छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह गरेअनुसार ग्रामीण शिक्षा बिकास कोषमा जम्मा गर्नेगरी जम्मा १५ प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्दै आवेदन मागेको हो।

 

 

विद्यालयमा हाल करिब ९ सय ७० जना विद्यार्थी अध्ययनरत रहेको सन्दर्भमा यो संख्या कुल विद्यार्थीको १३.५ प्रतिशत हुन आउँछ। बाँकी १.५ प्रतिशत बराबरको रकम भने सम्बन्धित कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको विद्यालयले जनाएको छ।

 

 

नेपालको प्रचलित कानुनी व्यवस्थाअनुसार ५ सय सम्म विद्यार्थी संख्या भएका विद्यालयले १० प्रतिशत, ८ सय सम्म भएका विद्यालयले १२ प्रतिशत र ८ सय भन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयले कम्तीमा १५ प्रतिशत छात्रवृत्ति अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार न्यु स्टारले छात्रवृत्ति सुनिश्चित गर्दै आएको बताइएको छ।

 

 

विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार जेहेन्दारतर्फ ३७ प्रतिशत (४८ जना) र विपन्नतर्फ ३६ प्रतिशत (४७ जना) सबैभन्दा बढी कोटा छुट्याइएको छ। त्यस्तै जनजातितर्फ १० प्रतिशत (१३ जना), दलिततर्फ ५ प्रतिशत (६ जना), अपाङ्गतर्फ ३ प्रतिशत (४ जना), जनआन्दोलनका घाइतेतर्फ ३ प्रतिशत (४ जना), शहीद परिवारतर्फ २ प्रतिशत (३ जना), बेपत्ता परिवारका सन्ततितर्फ २ प्रतिशत (३ जना) तथा मधेश आन्दोलनका घाइतेका सन्ततितर्फ २ प्रतिशत (३ जना) कोटा निर्धारण गरिएको छ।

 

 

यसरी समूहगत सिट र प्रतिशत नै खुलाएर आवेदन माग्नु पारदर्शिता र समावेशी अभ्यासको उदाहरण भएको सरोकारवालाहरूको भनाइ छ। यसले वास्तविक लक्षित वर्गका विद्यार्थीलाई अवसर सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

 

 

आवेदन दिन इच्छुक विद्यार्थी तथा अभिभावकले सूचना प्रकाशित मितिले ७ दिनभित्र कार्यालय समयमै निवेदन पेश गर्नुपर्नेछ।

 

 

आवेदनका लागि निवेदन, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो कक्षाको ग्रेडसिट, सम्बन्धित निकायको सिफारिस/प्रमाणपत्र तथा आवश्यक परेमा अभिभावकको मृत्यु दर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ।

 

 

विद्यालयका संस्थापक प्रीन्सिपल परशुराम भण्डारी(पिआर)का अनुसार प्राप्त आवेदनहरूको मूल्यांकनपछि योग्य विद्यार्थीलाई लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत अन्तिम छनोट गरिनेछ। लिखित तथा मौखिक परीक्षाको मिति पछि सार्वजनिक गरिनेछ।

 

 

न्यु स्टारले यस कदममार्फत छात्रवृत्ति वितरणलाई अझ पारदर्शी, प्रतिस्पर्धात्मक र लक्षितमुखी बनाउने प्रयास गरेको जनाएको छ। विद्यालयले यसअघि पनि छात्रवृत्ति वितरण गर्दै आएको थियो, तर यसपटक कोटा नै सार्वजनिक गरेर आवेदन माग्नु अझ सकारात्मक र पारदर्शी अभ्यास हो,” एक अभिभावकले भने।

 

 

विद्यार्थीहरू पनि यस कदमबाट उत्साहित देखिएका छन्। “पहिलेभन्दा यसपटक प्रक्रिया अझ स्पष्ट भएको महसुस गरेका छौं, मेहनत र क्षमताका आधारमा अवसर पाइन्छ भन्ने विश्वास बढेको छ,” विद्यार्थीहरू बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९