जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौँ,  “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद अनिश पराजुलीका बुबा भीमबहादुर भन्नुहुन्छ, “अब हामीले पाउने सान्त्वना के होला ?” गोरखा पालुङ्टार नगरपालिका-३ का अनिश आफ्नै देशमा केही गर्नुपर्छ भन्ने दृढ सोच राख्ने व्यक्ति हुनुहुन्थयो ।

 

भीमबहादुर छोरो सम्झिँदै भन्नुहन्छ, “म केही गर्छु, व्यावसायिक हिसाबकिताब मिलाएर परिवारलाई सुख दिन्छु भन्ने उनको सोच थियो ।” व्यवहारमा अलि कडा देखिए पनि कुराकानी सुरु गरेपछि सबैलाई छोइहाल्ने अनिश देशको अवस्थाबारे छरछिमेक र साथीभाइमा सधैँजसो गम्भीर भएर कुरा गर्नुहुन्थ्यो । “यसरी बिग्रँदै गयो भने देश भिखारी हुन्छ, जनता पनि अप्ठ्यारोमा पर्छन्” उहाँको यो चिन्ता परिवारले पटक–पटक सुनेको थियो ।

 

जेनजीले शान्तिपूर्ण प्रदर्शन भन्दै गत भदौ २३ गते आह्वान गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको दमन र निर्दोष युवाहरूको मृत्युले अनिशलाई गहिरो पीडा दिएको थियो । उहाँ जेनजी आन्दोलनका औपचारिक सदस्य हुनुहुन्थेन तर अघिल्लो दिनको घटनाले उहाँलाई चुप बस्न नसक्ने बनायो । देशमा भ्रष्टाचार बढ्यो भनेर आन्दोलनमा गएका स्कुले पोसाक लगाएका बच्चा मारिएको देखेर उनलाई झन् आक्रोशित बनायो ।
भदौ २४ गते बिहान बाबुछोरासँगै हुनुहुन्थ्यो । करिब ११ बजेतिर अनिश ‘एकछिन विरोध प्रदर्शन भएको ठाउँमा पुगेर आउँछु’ भन्दै घरबाट निस्किनुभयो । ५–७ वटा मोटरसाइकलमा साथीहरूसँगै उहाँ गोङ्बुतर्फ लाग्नुभयो । “अनिशले भिडको दृश्य मोबाइलबाट लाइभ देखाइरहेका थिए भन्ने सुनेको थिएँ,” भीमबहादुर भन्नुहुन्छ, “तर मैले त्यो लाइभ हेरिनँ ।”  करिब दिउँसो २ बजेतिर ‘बाबुलाई पाखुरामा गोली लाग्यो’ भन्ने खबर आयो । “छोरो घाइते भयो भनेपछि बुहारीलाई नजानु, म जान्छु भनेर मेट्रो अस्पताल महाराजगञ्ज पुगेँ,” उहाँ सम्झनुहुन्छ, “त्यहाँ पुग्दा थाहा पाएँ—उनी त घटनास्थलमै बितिसकेका रहेछन् ।”

 

त्यो दृश्य सम्झिँदा उहाँ अझै सम्हालिन सक्नुहुन्न । “हामीले छोरा गुमायौँ, दुई जना नातिहरूले बुबा गुमाए, बुहारीको सिन्दुर पुछियो, आमाको काख रित्तियो,” गला अवरुद्ध पार्दै भीमबहादुरले भन्नुभयो, “हाम्रो परिवारको मियो नै उखेलियो ।” अनिशलाई सरकारले सहिद घोषणा गरिसकेको छ । तर सहिद घोषणाले मात्रै पीडा कम नभएको भीमबहादुरको भनाइ छ । “देशका लागि छोराले बलिदानी दिए” उहाँ भन्नुहुन्छ, “तर हामी सामान्य परिवार हौँ । एक पेट खान जसोतसो पुगेको थियो, अबको भविष्य झन् अनिश्चित देखिएको छ ।”

 

