आलेख : संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

भक्तपुर,  विश्वमै दुर्लभ मानिएको नेपाल कै पहिलो र ४०० वर्ष पुरानो लिच्छवीकालीन चट्टान अभिलेख यतिखेर संरक्षणको पर्खाइमा रहेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित हललगाउँ र गाउँको भीरपाखा एवं खेतको डिलमा यत्रतत्र रहेको अवस्थामा फरकफरक १५ वटा ऐतिहासिक चट्टान अभिलेखको २०६७ पुसमा अन्वेषर्णकर्ता, संस्कृतिविद् एवं इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले पत्ता लगाउनुभएको हो ।

 

 

उहाँले भन्नुभयो, ‘‘वर्षौं पहिलेदेखि हलल गाउँमा छरपष्ट रहेका ठूलाठूला ढुङ्गा, देवताका रुपमा पुजिँदै आएको बासुकी ढुङ्गा र छरपष्ट रहेको अन्य चट्टानहरुमा कँुदिएका अभिलेख, अहिलेसम्म प्रचारमा नआएका नवपाषाणकालीन उपकरण, गुफा, ओडार, गढी, प्रकृति उत्पन्न स्वप्नेश्वर महादेवको शिवलिङ्ग, गणेश ढुङ्गा भेटिए उचित संरक्षण अभाव खड्किएको छ, यो देशकै सम्पत्ति हो, यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्छ ।’’

 

 

नेपाल सम्वत् ७४५ देखि ८३५ सम्मका चट्टान अभिलेखको महत्व थाहा पाएपछि हलल गाउँको आइतबारे सामुदायिक वनभित्र परापूर्वकालदेखि यत्रतत्र छरिएर रहेकाले यसको दिगो संरक्षण गर्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् । यहाँ नेपाल सम्बत् ७४५ को अभिलेख सूचीको ने.सं ८३५ को भूपतिन्द्र मल्लको १५ वटा चट्टान अभिलेख रहेका छन् । यहाँ भेटिएका चट्टानमा भक्तपुरका पूर्वराजा जगज्योति मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल, कान्तिपुरका राजा कविन्द्र प्रताप मल्लको समेत अभिलेख रहेका इतिहासविद् डा श्रेष्ठ बताउनहुन्छ ।

 

 

ठूलो ढुङ्गाको शीर्ष भागमा कुँदिएको जितामित्र मल्लको पालामा यज्ञ गर्नका लागि ढुङ्गाको व्यवस्था गरिएको भन्ने पनि अभिलेखमा उल्लेख उहाँ बताउनुहुन्छ । यहाँको बासुकी ढुङ्गामा रहेको नेपाल सम्बत् ७७८ को अभिलेखमा प्रताप मल्लले चाँगुनारायण मन्दिरका लागि गरुडनारायण, सिंह र हात्तीलगायतका जनावरहरूको प्रतीक बनाउनका लागि ढुङ्गाको व्यवस्था गरिएको र त्यसलाई बिगारेमा पञ्च महापाप लागोस् भन्नेसमेत कुद्न लगाइएको छ ।

 

 

चट्टान अभिलेखमा भक्तपुरका तत्कालीन राजा जगज्योति मल्लको नेपाल सम्बत् ७४५ देखि भूपतिन्द्र मल्लको शासनकालसम्मका घटना, चित्र, विभिन्न सङ्केतहरू कुँदिएका छन् । यसअघि नेपालमा शिलालेख, ताडपत्र, भोजपत्र, कनकपत्र र रजतपत्रमा लेखिएका इतिहास रहेको छ । ठूलो ढुङ्गामा कँुदिएका अभिलेखमा नेपाल सम्वत् ८३५ मा भूपतिन्द्र मल्लले आफ्ना पिताको सम्झनामा ढुङ्गाको मन्दिर निर्माण गर्न ढुङ्गा लगिएको अभिलेखमा उल्लेख गरिएको छ । यहाँ प्रथम गणाध्यक्ष पशुपति सदाशिव महादेवको शम्भूलिङ्ग, प्राकृतिक गणेशको ढुङ्गा पहाडको खोचमा रहको छ भने विसं १८५२ को शिलालेख पनि रहेको छ ।

 

 

यहाँ रहेका चट्टानको ठूलो ढुङ्गामा जगज्योति मल्लको सबैभन्दा पुरानो अभिलेखका साथै अन्य छ वटा अभिलेख र चित्रहरू पाइएका छन् भने बासुकी ढुङ्गामा भक्तपुरका राजा जितामित्र मल्ल र कान्तिपुरका राजा प्रताप मल्लका मल्लकालीन आठ वटा अभिलेख र दुई वटा सङ्केतात्मक चित्रहरू समेत रहेका छन् ।

 

 

