आलेखः कृषिलाई जीवनशैली बनाउने सपना

विराटनगर,  टाई–सुट लगाएर गाडी चढ्ने, सररर खेतबारी पुग्ने, त्यहीँ टाई–सुट फुकालेर काम गर्दा लगाउने पोशाक लगाउने, माटोसँग खेल्ने, पसिना बगाउने, अनि काम सकेर फेरि टाई–सुटमै फर्किएर होटलमा बसेर खाजा खाना खाने । यो दृश्यको परिकल्पना धेरैका लागि अझै पनि अस्वाभाविक लाग्न सक्छ । कारण, हाम्रो समाजमा किसान भन्नासाथ झुत्रेझाम्रे, हातमुख जोर्न धौधौ पर्ने झलक अझै बलियो छ । कृषि पेशा पढे–लेखेका युवाको अन्तिम विकल्प हो भन्ने सोच पनि गहिरोसँग जरा गाडेर बसेको छ तर विराटनगर महानगरपालिका–१ का सहकारीकर्मी, कृषि उद्यमी तथा सामाजिक अभियन्ता लोकेन्द्र थापाका लागि यो कुनै चलचित्रको दृश्य होइन, कृषिको सम्मानजनक, आधुनिक र सम्भावनायुक्त भविष्यको स्पष्ट परिकल्पना हो ।

 

 

सचेतता कृषि सहकारी संस्थाका संस्थापक रहनुभएका थापा लामो समयदेखि किसानलाई हेर्ने परम्परागत दृष्टिकोणमाथि निरन्तर प्रश्न उठाइरहनुभएको छ । उहाँको दृढ विश्वास छ, किसानको जीवनशैली पनि कुनै अफिसर वा मन्त्रीको भन्दा कम हुनुहुँदैन । उहाँ भन्नुहुन्छ, “कृषि पेसा बाध्यता होइन, गर्वको पेसा बन्नुपर्छ । माटोसँग जोडिनु कमजोरी होइन, बरु आत्मनिर्भरता, स्वाभिमान र सम्मानको प्रतीक हो ।” यही सोच बोकेर उहाँ कृषिको व्यवसायीकरण र प्रविधिकरणको यात्रामा अघि बढिरहनुभएको छ, जसको एउटा सशक्त माध्यम बनेको छ सचेतता कृषि सहकारी ।

 

युवालाई कृषिमा आकर्षित गर्ने र कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित उहाँको नेतृत्वमा २०७७ चैतमा सचेतता कृषि सहकारी संस्था दर्ता भएको हो । मुलुकमा सङ्घीयता लागू भइसकेपछि विराटनगर महानगरपालिकामा दर्ता भएको पहिलो कृषि सहकारी भएको उहाँको दाबी छ । सहकारीलाई सहकारीकै मर्म, मूल्य र सिद्धान्तअनुसार अघि बढाउनुपर्छ भन्ने विषयमा उहाँ अडिग देखिनुहुन्छ । कृषि सहकारी भनेर दर्ता भए पनि धेरै संस्थाले बचत तथा ऋणको कारोबारमै आफूलाई सीमित राखेको देख्दा उहाँ असन्तुष्टि जनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सहकारीको मूल आत्मा उत्पादन, सीप, साझा श्रम र सामूहिक लाभमा हुनुपर्छ, नकि केबल ब्याजदर र ऋण असुलीमा ।”

 

 

लोकेन्द्र थापासँग नेपालको सुगम मात्र होइन, दुर्गम जिल्लासम्म पुगेर किसान, कृषि प्रणाली र कृषि प्रविधिसँग काम गरेको झण्डै दुई दशक लामो अनुभव छ । हिमाल, पहाड र तराईका फरकफरक भूगोलमा किसानका समस्या, सम्भावना र सीमा नजिकबाट देखेको यो अनुभवले उहाँलाई एउटै प्रश्नले निरन्तर पछ्याइरह्यो, किन कृषिमा यत्रो सम्भावना हुँदाहुँदै पनि युवा पुस्ता यसबाट टाढिदै गयो ? किन कृषकलाई सम्मानित जीवनशैलीसँग जोड्न सकिएन ? किन कृषि अझै पनि ‘अन्तिम विकल्प’ जस्तो बनिरह्यो ? यही प्रश्नको उत्तर खोज्ने क्रममा उहाँले परम्परागत खेतीभन्दा फरक, नयाँ सोच र नयाँ प्रविधिसहितको कृषि अवधारणाको कल्पना गर्न थाल्नुभयो ।

