कैलाली । आदर्श सामुदायिक विद्या मन्दिरले एसईई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनियाँस्थित विद्यालयबाट सहभागी सबै ४० जना विद्यार्थी उत्तीर्ण भएका हुन्।
विद्यालयका प्रिन्सिपल विकास थापाका अनुसार यस वर्ष १२ जना विद्यार्थीले A+ , १७ जनाले A र ११ जनाले B+ ग्रेड प्राप्त गरेका छन्।
विद्यालयकी छात्रा भूमिका चौधरीले ३.९६ जीपीए ल्याउँदै विद्यालय प्रथम बनेकी छन् भने खुशी डंगौराले ३.९० जीपीए प्राप्त गरेकी छन्। त्यसैगरी स्मारिका चौधरी र प्रवेशिका रोकायाले समान ३.७८ जीपीए हासिल गरेका छन्।
विद्यालयका अन्य सफल विद्यार्थीहरूमा समिर चौधरी (३.७५), शिल्पा चौधरी (३.७३), श्रिया उपाध्याय (३.६९), सागर बैक (३.६७), बबिता शाही (३.६६), विनय रोकाया (३.६५), चेतन साउद (३.६३) र दिव्या सुनचुरी (३.६०) रहेका छन्।
त्यसैगरी दिपेश ढुङ्गाना र खेम बमले ३.५६, रेनुका जैसीले ३.५५, अमित ठकुल्लाले ३.४९, युवराज थापा र आयुष साउदले ३.४८, सुमन चौधरीले ३.४५ तथा चित्रकला रावल र सलिना चौधरीले ३.४३ जीपीए प्राप्त गरेका छन्।
हरिकान्त राना र दिभिजन बुढाले ३.४०, रविन्द्र चौधरी र सुदिन साउदले ३.३७, भुपिन पौडेलले ३.३६, चेतना जोशीले ३.३५, दिपेन्द्र रावलले ३.३३ तथा रेश्मा जोशीले ३.३० जीपीए हासिल गरेका छन्।
त्यस्तै मिना सुनारले ३.१७, दिनेश बमले ३.०८, झिबिका कठरियाले ३.०७, करण बोहराले ३.०६, समीक्षा डंगौराले ३.०३, दर्शना साउदले ३.०२, कृष्ण बी.के.ले २.९७, कृतिका जोशीले २.९४, लघिमा डंगौराले २.९३, प्रिन्का खत्रीले २.९३ तथा गरिमा बमले २.८७ जीपीए प्राप्त गरेका छन्।
विद्यालय प्रशासनले उत्कृष्ट नतिजाका लागि विद्यार्थी, शिक्षक, अभिभावक तथा सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेको छ। प्रिन्सिपल विकास थापाले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको साथले विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गरिरहेको बताउनुभयो।























































































































































