वन्तरिया शिविरका बाढीपीडितको दुई दशकदेखिको सास्ती

कञ्चनपुर,  मुलुक निर्वाचनमय हुँदा शुक्लाफाँटा नगरपालिका–१२ स्थित बन्तरिया शिविरमा भने चुनावी माहोल खासै छैन । अठार वर्षअघि वनहरा र दोदा नदीको बाढीले सर्वस्व लुटेपछि सुरु भएको शिविरवासीको ‘अस्थायी’ जीवन अहिले पनि उस्तै छ । त्यसैले बन्तरियावासीका लागि निर्वाचनमा उम्मेदवारका विषयमा भन्दा पनि आफ्ना लागि सुरक्षित घर र जमिनको चिन्ता छ । विसं २०६४ साल भदौ । साबिक देखतभूली गाविस क्षेत्रमा वनहरा र दोदा नदीको पानी बस्तीमा पस्यो । पानीको सतह बढ्न थालेपछि कतिपयले रूख चढेर ज्यान जोगाए, कतिपय सुरक्षित अग्लो ठाउँतिर भागे ।

 

 

त्यो समय सम्झँदै महादेव रानाले भन्नुभयो, “भोलिपल्ट बिहान न घर थियो, न १५ कट्ठा खेत । सबैतिर बालुवा र बगर मात्रै थियो ।” राना अहिले पनि त्यो क्षण सम्झँदा भक्कानिन्छन् । “हामी आफ्नै खेतका मालिक थियौँ, अन्न बेचेर घरखर्च चलाउँथ्यौँ, तर, एकै रातमा नदीले सबै बगायो, अहिले दुई छाक टार्न अर्काकामा मजदुरी गर्नुपर्छ”, उहाँले भन्नुभयो । नदीले घरजग्गा बगाएपछि तत्कालीन प्रशासनले वन क्षेत्रको छेउमा अस्थायी रूपमा बस्ने व्यवस्था मिलाएको थियो । त्यही अस्थायी बास नै अहिले बाढीपीडित परिवारहरूको पुस्तान्तरण हुने थलो बन्न पुगेको छ ।

 

 

शिविरका बासिन्दा अहिले वनको छेउमा साना झुपडी बनाएर बसेका छन् । ६७ वर्षीय वासुदेव रानाले हावाहुरीको मौसम सुरु भएसँगै आफ्नो चिन्ता थपिने बताउनुभयो । वन क्षेत्रको छेउमा बनाइएका टायल र खपटाले छोपिएका झुपडीमाथि रूख ढल्ने जोखिम उत्तिकै छ ।

 

“हावाहुरीले ठूला रूख ढाल्छन्,” रानाले भन्नुभयो, “कहिलेकाहीँ रूखका हाँगा झुपडीमा खस्दा ज्यान जोगाउनै मुस्किल हुन्छ, रातको समयमा हावाहुरी चल्दा झुपडी छोडेर खुला ठाउँमा बस्नुपर्ने बाध्यता छ ।” वनको छेउमै बस्नुपर्ने भएकाले हिंस्रक वन्यजन्तुको त्रास पनि उस्तै छ । हात्ती र बाघको हिँड्डुल बस्ती नजिकै हुने गर्दछ । घरभित्र राखेको अन्न बाँदरले खाइदिनु यहाँका बासिन्दाका लागि दैनिकीको हिस्सा बनेको छ ।

 

निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू हात जोड्दै बन्तरिया शिविर त आएका छन् । तर यहाँका स्थानीयलाई भने खासै चासो छैन । भुरीदेवी रानाका अनुसार प्रत्येक चुनावमा उम्मेदवारले दिने आश्वासन एउटै हुन्छ, पुनःस्थापना । “जति जोगी आए पनि कानै चिरेका,” उहाँले आक्रोश पोख्दै भन्नुभयो, “विगतका चुनावमा पनि नेताहरूले पहिलो प्राथमिकतामा पुनःस्थापना गर्ने वाचा गरेका थिए, तर जितेर गएपछि काठमाडौँको महलमै भुल्छन्, हाम्रो झुपडी सम्झने कोही हुँदैन ।”

 