पुरातत्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले समेत तत्कालीन समयमै नेपालको इतिहासका पहिलो चट्टान अभिलेख रहेको पुष्टी गरे पनि अझै यसको उचित संरक्षण हुन भने सकेको छैन । चट्टान अभिलेखको संस्कृतिविद् श्रेष्ठले नेपाल उपत्यकाभित्रका कलात्मक ढुङ्गाका मन्दिर, पाटी, ढुङ्ेधारा, ठूलाठूला सिंह, घोडा आदि बनाउन यस क्षेत्रबाट ढुङ्गा लाने गरेको समेत यहाँ रहेका अभिलेखबाट पत्ता लागेको बताउनुभयो ।

 

 

यहाँ रहेका ठूलो ढुङ्गामा कुँदिएका साँढे जुधाइले नेपाल उपत्यकामा मल्लकालीन समयमा साँढे जुधाइ प्रतियोगिताको प्रचलन रहिआएको प्रष्ट हुने उहाँ बताउनुहुन्छ । करिब छ फिट लम्बाइ र दुई फिट चौडाइसम्मका ती अभिलेखमा सिंह, साँढे जुधाई, हात्ती र घोडाको चित्रका साथै नेपाल भाषाका लिपिमा लेखिएका अक्षरसमेत कोरिएका छन् ।

 

 

भक्तपुरका मल्ल राजा जितामित्रले पनि नेपाल सम्बत् ८३१ मा केही चट्टानमा अभिलेख कुँद्न लगाएको पाइएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा रहेको बत्सला मन्दिर बनाउन त्यहाँको ढुङ्गा आफूले प्रयोग गर्ने लेखिएको छ । त्यस्तै भूपतिन्द्र मल्लले आफ्ना बुबाको कामलाई निरन्तरता दिन ढुङ्गामा अभिलेख कुँदाएको पाइएको छ । पशुपतिका पुजारी भट्टको समेत यहाँ अभिलेख रहेको उहाँले जानकारी दिनुभयो ।

 

 

दुर्लभ चट्टान अभिलेख स्थानीय बासिन्दाले नदेखेको भने होइन तर चट्टानको विषयमा कहिल्यै नसुनेको कारण तत्कालीन समयमा उक्त अभिलेखहरू देउताको अक्षर वाणी भनी धार्मिक आस्थाले पुज्दै आइरहेका र अहिले त्यसको उचित संरक्षण आवश्यक रहेको स्थानीय राजेन्द्र थापा बताउनुहुन्छ ।

 

 

विश्वमा नै अत्यन्त दुर्लभ मानिने चट्टान अभिलेखबारे सन् १८८० मा भारतका अध्येता भगवान्लाल इन्द्रजीले पहिलोपटक नेपालमा अध्ययन गरेको पाइएको छ । त्यसको १३० वर्षपछि नेपालमा चट्टान अभिलेख भेटिए पनि यसको संरक्षण नुहुनु चिन्ताको विषय बनेको डा श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘यो चट्टान अभिलेख ताथलीको, भक्तपुरको मात्र नभई सिंगो नेपालको राष्ट्रिय सम्पत्ति हो, यो विश्वको सारा मानव जातिको साझा सम्पदा हो, अपशोच हामीले पत्ता लगाएको १६ वर्ष बितिसक्दा पनि पुरातत्व विभागले तार–बार लाउने बाहेक संरक्षणको कुनै पहल गरेको छैन । यसको संरक्षणको दायित्व पुरातत्व विभागको हो ।’’

 

 

विगतको अवस्था सम्झदै उहाँ भन्नुहुन्छ, ‘‘मैले विद्यार्थीहरूलाई संस्कृति विषय पढाउने क्रममा अभिलेखको विषयमा पढाउँदै थिएँ, त्यही क्रममा ताथलीबाट आउने मेरा विद्यार्थी मुना केसी र किशोर श्रेष्ठले आफ्नो घर नजिकै पनि ढुङ्गामा लेखिएको अभिलेख रहेको बताएपछि म त्यहाँ गएँ’’, श्रेष्ठ भन्नुहुन्छ । ती चट्टानमा काठमाडौंका राजा प्रताप मल्ल, भक्तपुरका जगतज्योति मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ललगायत पशुपतिका भट्टको समेत अभिलेख कुँदिएको आफूले पाएको उहाँको भनाइ छ ।

 

 

उहाँले स्थानीय जनता यसको पहरेदारको रुपमा रहेको भन्दै उहाँले चट्टान अभिलेखदेखि ताथली गढीसम्मलाई संरक्षण गर्दै विश्वका अनुसन्धान र अध्ययनका लागि आउने केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभयो । यसलाई धार्मिक, शैक्षिक र ऐतिहासिक पयटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको बताउदै उहाँले यो तत्कालीन समयमा उपत्यकाका महत्वपूर्ण प्रस्तर मूर्तिहरु निर्माणका लागि ढुङ्गा लैजाने यही ठाउँ रहेको र यसका लागि भक्तपुर र काठमाडौँका राजाहरुबीच तँछाडमछाड हुने गरेको तथ्य पाइएको बताउनुभयो ।

 

 