 

 

त्यो सोच व्यवहारमा उतार्ने निर्णायक क्षण भने कोभिड–१९ को बन्दाबन्दीसँगै आयो । २०७६ चैत ११ गतेदेखि देशभर बन्दाबन्दी सुरु भएपछि सहरका भान्सामा हरियो तरकारीको अभाव देखिन थाल्यो । अन्य खाद्यान्नजस्तो लामो समय भण्डारण गर्न नमिल्ने भएकाले तरकारी सङ्कट आउनु स्वाभाविक थियो । बजार सुनसान थिए, यातायात ठप्प थियो, तरकारीको मूल्य आकासिँदै थियो । त्यहीबेला चैत १५ गते एक बिहान घरको कौशीमा हावा खान निस्कँदा लोकेन्द्रको मनमा एक्कासी एउटा विचार आयो अब यो कौशी खाली राख्ने होइन, यहीँ खेती गर्नुपर्छ ।

 

 

विचार सहज थियो तर व्यवहार जटिल । कौसीखेती भन्ने कुरा सुन्नेबित्तिकै धेरैले हाँसे, केहीले असम्भव ठाने । धेरैले उहाँले देखाएको कौशीखेतीको सम्भावनालाई नपत्याएपछि आफ्नै कौसीबाट सुरु गर्ने निर्णय गर्नुभयो । उहाँले कृषि विज्ञहरूसँग परामर्श लिनुभयो, कौशीखेतीसम्बन्धी पुस्तकहरू अध्ययन गर्नुभयो, माटोको मिश्रणदेखि पानीको व्यवस्थापनसम्मका विषयमा सानासाना प्रयोग सुरु गर्नुभयो ।

 

 

सुरुका दिन सहज थिएनन् । उपयुक्त माटोको अभाव, मलको सन्तुलन, किराको प्रकोप, गर्मीका कारण बारम्बार पानी हाल्नुपर्ने बाध्यता र धेरै बिरुवा मर्ने अवस्थाले कहिलेकाहीँ मनोवैज्ञानिक रूपमा निराशा पनि थप्यो तर असफलतामै रोकिने उहाँको स्वभाव थिएन । बाँचिरहेका बिरुवाबाटै नयाँ बिरुवा तयार गर्ने, गल्तीबाट सिक्दै अघि बढ्ने प्रक्रियाले उहाँलाई थप ऊर्जा दियो । केही समयपछि कौशीमा हरियो तरकारी लहलहाउन थाल्यो ।

 

 

आफ्नै कौशीबाट उत्पादन भएको तरकारी भान्सामा पुग्यो, त्यो केबल तरकारी मात्र थिएन त्यो आत्मनिर्भरता, आत्मसम्मान र आत्मविश्वासको स्वाद थियो । हरियो तरकारीको अभाव मात्र हटेन, अग्र्यानिक स्वादले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव देखिन थाल्यो । यही अनुभवले उहाँलाई थप उत्साहित बनायो र कौशीखेतीलाई अझ विस्तार कसरी गर्न सकिन्छ भन्ने विषयमा गहिरो अध्ययन र प्रयोगको बाटो खोल्यो ।

 

 

बन्दाबन्दीको दुई–तीन महिनापछि उहाँको कौशीमा उत्पादन भएका तरकारी बाहिरबाटै देखिन थाले । बिहान–बेलुका घरको बाटो भएर हिँड्ने मानिस, छिमेकीहरू रोकिएर जिज्ञासा राख्न थाले कसरी गर्नुभयो ? कति खर्च लाग्यो ? हामीले पनि गर्न सक्छौँ ? यही चासोले हिजो बाबुबाजेले गर्दै आएको परम्परागत खेती र आजको युवा पुस्ताले गर्नसक्ने आधुनिक, प्रविधियुक्त खेतीबारे छलफल र बहस सुरु गरायो । लोकेन्द्रको घरको कौशी सहरभित्र कृषि सम्भावनाबारे संवाद हुने एउटा सानो केन्द्र जस्तै बन्न थाल्यो ।

