चुनावी घोषणपत्रमा समेटिएला नदी संरक्षणका मुद्दा ?

गण्डकी,  नदी संरक्षण अभियन्ताहरूले अनियन्त्रित दोहन र अतिक्रमणको चपेटमा परेका नदीनाला संरक्षणको मुद्दालाई राजनीतिक दलका चुनावी घोषणापत्रमा प्राथमिकता दिन दबाब बढाएका छन् । अमूर्त चुनावी नारा नभई जलसम्पदा जोगाउने स्पष्ट नीति र दृष्टिकोणसहित कार्यान्वयनमुखी घोषणापत्र ल्याउनुपर्ने उनीहरूको माग छ ।

 

 

नदी संरक्षण अभियन्ता मेघ आलेले नदीनालाको हकअधिकारलाई कानुनी रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो । राजनीतिक दलका चुनावी घोषणापत्रमा नदी संरक्षणको मुद्दा समेटिनुपर्नेलगायत माग राख्दै उहाँ विगत आठ दिनदेखि काठमाडौँको माइतीघरमा अनशनरत हुनुहुन्छ । “सातै प्रदेशमा रहेका मुख्य नदी–प्रणालीलाई संरक्षित क्षेत्र घोषणा गर्नुपर्छ, नदी संरक्षणसम्बन्धी छुट्टै कानुन चाहिन्छ”, उहाँले भन्नुभयो, “नदीलाई मानवीय अतिक्रमण र प्राकृतिक प्रकोपटबाट जोगाउन नसके ठूलो पर्यावरणीय सङ्कट निम्तिन्छ ।”

 

 

नदीमा आधारित स्रोत बेचेर धनी हुने सोच नराख्न उहाँले राजनीतिक दल र नीति निर्माताहरूलाई आग्रह गर्नुभयो । अभियन्ता आलेले सभ्यता बोकेको कर्णाली नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारले पहल लिनुपर्ने बताउनुभयो । कालीगण्डकी, कोशीलगायत मुख्य नदी–प्रणालीको प्राकृतिक बहावलाई कुनै पनि बहानामा अवरोध गर्न नहुने उहाँको भनाइ छ । “बाघ संरक्षणमा जसरी नेपालले अन्तरराष्ट्रिय जगतमै नमूनायोग्य काम गर्‍यो, त्यसरी नै नदी जोगाउने नीति र कार्यक्रम चाहिएको छ”, अभियन्ता आलेले भन्नुभयो ।

 

 

उहाँले नदीका नाममा राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । पोखराको सेती नदीमा पर्यटकीय गतिविधि सञ्चालनका लागि प्रचुर सम्भावना रहेको अभियन्ता आलेले औँल्याउनुभयो । ‘कालीगण्डकी बचाऔँ’ अभियानका संयोजक आरके अदीप्त गिरीले राजनीतिक दलका घोषणापत्रमा वातावरणीय मुद्दा छिटपुट रूपमा उठ्न थाले पनि तिनको कार्यान्वयनमा स्वयं दलहरू नै उदासिन देखिएको बताउनुभयो ।

 

 

“चुनावी घोषणापत्र खाली विकासे नारामा मात्र केन्द्रित छन्, जल, जमिन र जङ्गलको मुद्दा सधैँ उपेक्षामा पर्ने गरेको छ”, उहाँले भन्नुभयो, “पृथ्वीले भोगिरहेको पर्यावरणीय सङ्कटलाई राजनीतिक दल र उम्मेदवारले अनदेखा गर्न मिल्दैन ।” नीति निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने जवाफदेही नेतृत्व नभएसम्म वातावरणीय न्यायको मुद्दा कमजोर बनिरहने संयोजक गिरीले बताउनुभयो । “नदीनालालगायत प्राकृतिक स्रोतको उपयोग कसरी गर्ने भन्ने न्यूनतम हेक्का पनि नहुँदा आज ठूलाठूला वातावरणीय सङ्कटहरू निम्तिइरहेका छन्”, उहाँले भन्नुभयो, “मानव सभ्यताको विकास नै नदी किनारबाट भएको हो, आज तिनै नदी चरम दोहन र अतिक्रमणको चपेटामा छन् ।”

 

 

मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकी संरक्षणका लागि अभियानले विगतदेखि नै आवाज उठाउँदै आएको संयोजक गिरीले बताउनुभयो । “नदी संरक्षणको मुद्दामा दलहरूको दृष्टिकोण के हो ? नीति के हो ? संरक्षणको के योजना छ ? यी विषय दलका चुनावी घोषणापत्रमा स्पष्ट रूपमा आउनुपर्छ र मतदाताले पनि यो विषयमा निरन्तर खबरदारी गर्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

 

 

मानवीय अतिक्रमणबाट मुक्त गरी कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन अभियानले रचनात्मक दबाब बढाउँदै आएको छ । छ वर्षअघि जन्मेको अभियानले केही वर्षअघि ‘नदी सप्तक’ कविता शृङ्खला सञ्चालन गरेको थियो । कालीगण्डकी संरक्षण अभियानमा टेवा दिन गायक कर्ण दासको स्वरमा ‘ए कालीगण्डकी’ गीत पनि सार्वजनिक गरिएको थियो । उक्त गीतमा कालीगण्डकी नदीको सभ्यता र महिमा वर्णन गरिएको छ ।

 

 

कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यता मात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई दुःखान्त स्थितिमा पुर्‍याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको संयोजक गिरीले बताउनुभयो । कालीगण्डकी नदीमा आधारित ठूला विकास परियोजना सञ्चालन नगर्न सरकारलाई ध्यानाकर्षण गराइएको उहाँको भनाइ छ । “अनियन्त्रित दोहन र अतिक्रमणको चपेटमा परेको कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर सङ्कट निम्तन सक्छ”, संयोजक गिरीले भन्नुभयो ।

 

 

धार्मिक, सांस्कृतिक महिमा र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरूपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ । विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै गिट्टीबालुवा उत्खननका नाममा मनपरी ढङ्गले नदी दोहन भइरहेकामा संरक्षणकर्मीहरू चिन्तित छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९