नेपाल मण्डलका प्रस्तर मूर्ति निर्माणका लागि चाँगुनारायणको डाँडादेखि ताथलीको चट्टान अभिलेख रहेको क्षेत्रसम्मका ढुङ्गाहरु लैजाने इतिहास पाइएको भन्दै यहाँका ढुङ्गा आफैँमा महत्वपूर्ण रहेको उहाँ बताउनुहुन्छ । यहाँका अभिलेखमा मल्लकालीन राजा र पुजारीहरूले मन्दिर, धारा र कलात्मक वस्तुको निर्माणका लागि ढुङ्गा लिन गएको विवरण उल्लेख गरेको छ । ती क्षेत्रमा उत्खनन् गर्नसके अन्य विविध जानकारीयुक्त अभिलेख समेत फेला पर्न सक्ने इतिहासविद् डा. श्रेष्ठ बताउनहुन्छ । ताथलीमा ढुङ्गाको नवपाषाण युगको अभिलेखले इसापूर्व आठ हजार वर्षअगाडि नै काठमाडौंँ उपत्यकामा मानव बस्ती भएको सङ्केत गरेको छ ।

 

 

बागमती प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठले केही दिनअघि मात्रै चट्टान अभिलेख रहेको क्षेत्रको अनुगमन, निरीक्षण गरेको बताउँदै यसको संरक्षणका लागि मन्त्रालयले आउँदो वर्षको बजेटमा बजेटको व्यवस्थापन गर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘हाम्रै आँगनमा विश्वमै दुर्लभ मानिने ऐतिहासिक संरचनाहरु रहेका छन्, संरक्षणको पर्खाइमा रहेका यस्ता राज्यको सम्पत्तिको संरक्षणमा मैले चासो दिएको छु, यस्ता सम्पदा फृरी बनाउँछु भनेर सकिदैन, त्यसैले आउँदो बजेटमा यसको संरक्षणका लागि सक्दो बजेटको व्यवस्थापन गर्नेछु ।’’

 

 

खुला आकासमुनि खुला सङ्ग्रहालयको रुपमा रहेको यस अभिलेखलाई संरक्षण र सम्वर्द्धन गर्नु तथा चट्टानमा कँुदिएका अक्षर र चित्रको थप अनुसन्धान र संरक्षणको आवश्यक रहेको बताउँदै बजेट अभावमा आफ्नो पालामा तार–बार लगाएर घेर्ने कामसम्म गरेको पुरातत्व विभाग दरबार हेरचाह कार्यालयकी तत्कालीन प्रमुख अरुणा नकर्मी बताउनुहुन्छ ।

 

 

चट्टान अभिलेख विश्वमै दुर्लभ मानिन्छ । भारतमा ईसापूर्व तेस्रो शताब्दीका सम्राट अंशुवर्माकालीन थोरै अभिलेख मात्रै पाइएका छन् । चट्टान अभिलेख भेट्टाउनु नै ठूलो उपलब्धि भएको बताउँदै उहाँले यसले इतिहास लेखनमा एउटा नयाँ आयाम थपेको र अन्यत्र पनि यस्ता अभिलेख हुनसक्ने भएकाले थप अनुसन्धान आवश्यक रहेको छ भन्नुभयो ।

 

 

चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले आफ्नै वडामा रहेको ऐतिहासिक धरोहरको संरक्षणमा वडा र पालिकाले केही गर्न नसकेको बताउनुहुन्छ । उहाँले यसका लागि पालिकासँग बजेट नभएको बताउदै प्रदेश र सङ्घीय सरकार एवं पुरातत्व विभागले यसको संरक्षणमा चासो दिन आवाज उठाइरहेको उहाँ बताउनुहुन्छ ।

 

 

यस क्षेत्रमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरु अध्ययनको सिलसिलामा पुग्ने गरेका छन् भने आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । विदेशी अध्ययन र अनुसन्धानकर्ताहरुको पनि यहाँको अध्ययन लागि आउने गरेका छन् । जङ्गल, पहाडी क्षेत्र, फराकिलो सडकको पहुँचभन्दा बाहिर भएकाले वर्षा लागेपछि यस क्षेत्रमा आउने अध्ययन अनुसन्धानकर्ता एवं पर्यटक भने जान समस्या हुने गरेको छ । यसको आसपासका फाँट क्षेत्रमा स्थानीयले धान र गहँु उत्पादन गर्दै खेती गर्दै आएका छन् । कतिपय ढुङ्गामा कुदिएका अभिलेखहरु स्थानीयको निजी जग्गामा परे पनि यसको संरक्षण गर्न र बिग्रन नदिन स्थानीय वासिन्दा सक्रिय देखिन्छन् ।रमेश गिरी/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर, हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा जिल्लाका छ वटा विद्यालयको नतिजा ‘ननग्रेडेड’ आएको छ ।एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षामा ननग्रेडेड भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लामा नियमिततर्फ साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सामेल...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

लागूऔषधसहित चौध जना पक्राउ

काठमाडौँ, नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधिसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन÷तीन, मोरङ र चितवनबाट दुई÷दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक÷एक जना पक्राउ परेका हुन् ।लागूऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरुका साथबाट...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९