अनिशकी श्रीमती मञ्जु पौडेलको लागि जीवन एकाएक अवरुद्ध बनेको छ । “मेरो दुई साना छोरा छन्, अब उनीहरुको भविष्यले सधैँ चिन्तित बनाएको छ” उहाँ भन्नुहुन्छ । अनिश–मञ्जुका जेठो छोरा निकोलस १४ वर्ष र कान्छो मेल्सन दुई वर्षका छन् । निकोलस अहिले कक्षा आठमा पढ्दै छन् । करिब १५ वर्षको वैवाहिक जीवनमा अनिश लामो समय वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । विसं २०४० मङ्सिर १९ गते गोरखाको पालुङ्टारमा जन्मनुभएका अनिस कोरोना महामारीपछि दुबई र कतारको लामो बसाइँ अन्त्य गर्दै स्वदेशकै केही इलम गर्ने लक्ष्य लिएर फर्कनुभएको थियो ।

 

काठमाडौँको बसुन्धारामा साझेदारीमा कार्पेट व्यवसाय सुरु गर्नुभयो । व्यवसायले गति लिन नपाउँदै कोरोना महामारी फैलियो । कोरोनाका कारण साझेदार र उनकी श्रीमती दुबैको निधन भएसँगै व्यवसाय पनि चौपट भयो । कार्पेट व्यवसाय बन्द भएपछि पराजुलीले काठमाडौँकै रमाइलोडाँडामा जस्ताको टहरा बनाएर सानो किराना पसल सञ्चालन गर्नुभयो । विदेशबाट कमाएको पैसाले एकतले घर निर्माण गर्नुभएको थियो ।

 

पछि कोरोनाको समय र व्यवसायको असफलताले त्यो पनि बेच्ने अवस्था आयो ।  “उहाँ अरूलाई परेको अन्याय सहन नसक्ने मान्छे हुनुहुन्थ्यो,” मञ्जु भन्नुहुन्छ, “अघिल्लो दिन विद्यार्थीमाथि गोली चलेको घटना अन्याय हो, यसको विरोध गर्नुपर्छ भनेर उहाँ जानु भएको, फर्कनुभएन ।” त्यसदिन दिउँसो २ः३० बजेतिर गोली लागेको खबर छिमेकीबाट मञ्जुले थाहा पाउनुभयो । उहाँलाई अस्पताल पु¥याउँदा ढिला भइसकेछ । पतिको निधनपछि मञ्जुलाई अब के गर्ने, कसरी बच्चा हुर्काउने ? भन्ने प्रश्नले सताएको छ ।

 

अनिश पछिल्लो समय आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्थ्यो । किराना पसल भए पनि ग्राहकका घरघरमा दैनिक उपभोग्य सामान पु¥याउन लैजाने गर्नुहुन्थ्यो । पसल रामै्र चल्दै थियो । अब यो कसरी के गर्ने र घर परिवार धान्ने ? भन्ने छटपटी मञ्जुलाई भएको छ । अनिशका नजिकका साथी सन्दीप खत्री जेनजी सुशासन योद्धा अनिशलाई समाजसेवी स्वभावका व्यक्तिका रुपमा सम्झिनुहुन्छ । “आफ्नो काम जतिसुकै भए पनि अरूलाई समस्या प¥यो भने पहिला सहयोग गर्ने मान्छे थिए अनिश,” उहाँ भन्नुहुन्छ, “पछिल्लो समय देशमै केही गर्नुपर्छ भन्ने सोच उनमा थियो ।”

 

भदौ २३ गते नयाँ बानेश्वरमा स्कुले विद्यार्थीमाथि भएको गोली प्रहारको घटनाबारे उहाँहरूबीच लामो कुराकानी भएको थियो । “निर्दोष बच्चाहरू मारिनु देशका लागि दुर्भाग्य हो भनेर उनी निकै चिन्तित थिए,” सन्दीप सम्झनुहुन्छ । घटना भएको दिन त्रिवि शिक्षण अस्पतालमा रहेका सन्दीपले मेट्रो अस्पतालमा आफ्नो हितैषी अनिशको निधन भएको थाहा पाउनुभयो । “सरकारबाट सहिद परिवारले पाउने रु १५ लाख सहयोग पाएका छन् तर पीडा त्यतिले मेटिँदैन सन्दीप भन्नुहुन्छ “दोषीलाई कारबाही र सुशासनको अनुभूति नभएसम्म न्याय भएको महसुस हुँदैन ।” सन्दीप र अनिशको वडा फरक भए पनि मित्रता एकदम निकट थियो । उहाँहरुबीच पारिवारिक नाता सम्बन्ध पनि थियो । अहिले आत्मिय साथी गुमाउनु पर्दा सन्दीपलगायत धेरैलाई एक्लो महसुस भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९