 

 

आफूले सुरु गरेको कौसीखेती तीन महिना पुग्दानपुग्दै परिवारलाई पुग्ने तरकारी उत्पादन हुन थालिसकेको उहा सुनाउनुहुन्छ । “त्यो बेलाको सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफ्नै पसिनाले उब्जाएको तरकारी खाँदा पाइने सन्तुष्टि, आनन्द र मानसिक शान्ति थियो”, उहाँ भन्नुहुन्छ, “यो अनुभूति आफूमा मात्र सीमित राख्नु हुँदैन भन्ने सोच झन बलियो हुँदै गयो । यो अनुभव समुदायमा कसरी लैजान सकिन्छ ? भन्ने प्रश्नले उहाँलाई निरन्तर घच्घच्याइरह्यो । त्यही खोज, निरन्तर छलफल र विचारविमर्शको परिणामस्वरूप सचेतना कृषि सहकारीको अवधारणा जन्मिएको लोकेन्द्र बताउनुहुन्छ ।

 

 

कोभिड महामारी सुरु हुनुअघि नै भूकम्पपछिको पुनःस्थापना अवधिमा गैरसरकारी संस्थामार्फत झुम्का कृषि तालिम केन्द्रमा कोशी प्रदेशका १४ जिल्लाका सहभागीहरूसँग सहजीकरण गर्ने क्रममा उहाँले वैदेशिक रोजगारीबाट फर्किएका करिब २५० भन्दाबढी युवासँग कृषिसम्बन्धी धारणा र सोचबारे संवाद गर्नुभएको थियो । त्यतिबेला युवाको सोच बुझ्दै जाँदा कृषिलाई कार्यालय संस्कृतिसँग र किसानलाई अधिकृतसरहको जीवनशैलीसँग जोड्नसके युवा पुस्तालाई देशमै त्यो पनि कृषि क्षेत्रमा रोक्न सकिन्छ भन्ने दृढ विश्वास उहाँभित्र विकास भयो ।

 

 

व्यक्तिगत रूपमा सुरु गरिएको कौशीखेतीलाई व्यापक बनाउने उद्देश्यले सहकारीको संरचना अघि आएको हो । हाल उहाँले आफ्नो घरको छत र थोरै जग्गामा विभिन्न किसिमका तरकारी उत्पादन गरिरहनुभएको छ । नयाँनयाँ प्रविधिको प्रयोग गरेर खेती गर्नुहुन्छ । कौशीखेती गर्न चाहनेलाई निःशुल्क तालिम दिनुहुन्छ, थोपा सिँचाइ प्रणाली सिक्न चाहनेलाई व्यावहारिक रूपमा सिकाउनुहुन्छ । “आफूले सिकेको सीप सबैसँग बाँड्नुपर्छ”, लोकेन्द्र भन्नुहुन्छ, “त्यसरी मात्रै सामूहिक परिवर्तन सम्भव हुन्छ ।”

 

 

भारतबाट आयात हुने तरकारीमा विषादीको मात्रा धेरै हुने यथार्थप्रति उहाँ गहिरो चिन्ता ब्यक्त गर्नुहुन्छ । सस्तो र सजिलोका नाममा हामीले आफ्नो स्वास्थ्यसँग सम्झौता गरिरहेको उहाँको ठम्याइ छ । “मेरो चाहना हो, कसैको भान्सामा विषादी नपुगोस्”, उहाँ भन्नुहुन्छ, “त्यसका लागि सहकारीमार्फत उत्पादन र उपभोगलाई जोड्ने प्रयास गरिरहेका छाँै ।” हाल सहकारीमा करिब १५० जना शेयर सदस्य आबद्ध भइसकेका छन् । उत्पादन, तालिम र चेतनामार्फत विस्तारै सहकारीको उद्देश्य पूरा हुँदै जानेमा उहाँ आशावादी हुनुहुन्छ ।