यसपटक कञ्चनपुरका प्रमुख राजनीतिक दलहरूले बाढीपीडितको पुनःस्थापनालाई आफ्नो घोषणापत्रमा समेटेका त छन्, तर स्थानीयलाई ती कुरामा विश्वास लाग्न छोडेको छ । कतिपय उम्मेदवारले एकीकृत बस्ती विकासको कुरा गरेका छन् भने कतिपयले भूमि आयोगमार्फत जग्गा दिने आश्वासन बाँडेका छन् ।

 

शिविरका युवा र महिलामा आत्मनिर्भर बन्ने इच्छा शक्ति नभएको होइन । तर, गरिबीले उहाँहरूको सीपलाई कोठाभित्रै थुनेको छ । राखी रानाले सिलाइ सीप सिकेको दुई वर्ष भयो, तर उहाँसँग एउटा मेसिन किन्ने पैसा छैन । “मेसिन भएको भए शिविर नजिकैको बजारमा पसल खोलेर दुईचार पैसा कमाउन सकिन्थ्यो,” उहाँले भन्नुभयो, “तर अहिले अरूको खेतमा अधिया  गर्नुको विकल्प छैन ।”शिविरका पुरुषहरू प्रायः छिमेकी भारतीय सहरहरूमा मजदुरी गर्न जान्छन् । स्थानीय स्तरमा रोजगारी नहुँदा र कृषि गर्न आफ्नै जमिन नहुँदा मुग्लान पस्नु यहाँका युवाहरूको बाध्यता हो ।

 

 

शिविरमा आधारभूत सेवा सुविधाका नाममा केही छैन । खानेपानीका लागि जडान गरिएका तीनमध्ये एउटा पाइप रूखले थिचेर बिग्रिएको छ । अर्कोबाट पानी आउँदैन । एउटै धाराको भरमा १९ परिवारले पानी भर्नुपर्ने बाध्यता छ । बर्खाको समयमा हिलाम्मे बाटो र गर्मीमा धुलाम्मे सडकले आवतजावत कठिन बनाउँछ । शिविरका बासिन्दाले पुनस्र्थापनाको माग गर्दै काठमाडौँसम्म पुगेर धर्ना दिएका थिए । तर, तत्कालीन समयमा लगत लिने काम मात्र भयो, कार्यान्वयन भएन ।

 

राजकुमार रानाका अनुसार जिल्ला प्रशासनले लगत लिए पनि त्यो फाइल कता थन्कियो, कसैलाई थाहा छैन । बन्तरिया शिविरका मतदाताहरू यसपटक निकै सचेत देखिएका छन् । घुम्मन रानाका अनुसार मतदानअघि शिविरका सबै परिवार बसेर साझा धारणा बनाउने तयारी भइरहेको छ । “हामीलाई आश्वासन होइन, कार्ययोजना चाहियो,” उहाँले भन्नुभयो, “जसले हाम्रो पुनःस्थापनाको स्पष्ट खाका र ग्यारेन्टी गर्छ, हामी उसैलाई मतदान गर्छौं ।”

 

डेढ दशकदेखि अस्थायी बासस्थानमा कष्टकर जीवन बिताउँदै आएका यी १९ परिवारका लागि यो निर्वाचन केवल प्रतिनिधि छान्ने माध्यम मात्र होइन, अस्तित्व र सुरक्षित भविष्यको लडाइँ पनि हो । “गणतन्त्र आयो भन्छन्, नेता फेरिए भन्छन्,” रामसहाय रानाले भन्नुभयो, “तर हाम्रो झुपडी र बाढीको घाउ कहिले फेरिने हो ?”

 

प्रतिनिधिसभा सदस्य निर्वाचनले कञ्चनपुरको राजनीतिमा नयाँ समीकरण ल्याउला, तर बन्तरिया शिविरका बासिन्दाका लागि भने जबसम्म सुरक्षित घर र खेती गर्ने जमिन सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्र र निर्वाचनको कुनै अर्थ रहने छैन । चुनावी नाराभन्दा पर रहेर पीडितको आँसु पुछ्ने वास्तविक उम्मेदवारको खोजीमा बन्तरिया शिविर मतदानको दिन कुरिरहेको छ ।राष्ट्रिय समाचार समिति (रासस)
–––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ,  साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई रु एक करोड ५० लाख आर्थिक सहयोग गर्नुभएको छ ।साहित्यकार कोइरालाको उपन्यास ‘मेरी, उनी र म’ उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उहाँले काठमाडौँ बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गर्नुभएको हो ।   मन्त्रीपरिषद्का पूर्वअध्यक्ष...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९