग्री खरिद गर्ने गरेका छन् ।

 

 

 

कोसेली घर सञ्चालनमा राज्यबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुहुँदै उहाँले वास्तविक रूपमा काम गरिरहेका उद्यमीहरूले अनुदान पाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई व्यवसायिकीकरण गर्न स्थानीय सरकारले स्पष्ट नीति बनाउनुपर्ने उहाँको सुझाव छ ।

 

 

कोसेली घरलाई अझ व्यवस्थित बनाउँदै अनलाइनमार्फत बिक्री विस्तार गर्ने, थप कर्मचारी राख्ने तथा स्थानीय उत्पादनको ब्रान्डिङ र प्याकेजिङ व्यवस्थित गर्ने योजना रहेको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

 

 

कोसेली घरलाई व्यवस्थित बनाउन उहाँले एकजना कर्मचारी राखेर मासिक तलब प्रदान गर्दै आउनुभएको छ । जिल्लाका महिला उद्यमीले उत्पादन गरेका अचारलगायत खाद्यवस्तु विभिन्न कृषि प्रदर्शनीमा राखिँदै आएको जनाइएको छ । विशेषगरी अकबरे खुर्सानीको अचारले विभिन्न अवसरमा पुरस्कारसमेत प्राप्त गरिसकेको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९