 

 

उहाँका अनुसार आधुनिक कृषिमा ठूलो चुनौती भनेकै उन्नत बीउको उपलब्धता र त्यसको विश्वसनीयता हो । खेती गर्ने कृषि क्यालेन्डरबारे ज्ञानको अभाव, प्रविधिसँग अपरिचित हुनु र कृषि पेसालाई हेर्ने नकारात्मक सामाजिक दृष्टिकोण पनि मुख्य समस्या हुन् । तर यिनै चुनौतीलाई अवसरमा बदल्न सकिए कृषिले नया उचाइ लिने लोकेन्द्रको विश्वास छ । कृषि कार्यले केबल पेट भर्ने मात्र होइन, बिरुवा र माटो थेरापीमार्फत मानसिक र शारीरिक स्वास्थ्य सुधारमा योगदान पु¥याउँछ । “कौशीखेती उत्पादनको माध्यम मात्र होइन, तनाव व्यवस्थापन र आत्मिक सन्तुलनको बलियो आधार पनि हो”, उहाँ भन्नुहुन्छ ।

 

 

शिक्षा मन्त्रालयले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा ‘करेसाबारी’ पाठ समावेश गरिनुले कृषि शिक्षाको महत्व बुझिन थालेको सङ्केत भएको उहाँ मान्नुहुन्छ । केही समयअघि विराटनगर–१ स्थित राधाकृष्ण विद्यालय, जेम्स स्कुललगायतका विद्यालयमा कौशीखेती र करेसाबारीबारे व्यावहारिक ज्ञान दिन छलफल गर्दा सुरुमा अपेक्षित प्रतिक्रिया नआए पनि अहिले विराट बहिरा स्कुल निकै सकारात्मक देखिएको र छलफल अघि बढिरहेको लोकेन्द्र सुनाउनुहुन्छ ।

 

 

कौशीखेतीले सहर सफा र सुन्दर बनाउन पनि सहयोग पु¥याउने उहाँको धारणा छ । सहरका प्रत्येक परिवारले कौशीखेती वा करेसाबारी अपनाएमा मल र जैविक विषादीका लागि सडक किनारका झारपात प्रयोग गर्न सकिने उहाँको अनुभव छ । लोकेन्द्र थापाको सपना एउटै छ, जब कुनै युवाले टाई–सुटमै खेतबारीमा काम गरिरहेको किसान देखोस् र उसको मनमा पनि कृषि पेसा रोज्ने हुटहुटी जागोस् । किसानको जीवनशैली देखेर कृषि भविष्यको पेसा हो भन्ने अनुभूति होस् । विराटनगरबाट सुरु भएको यो सोचले आज कृषिको नयाँ कथा लेख्न थालेको छ, जहाँ माटो, प्रविधि र सम्मान एउटै धरातलमा उभिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ । उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभएको छ । “परिवारमा उहाँहरूको उपस्थितिलाई...

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

काठमाडौँ,  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । नरदेवीस्थित आयुर्वेद चिकित्सालयको आज अवलोकनपश्चात् उहाँले देशैभर रहेका आयुर्वेद स्वास्थ्य संस्थाको रिफर (प्रेषण) केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेदको प्रभावकारी र गुणस्तरी...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ,  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ (कास्की), पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री गर्नेको सङ्ख्या घट्दै गएको छ । पहिला गाउँका २८ परिवारले कोठेलगायत बाँसका सामग्री बुनेर बिक्री गर्न गाउँगाउँ पु¥याउथे भने अहिले त्यो सङ्ख्या घटेर पाँचमा सीमित बनेको हो । “बाँसका चोयाबाट कोठो बुन्ने भएकाले...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ,  कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

नि:शुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित

दमौली (तनहुँ), शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।     शिविरमा भिडियो एक्सरे, इसिजी,...

भलिबलः आर्मी र पुलिस विजयी

काठमाडौँ, राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९