थारु लेहेंगा–चोली तालिमले स्थानीय महिलामा उत्साह, आत्मनिर्भरताको आशा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा सञ्चालन भइरहेको निःशुल्क थारु लेहेंगा–चोली बनाउने तालिमले स्थानीय महिलामा नयाँ उत्साह थपेको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी र वडा कार्यालयको सहकार्यमा दुई महिने २६० घण्टे तालिम सञ्चालन गरिएको हो।

 

थारु समुदायको मौलिक पहिरन संरक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा थारु महिलासँगै पहाडी समुदायका महिलाको पनि सक्रिय सहभागिता रहेको छ।

 

वडा नम्बर ४ की कक्षा १० मा अध्ययनरत अन्नु चौधरीले तालिमले आफूमा नयाँ आत्मविश्वास थपिएको बताइन्। “आफ्नै संस्कृति चिन्ने र आफ्नै हातले पोशाक बनाउन सिक्न पाउँदा निकै खुसी लागेको छ,” उनले भनिन्।

 

स्थानीय बबिता देवी चौधरीले तालिमले सीप त दिएको भए पनि आवश्यक सामग्री खरिद गर्न आर्थिक अभाव रहेको गुनासो गरिन्। “सीप सिकिरहेका छौं, तर कपडा, डिजाइन सामग्री र मेसिन किन्न सक्ने अवस्था छैन। सम्बन्धित निकायले थप सहयोग गरिदिए धेरै सहज हुन्थ्यो,” उनले आग्रह गरिन्।

 

तालिम प्रशिक्षक मेनुका चौधरीका अनुसार सुरुमा सिक्न केही कठिन भए पनि अभ्यासपछि यही सीप आम्दानीको बलियो माध्यम बन्न सक्छ। “सीप सिकेर मात्र राख्ने होइन, व्यवहारमा उतार्नुपर्छ। यसले संस्कृति जोगाउँछ, आत्मनिर्भर पनि बनाउँछ,” उनले भनिन्।

 

स्थानीय सरिता बिकले विगतमा यस्ता तालिमबारे जानकारीसमेत नपाइने गरेको स्मरण गर्दै अहिले वडामा भइरहेका गतिविधिबारे सहजै जानकारी पाउन थालेको बताइन्। “वडा अध्यक्ष जगतबहादुर शाही आएपछि विकास र तालिमका गतिविधि गाउँमै पुगेका छन्,” उनले भनिन्।

 

विन्दु डगौराले आफूले लगाउँदै आएको पहिरन कसरी तयार हुन्छ भन्ने जानकारी नभएको बताउँदै अहिले आफ्नै हातले बनाउन सिक्दा गर्व महसुस भएको सुनाइन्।

 

अनमिका डगौरा थारुले सडक, पुल र भवन निर्माण मात्रै विकास नभई यस्ता सीपमूलक कार्यक्रम पनि वास्तविक विकास भएको बताइन्। “हातमा सीप भएपछि जहाँ गए पनि काम पाइन्छ। पहिले महँगो मूल्यमा किन्ने लुगा अब आफैं बनाउन सकिने भएको छ,” उनले भनिन्।

 

वडा नम्बर २ बाट तालिम लिन आएकी कुसुम चौधरीले यस्ता कार्यक्रमले महिलाको जीवनस्तर परिवर्तन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

 

वडाध्यक्ष जगतबहादुर शाही ले जनताको मागअनुसार विभिन्न संघसंस्थासँग सहकार्य गरेर सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताए। उनका अनुसार थारु समुदायको बाक्लो बस्ती भएकाले लेहेंगा–चोलीको मागसमेत बढ्दो छ।

 

“यो केवल सीप सिकाउने कार्यक्रम होइन, संस्कृति संरक्षणको अभियान पनि हो,” उनले भने, “घरमै उत्पादन गरेर बजारसम्म पुर्‍याउन सके महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छन्।”

 

उनले निर्वाचित भएपछि विभिन्न संघसंस्थासँग सहकार्य गरी वडामा २२ वटा तालिम सञ्चालन गरिएको जानकारी दिँदै ती तालिमबाट धेरैले व्यवसाय सुरु गरी आम्दानीसमेत गर्न थालेको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

थारु लेहेंगा–चोली तालिमले स्थानीय महिलामा उत्साह, आत्मनिर्भरताको आशा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा सञ्चालन भइरहेको निःशुल्क थारु लेहेंगा–चोली बनाउने तालिमले स्थानीय महिलामा नयाँ उत्साह थपेको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी र वडा कार्यालयको सहकार्यमा दुई महिने २६० घण्टे तालिम सञ्चालन गरिएको हो।   थारु समुदायको मौलिक...

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित

फुङ्लिङ (ताप्लेजुङ),  मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको चारदिने एकीकृत घुम्ती शिविरबाट तीन हजार ३७५ जना सेवाग्राही लाभान्वित भएका छन् । शिविर गाउँपालिकाका छवटै वडामा सञ्चालन भएको थियो । बिहीबार वडा नं ५ मा सम्पन्न घुम्ती सेवामार्फत ८३० जना सेवाग्राहीले सेवा लिएका थिए । त्यसअघि वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

थारु लेहेंगा–चोली तालिमले स्थानीय महिलामा उत्साह, आत्मनिर्भरताको आशा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा सञ्चालन भइरहेको निःशुल्क थारु लेहेंगा–चोली बनाउने तालिमले स्थानीय महिलामा नयाँ उत्साह थपेको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी र वडा कार्यालयको सहकार्यमा दुई महिने २६० घण्टे तालिम सञ्चालन गरिएको हो।   थारु समुदायको मौलिक...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

थारु लेहेंगा–चोली तालिमले स्थानीय महिलामा उत्साह, आत्मनिर्भरताको आशा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा सञ्चालन भइरहेको निःशुल्क थारु लेहेंगा–चोली बनाउने तालिमले स्थानीय महिलामा नयाँ उत्साह थपेको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी र वडा कार्यालयको सहकार्यमा दुई महिने २६० घण्टे तालिम सञ्चालन गरिएको हो।   थारु समुदायको मौलिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९